हिसान क्रिकेटमा शिक्षादिप र लर्डबुद्ध विजयी

हिसान क्रिकेटमा शिक्षादिप र लर्डबुद्ध विजयी

 राष्ट्रिय डेली

 

 

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान ) मोरङले आयोजना गरेको हिसान क्रिकेटमा शिक्षादिप कलेज र लर्डबुद्ध कलेज विजयी भएका छन् ।

 

विराटनगर–१९ मा रहेको वैजनाथ क्रिकेट मैदनामा आज आइतबार भएको खेलमा शिक्षादिप कलेज र लर्डबुद्ध कलेज विजयी भएका हुन् । पहिलो खेलमा शिक्षादिपले अर्किड कलेजलाई ५ विकेट पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

टस जितेर ब्याटिङ गरेको अर्किडले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय २९ रनको स्कोर खडा गरेको थियो । जस्मा कृष राईले २७ रन बनाउँदा सुमन सुन्दास र मनिष रजकले २०–२० रनको योगदान दिएका थिए । शिक्षादिपका रविन राजवंशीले ३ विकेट लिँदा सुरज यादवले २ र दिपेश कडेलले १ विकेट लिए ।

 

जवाफमा १ सय ३० रनको चुनोती पछ्याएको शिक्षादिपले नेपालका यू–१९ का अन्र्राष्ट्रिय खेलाडि दिपेश कडेलको अर्ध सतकको मद्दतले १८ दशमलव ५ बलमा ५ विकेट गुमाई लक्ष्य भेट्टाएको थियो । म्यान अफ द म्याच दिपेश कडेलले अविजित ५८ रनको योगदान दिए । उनले ३२ बलमा २ छक्का र ७ चौका प्रहार गरे । त्यस्तै सोमराज गणेशले २० रनको योगदान दिए । अर्किडका सुमन सुन्दासले सर्वाधिक ३ विकेट लिए ।

दोस्रो खेलमा लर्डबुद्ध कलेजले नेशनल कलेजलाई ५० रनले पराजित गर्दै कवाटरफाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको लर्डबुद्धले निर्धारित १५ ओभरमा ८ विकेट गुमाई १ सय ७ रनको सामान्य स्कोर खडा गरेको थियो । जस्मा विवेक साहले ३१ रन बनाउँदा सुमित शर्माले २० रनको योगदान दिए । नेशनलका सज्जाद आलमले सर्वाधिक ३ विकेट लिए । जवाफमा १ सय ८ रनको लक्ष्य पछ्याएको नेशनलले निर्धारत पुरै ओभर खेल्दै ८ विकेट गुमाई ५७ मा रनमा सिमित भयो । जस्मा आदेश साहले ५७ रन बाहेक अरुले दोहोरो अंक जोड्न सकेनन् । लर्डबुद्धका म्यान अफ द म्याच अनिष कोइराला,राकेश ठाकुर, असमत सिंह र सुमित शर्माले समान २–२ विकेट लिए ।

सोमबारको पहिलो खेल भानु कलेज र सगरमाथा कलेज र दोस्रो खेल अरनिको कलेज र विकेभिएमविच प्रतिस्पर्धा हुने छ ।

adv-single
सम्बन्धित समाचार

प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री खनालबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा सुदूरपश्चिम सरकार...

नेरुडे मिर्मिरे लघुवित्तका कर्मचारी आन्दोलित, माग पूरा नभए काम ठप्प पार्ने चेतावनी

विराटनगर । मिर्मिरे लघुवित्त र नेरुडे लघुवित्त मर्ज भएर एकीकृत कारोबार सुरु भएको छोटो समयमा नै कर्मचारीहरू आन्दोलित भएका छन् । मर्ज भएर ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था’ भइसकेपछि विराटनगरमा सोमबार आयोजना भएको एक कार्यक्रमलाई...

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?

विराटनगर । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन (आइतबार) को तुलनामा आज सुनको मूल्य प्रतितोला सात सय रूपैयाँ बढेको हो । आज छापावाल सुन प्रतितोला एक...

घरमा बोलाएर सँगै रक्सी पिएका युवाको हत्या गर्ने वृद्ध पक्राउ

विराटनगर । नुवाकोटमा एक युवाको हत्या भएको छ । हत्या आरोपमा एक वृद्ध पक्राउ परेका छन् । ककनी गाउँपालिका वडा नम्बर २, ठूलोचित्रेका ३० वर्षीय मंगले तामाङको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका डीएसपी...

नयाँ वर्षले राष्ट्रिय एकता अक्षुण्ण राख्न सघाउ पुगोस् : सभामुख विष्ट

विराटनगर । कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले नयाँ वर्ष २०८१ सालको अवसरमा शुभकामना व्यक्त गरेका छन् । नयाँ वर्षको सुरूआतले नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता, आपसी भाइचारा एवं राष्ट्रिय एकता अक्षुण्ण राख्न सघाउ पुगोस् भन्ने कामना...

एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई

खोटाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले), खोटाङको अध्यक्षमा देवविक्रम राई विजयी भएका छन् । शुक्रबार साँझ सम्पन्न आठौँ जिल्ला अधिवेशनले उनलाई अध्यक्षमा चयन गरेको हो । अध्यक्षमा विजयी राईले तीन सय ३९ मत प्राप्त गरे...

वैशाख ६ मा बोलाइयो कोशी प्रदेशसभाको अधिवेशन

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् । कोशी प्रदेशसभाको सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाइभन्दा बढी प्रदेशसभा सदस्यहरूले चैत २६ गते लिखित अनुरोध गरी अधिवेशन आह्वान गर्न अनुरोध गरेका...

उपनिर्वाचनका उम्मेदवारलाई दिइयो चुनाव चिह्न

काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १५ मा हुने इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरेको छ । इलाममा मा १२...

राष्ट्रियसभा उपाध्यक्ष घिमिरेले लिइन् शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा राष्ट्रियसभाकी नवनिर्वाचित उपाध्यक्ष विमला घिमिरेले पद तथा गोपनीयताको शपथ लिएकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक समारोहका बीच राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष उपाध्यक्ष घिमिरेले पद तथा...

राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी घिमिरे निर्वाचित

काठमाडौँ । राष्ट्रियसभाको उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सांसद विमला घिमिरे निर्वाचित भएकी छन् । राष्ट्रियसभाको आजको बैठकमा उपाध्यक्ष पदको मतविभाजनका माध्यमबाट सम्पन्न निर्वाचनमा ३९ मतसहित घिमिरे निर्वाचित भएकी सभाका अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा...

नेप्से परिसूचकमा दाेहोरो अंकको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ७१ अङ्कले घटेर दुई हजार २५ दशमलव ३० को बिन्दुमा कायम भएको हो । आज तीन सय...

पत्रकार प्रतीक श्रेष्ठ सम्मानित

काठमाडौं । पत्रकार प्रतीक श्रेष्ठ सम्मानित भएका छन् । पत्रकारिता क्षेत्रमा पुर्‍याएको विशिष्ट योगदानको कदर गर्दै न्यूज एक्सप्रेस मिडिया प्रालिले श्रेष्ठलाई सम्मान गरेको हो । प्रालिले राजधानी काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा मंगलबार एक कार्यक्रम आयोजना...