विराटनगर । आरोहण गुरुकुल विराटनगरमा प्रसिद्ध लोक कथामा आधारीत नाटक ‘खरानीको डोरी’ मञ्चन थप दुई दिन मञ्चन हुने भएको छ । विराट आदर्श साहित्य मञ्चको पाँचौ प्रस्तुतीको रूपमा उक्त नाटक मञ्चन भएको हो ।
पुस ८ गतेबाट १७ गते सम्म भनिएको नाटक ‘खरानीको डोरी’ विराटनगरको आरोहण गुरुकुलमा मञ्चन भईरहेको छ । विद्यालय र कलेजहरुले नाटक थप शो बुक गरेका कारण नाटक थप दुई दिन मञ्चन गर्न लागिएको आयोजकले बताएको छ । दश दिन सम्म लगातार मञ्चन भएको नाटकको अवलोकनका विद्यालय र कलेजका विद्यार्थीहरु आउने गरेका छन् ।
अन्याय, अत्याचार र सामन्तवादको अन्त्य हुनुपर्छ भन्ने कुरालाई नाटकमा चित्रण गरिएको छ । ‘खरानीको डोरी’कथालाइ कटवाल दिपकको सवाद लेखन तथा नाट्य रुपान्तरण गरेका हुन भने प्रवेश तिम्सिनाको निर्देशन गरेका छन् । नाटकमा प्रदिप दाहाल, अनिल खत्री, अतित निरौला, विकल्प दाहाल, विकेश बस्नेत, पुजा कटवाल, दीक्षा तिमल्सिना, तिर्थराज विश्वकर्मा, सुगल अधिकारी, निर्जल पौडेल र नगेन्द्र खड्काको अभिनय रहेको छ ।
नाटक आइतबार ८ बजे र १ बजे , सोमबार १० बजे र १ बजे अतिरिक्त मञ्चन हुने भएको छ ।
Post Views: 0