देउवा भोलि बेलायत जाँदै

देउवा भोलि बेलायत जाँदै

 राष्ट्रिय डेली

 

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि ९कोप–२६० को पक्षको २६औँ सम्मेलनको वल्र्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार प्रस्थान गर्ने भएका छन् ।

भ्रमणका क्रममा उनी अक्टोबर ३० मा नेपालका लागि सर्वदलीय संसदीय समूह एपीपीजी–एन र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले लण्डनमा आयोजना गर्न लागेको स्वागत कार्यक्रममा सहभागी भई सम्बोधन गर्ने छन् । प्रधानमन्त्री त्यहाँ रहँदा उनीसँग बेलायत–नेपाल समाजका प्रतिनिधि, गैरआवासीय नेपाली सङ्घ र बेलायतमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिले भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अक्टोबर ३१ गते प्रधानमन्त्री देउवाको सम्मानमा लण्डनस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने छन् । उनले भूतपूर्व गोर्खा सङ्गठनका प्रतिनिधि, बेलायती संसद्का सदस्य र अन्य नेपाली प्रवासी सदस्यसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

उनी नोभेम्बर २ को बिहान प्रधानमन्त्री जोनसन र स्कटल्याण्डका प्रथम मन्त्रीले सीमित राष्ट्राध्यक्ष तथा सरकार प्रमुखका लागि आयोजना गर्ने ब्रेकफास्ट रिसेप्सनमा पनि सहभागी हुने मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवाले नोभेम्बर ३ तारेखमा स्कटल्याडको इडिनबर्गस्थित रोयल बोटानिक गार्डेनको भ्रमण गरी त्यहाँ भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले नेपाली बगैँचामा बिरुवा पनि रोप्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवलगायत सरकारका वरिष्ठ अधिकारीहरू सहभागी हुदै छन् । उनी बेलायतबाट नोभेम्बर ३ गते स्वदेश फर्कने र नोभेम्बर ४ तारेख बिहान स्वदेश आइपुग्ने छन् ।

adv-single
सम्बन्धित समाचार

एमडीएमएस खरिदमा भ्रष्टाचार : करिब ९२ करोड बिगो दाबीसहित १९ जनाविरूद्ध मुद्दा

विराटनगर । नेपाल दूरसञ्चार प्राधिकरणले गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम (एमडीएमएस) परामर्श सेवा खरिदमा अनियमितता भएको भन्दै १९ जना व्यक्ति र २ वटा कम्पनीविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १९...

सामान्य अंकले बढ्यो नेप्से, २ अर्ब ६५ करोड रूपैयाँमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेजका अनुसार नेप्से परिसूचक चार दशमलव ७८ अङ्कले उकालो लागेर दुई हजार ३५ दशमलव ६४ मा पुगेको छ...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामा

विराटनगर । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन् । अर्यालले बिहीबार राष्ट्रियसभा अध्यक्ष नारायण दाहालसमक्ष राजीनामापत्र बुझाएकी हुन् । नेकपा (माओवादी केन्द्र) बाट दाहाल गत फागुन २९ गते राष्ट्रिय सभा अध्यक्ष निर्वाचित भएका...

मुख्यमन्त्री कार्की सवार जहाज विराटनगरबाट उडेको ६ घण्टापछि काठमाडौं अवतरण

विराटनगर । विराटनगरबाट काठमाडौंका लागि उडेको कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार यती एयरको जहाज ६ घण्टापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । विराटनगरबाट बिहीबार बिहान ७ः४५ बजे काठमाडौं उडेको ९एन एएमएन कलसाइनको जहाज...

झापामा हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते

झापा । झापाको शिवसताक्षी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । आक्रमणबाट उनका श्रीमान घाइते भएका छन् । शिवसताक्षी-११ स्थित रतुवामाई वृक्षरोपण आयोजनाको वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट स्थानीय ६० वर्षीया पवित्रा...

वर्षाका कारण रद्द भयाे नेपाल 'ए' र आयरल्यान्ड 'ए' बीचको खेल

काठमाडौँ । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल रद्द भएको छ । वर्षाका कारण दुवै टोलीबीचको खेल रद्द भएको हो । कीर्तिपुिरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आजदेखि सुरू हुने भनिएको टी-२० शृङ्खलाअन्तर्गतको पहिलो खेल...

भयावह बन्दै सडक दुर्घटना, पाँच वर्षमा ११ हजार बढीकाे प्राणान्त

काठमाडौँ ।  गत फागुन २३ गते बिहान ४:४० बजे सुलोचना सापकोटा पाठक गहिरो निद्रामा थिइन् । उनी आफ्नो १० वर्षको छोरालाई च्यापेर मस्त निदाइरहेकी थिइन् । नेपाल कलेज अफ म्यानेजमेन्टमा पढाउँदै आएकी पाठक बिहान ६...

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहालले बोलाएपछि सभापति देउवा उनलाई भेट्न बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । भेटवार्तामा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई...

देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने

काठमाडौँ । पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ । देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । विभागका मौसमविद्...

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित भएको हो । विमानस्थलका प्रवक्ता सुवास झाले भिजिबिलिटी कमजोर...

इटहरी गोल्डकप : सगरमाथालाई हराउँदै आर्मी फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमिफाइनमा साविक विजेता सगरमाथा क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ । राष्ट्रिय जागृति क्लबद्वारा आयोजित उक्त प्रतियोगिताअन्तर्गत बुधबार राति भएको खेलमा निर्धारित समयमा दुवै...

प्रधानमन्त्रीको निर्देशन- परम्परागत होइन, उत्पादन र रोजगारकेन्द्रित बजेटको तयारी गर्नुस्

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परम्परागत ढाँचाको नभएर उत्पादन र रोजगारीलाई लक्षित गरी बजेट निर्माणको तयारी गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित आर्थिक वर्ष २०८१/८२ को बजेटको...