मोरङ व्यापार संघमा सबै सदस्य निर्विरोध निर्वाचित

मोरङ व्यापार संघमा सबै सदस्य निर्विरोध निर्वाचित

 राष्ट्रिय डेली

विराटनगर ÷ मुलुककै जेठो उद्योग वाणिज्य संघका रुपमा रहेको मोरङ व्यापार संघको ३३ औं कार्यसमिति सदस्यहरू निर्विरोध निर्वाचित भएका छन् ।
उम्मेदवारी दर्ता गर्ने समयसीमा सकिँदा कार्यसमितिमा ८ जना उद्योगतर्फ र वाणिज्यतर्फ ८ जनाले मात्रै उम्मेदवारी दर्ता गरेका छन् । यसरी निर्वाचित हुनेहरूमा वाणिज्यतर्फ देवाशिष गोल्छा, मनिष मारु, श्याम राठी, संजय श्रेष्ठ, अनिलकुमार साह, विनित सिंघानिया, सुशील सुराना, राजेश अग्रवाल रहेका छन् । यस्तै उद्योगतर्फ नवीन रिजाल, आशिष जाजु, दिपेश सुवेदी, अमित सारडा, अनुपम राठी, विकासकुमार बेगवानी, पवन राठी र अनिल सारडा रहेका छन् । निर्वाचन आयोगका अनुसार मतदान २१ गते बुधबार बिहान १० बजेदेखि २ बजे दिउँसोसम्मलाई तोकिएको थियो । व्यापार संघको निर्वाचन समितिको संयोजकमा अधिवक्ता पुनकुमार गुप्ता तथा सदस्यहरूमा अधिवक्ता सिताराम राई र विनोद तिम्सिना रहेका छन् ।

कार्यसमिति निर्विरोध भएसँगै पदाधिकारी पनि सहमतिमै चयन गर्ने तयारी गरिएको छ ।

हालसम्म अध्यक्षमा नविन रिजाल एक्लो दाबेदार देखिएका छन् । उनको प्रतिस्पर्धामा अन्य उम्मेदवार हालसम्म नदेखिएकाले उनै सर्वसम्मत निर्वाचित हुने सम्भावना छ । व्यापार संघको संशोधित नियमावलीअनुसार पदाधिकारीमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उद्योग र वाणिज्यबाट उपाध्यक्ष १÷१ जना, महासचिव १, सचिव १ र कोषाध्यक्ष १ गरी ७ जना रहनेछन् । कार्यसमितिले मनोनित गर्ने अन्य सदस्यसहित मोरङ व्यापार संघको कार्यकारिणी समिति २१ जनाको हुनेछ । हालसम्म अध्यक्षमा रिजाल, वरिष्ठ उपाध्यक्षमा अनुपम राठी, उपाध्यक्ष (उद्योग) अनिल सारडा, उपाध्यक्ष (वाणिज्य) विकास बेगवानी र महासचिवमा अनिल साहलाई नै दोहो¥याउने गरी छलफल अगाडि बढेको स्रोतको भनाइ छ ।
पदाधिकारी चयन भने माघ महिनामा मात्रै हुने भएको छ । पुस महिना शुभकार्यका लागि उपर्युक्त नभएका कारण पदाधिकारीको टुंगो माघमा लगाउने सहमति भएको नवनियुक्त कार्यसमितिका सदस्य नविन रिजालले बताए । मंसिर १६ गते मोरङ व्यापार संघले आफ्नो ६५ औं साधरणसभा सम्पन्न गरिसकेको छ । निजी क्षेत्रको अग्रणी संस्था मोरङ व्यापार संघको ३३ औं कार्यसमितिमा सबै सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

adv-single
सम्बन्धित समाचार

नेपाली अमेरिकी उद्यमी तथा सामाजिक अभियन्ता प्रकाश थापा सम्मानित

विराटनगर । नेपाली अमेरिकी उद्यमी तथा सामाजिक अभियन्ता प्रकाश थापा सम्मानित भएका छन् । क्यालिफोर्नियाका २४ औं जिल्लासभा सदस्य एलेक्स लीद्वारा अनसंग हिरो २०२४ को रूपमा थापा सम्मानित भएका हुन् । थापा महिलाहरूको लागि मार्शल...

जाजरकोटका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

जजरकोट । भुकम्प प्रभावित जाजरकोटका विद्यार्थीहरूलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरिएको छ । इन्टेल अमेरिकामा कार्यरत नेपालीहरू र ओरेगन नेपाली समाजको सहयोग एवम् प्राज्ञिक विद्यार्थी परिषद् नेपालको समन्वयमा पाँच सय विद्यार्थीहरूलाई शैक्षिक सामग्री...

बूढीगंगाकी उपाध्यक्ष सार्वजनिक बिदाको दिन सरकारी गाडी लिएर व्यक्तिगत सफरमा

विराटनगर । सरकारले कार्यालयीय कामको प्रयोजनमा आवतजावतमा सहजताका लागि स्थानीय तहका जनप्रतिनिधिलाई सवारी साधनको व्यवस्था गर्छ । यसरी व्यवस्था गरिने सवारी साधन कार्यालयीय प्रयोजनमा बाहेक प्रयोग गर्न पाइँदैन । तर, जनप्रतिनिधिहरूको सरकारी गाडी दुरूपयोगको शृंखला...

एसीसी प्रिमियर कप : अपराजित रहँदै नेपाल सेमिफाइनलमा

एसीसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको समूह चरणमा नेपाल अपराजित भएको छ। बुधबार साउदी अरबलाई ६ विकेटले पराजित गर्दै नेपाल समूह 'ए' मा अपराजित रहेको हो। यसअघि नेपालले समूहमा मलेसिया, कतार र हङकङलाई पराजित गरेको...

साउदी अरेबियाले नेपाललाई दियो ७४ रनको मध्यम लक्ष्य

विराटनगर । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज जारी खेलमा साउदी अरेबियाले नेपालसामु जितका लागि ७४ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमानको अल अमेरत खेल मैदानमा जारी खेल वर्षाले प्रभावित भएपछि २० ओभरबाट आठ...

८ ओभरमा सीमित खेलमा नेपालविरूद्ध ब्याटिङ गर्दै साउदी अरेबिया

काठमाडौँ । एससिी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र साउदी अरेबियाबीचको खेल वर्षाले प्रभावित भएपछि आठ ओभरमा झारिएको छ । भर्खरै सुरू भएको खेलमा टस हारेर साउदी अरेबिया ब्याटिङमा उत्रिएको छ । समूह ‘ए’ मा...

सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते, ४ काे अवस्था गम्भीर

दाङ । दाङबाट रूकुमका लागि हिँडेको यात्रुवाहक बस सल्यानको बागचौर नगरपालिका-२, ठिनबाँङमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । रा १ ख २०८५ नम्बरको बस बागचौर-२, ठिनबाँङस्थित पुलदेखि तल खस्दा दुर्घटना भएको लुम्बिनी प्रदेश...

लागुऔषध मुद्दामा पक्राउ परे एन्फा उपाध्यक्ष लामा

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का उपाध्यक्ष दावा लामालाई पक्राउ गरेको छ । लामालाई काठमाडौँबाट आज पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक...

निर्वाचन आचारसंहिता पालन नगरे कारबाही हुने

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन प्रयोजनका लागि जारी आचारसंहिताविपरीत सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरूपयोग गरेमा तत्काल कारबाही प्रक्रिया अघि बढाउने भएको छ । प्रतिनिधिसभाको इलाम क्षेत्र नं...

प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री खनालबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा सुदूरपश्चिम सरकार...

नेरुडे मिर्मिरे लघुवित्तका कर्मचारी आन्दोलित, माग पूरा नभए काम ठप्प पार्ने चेतावनी

विराटनगर । मिर्मिरे लघुवित्त र नेरुडे लघुवित्त मर्ज भएर एकीकृत कारोबार सुरु भएको छोटो समयमा नै कर्मचारीहरू आन्दोलित भएका छन् । मर्ज भएर ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था’ भइसकेपछि विराटनगरमा सोमबार आयोजना भएको एक कार्यक्रमलाई...

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?

विराटनगर । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन (आइतबार) को तुलनामा आज सुनको मूल्य प्रतितोला सात सय रूपैयाँ बढेको हो । आज छापावाल सुन प्रतितोला एक...