आज पृथ्वी जयन्ती, विभिन्न कार्यक्रम गरि मनाइँदै

आज पृथ्वी जयन्ती, विभिन्न कार्यक्रम गरि मनाइँदै

 राष्ट्रिय डेली

 

काठमाण्डौं । पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

पृथ्वी जयन्तीको अवसरमा आज सिंहदरबार पश्चिम मूलद्वारमा अवस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणको कार्यक्रम राखिएको छ ।

सर्वसाधारणका साथै राजावादी संघ संस्थाहरुले शालिकमा माल्यार्पणको कार्यक्रम राखेका छन् । आजै पूर्वराजा ज्ञानेन्द्र शाह पनि शालिकमा माल्यार्पणका लागि मध्याह्न सिंहदरबार जाने कार्यक्रम रहेको छ ।

विक्रम सम्बत १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले ससाना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए । तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भनी दूरदृष्टि व्यक्तिका रुपमा उनको सर्वत्र प्रशंसा हुँदै आएको छ ।

शाहको जन्म दिन पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा घोषणा गर्न र विदा दिन माग हुँदै आएको छ । तर सरकारीस्तरमा भने बिदाको घोषणा गरिएको छैन । यद्दपी केही स्थानीय तहहरुले भने बिदा दिएका छन् ।

adv-single
सम्बन्धित समाचार

माघ मसान्तसम्म विद्यालय बन्द गर्न सीसीएमसीसीको सिफारिस

  काठमाडौ । सीसीएमसीले आगामी माघ मसान्तसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको छ । शुक्रबार बसेको सीसीएमसीसीको बैठकले सो निर्णय गरेको हो । सीसीएमसीसीको बैठकले भर्चुअल माध्यममार्फत पठनपाठन गर्न दिने गरी सिफारिस भएको छ ।...

नेपालमा १८ वर्षमाथिका ७० प्रतिशत नागरिकले पाए कोरोना विरुद्धको पूर्ण खोप

काठमाडौं । सरकारले नेपालमा १८ वर्षभन्दा माथि उमेर समूहका ७० प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको पूर्णमात्रा खोप पाएको बताएको छ । आज शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले एक विज्ञप्ति जारी गरेर १७ वर्ष माथिका...

पाईलटको जागिर लगाईदिन्छु भन्दै ठगी गर्ने ब्यक्ति पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार रहेका विष्णुबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ। बाजुराको बुढीनन्दा न.पा. १ घर भई हाल काठमाण्डौ बुढानिलकण्ठ न.पा. ७ बस्दै आएका ४४ बर्षीय बिष्णु बहादुर कार्कीलाई महाशाखा बाट खटिएको बिशेष प्रहरी टोलिले...

गृह मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिप्रति नेपाल पत्रकार महासंघको आपत्ति

गृह मन्त्रालयद्वारा माघ १३ गते जारी प्रेस विज्ञप्तिप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ । गृह मन्त्रालयद्वारा २०७८ माघ १३ गते जारी प्रेस विज्ञप्तिप्रति नेपाल पत्रकार महासंघको आपत्ति जनाएको हो ।...

बिराटनगरबाट लागुऔषध सहित १ जना पक्राउ

मोरङ । बिराटनगर महानगरपालिका १५ स्थित एक नम्बर ढाटबाट लागुऔषध सहित १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका ३ बस्ने ३० बर्षीय ज्ञानु धिमाल रहेका छन् ।आज बिहान साढे ९ बजे...

नक्कली मास्कसहित काठमाण्डौमा ४ जना पक्राउ

  काठमाण्डौ । काठमाण्डौबाट १२ हजार थान नक्कली मास्कसहित चार जनालाइ पक्राउ गरिएको छ । अमेरिकन ब्रान्ड थ्री एम मास्कको लोगो प्रयोग भएको नक्कली मास्क बिक्री वितरण भइरहेको सूचनाको आधारमा प्रहरीले त्रिपुरेश्वरको महालक्ष्मी इशान इन्टरप्राइजेज...

सोलुखोला दुधकोशी आयोजनाको सुरुङबाट खसेका एक श्रमिकको अझै उद्धार हुन सकेन

विराटनगर । आज विहान करिब ४ बजे सोलुखोला दुधकोशी आयोजनाको सुरुङबाट खसेका एक जना श्रमिकको अझै उद्धार हुन सकेको छैन भने एक जनालाई उद्धार गरेर अस्पताल पठाइएको छ । सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाटको सोलुखोला दुधकोशी...

मनिशा राजबंशीको “आजै हो दिन मायालु”सार्वजनिक

  विराटनगर । मिस राजवंशी २०१८ की सेकेण्ड रनर अप विजेता मनिशा राजबंशी र खेलाडी जवाहिर गुरुको फिचरिङमा रहेको “आजै हो दिन मायालु ” गीतको भिडियो तरेली कुञ्जको अफिसियल युटुव मार्फत सार्वजनिक भएको छ ।...

हत्यामा संग्लग्न छोरा पक्राउ

विराटनगर । बेलवारी नगरपालिका ९ डाँगा बजारका ३५ बर्षीय जय बहादुर खत्रीलाई आफ्नै बुबाको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको छ । बुधबार राती अन्दाजी १० बजेको समयमा बेलवारीबाट खटिएको प्रहरी टोलीले खत्रीलाई पक्राउ गरेको हो...

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा पक्राउ

पर्सा । मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा अर्घाखाँची सन्धिखर्क नगरपालिका ७ घर भई हाल चितवन भरतपुर महानगरपालिका १ पोखरा बसपार्क बस्ने २८ वर्षीय राजु अधिकारीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । बैतडी घर भएकी १४...

नेपालको जनसंख्या दुई करोड ९१ लाख, पुरुषभन्दा महिला ६ लाख बढी

काठमाडौं । नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । बुधबार केन्द्रीय तथ्यांक विभागले २०७८ को जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक गरेको हो । विभागका अनुसार महिलाको जनसंख्या एक करोड ४९ लाख...

जंगली हात्तीको आक्रमणबाट बृद्धको मृत्यु

झापा । झापाको दमक नगरपालिका ३ का ६३ बर्षीय गणेश प्रसाद अधिकारीको जंगली हात्तीको आक्रमणमा परि मृत्यु भएको छ । हिजो राती सवा ९ बजे अधिकारी खेतमा पानी लागाउन जाँदै गरेको अवस्थामा दमक ३ स्थित...