
‘मुनामदन’ मञ्चनको समय थप चार दिन थपियो
विराटनगर । महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित खण्डकाव्य ‘मुनामदन’ मा आधारित नाटक मञ्चनको समय थप चार दिन थपिएको छ । असोज ४ गतेबाट मञ्चन सुरु भएको नाटक असोज १६ सम्म मञ्चन गर्ने भनिए पनि दर्शकको आग्रहमा...
पवन खड्का
मेरो मनमा बारम्बार यो प्रश्न उठिरहन्छ– हामी जनता कि दलका कार्यकर्ता ?मस्तिष्क मन्थन गर्दा निष्कर्ष आउँछ– जनताको हैसियत हामीले गुमाइसक्यौँ । सधैँ झुटा आश्वासन छाद्ने, स्वार्थको भारी बोकेका, विभिन्न आपराधिक क्रियाकलापमा संलग्न इत्यादिहरूलाई हरेकपल्ट कुर्सी थमाउनेहरू कसरी जनता हुन सक्छन् ? जनता त ती हुन् जसले सही मान्छेलाई नेतृत्वमा पु¥याउँछन् अथवा गलत मान्छे नेतृत्वमा पुगे उसलाई गलहत्याएर सत्ताबाट च्यूत गर्ने साहस राख्छन् । सचेत जनता भएका देशमा झुटा आश्वासन छादेर सत्तामा पुगेकाहरूलाई नेतृत्वबाट हटाउन जनताले अदम्य साहसिक काम गरेका प्रशस्तै उदाहरण छन् ।
यस्तै एक घटना स्मरणीय छ– चुुनावी प्रतिबद्धता बिर्सेपछि एकपटक मेक्सिकोको ह्विक्सटान प्रदेशमा रहेको सान आन्ड्रेस पोर्टो रिको शहरका पुरुष मेयर जाभिइर जिमेनेजलाई नगरवासीले केही दिनसम्म महिलाको भेषमा शहर घुमाएका थिए । चेतनशील र साहसी नागरिकले नेतालाई यसरी पनि तह लगाउँछन् । तर, हाम्रो देशमा यिनै मेयरजस्तालाई पटकपटक कुर्सी थमाइन्छ, तिनैको देवत्वकरण गरिन्छ । तिनका विरुद्ध बोले ‘राम धुलाइ’ नखाइएला भन्न सकिँदैन । यहाँ त राम्रो गर्न पनि डराउनुपर्छ । नभए त अर्को थरीकाहरूबाट आफू जोखिममा परिन्छ ।
दलको कुरा गरिरहँदा सबैभन्दा चाख लाग्दो कुरा त के छ भने अब कोही पनि दलका कार्यकर्ता नभई रहन सक्दैन । यहाँसम्म कि स्वतन्त्र भनिएका पत्रकारदेखि वकिल र न्यायाधीशसम्म दलकै कार्यकर्ता छन् । यत्रतत्र सर्वत्र दलहरू फुले÷फलेका छन् । दलको अगाडि स्वयं मान्छे पनि गौण हुन थालेको छ । त्यो मान्छे यो दलको, यो मान्छे त्यो दलको । यसरी मान्छे नै दलको भइसेकपछि दलको हुन केही बाँकी होला त ?
यी सवाल यसकारण उब्जिएका हुन्– झुट पनि बारम्बार दोहोरिए साँचो लाग्न थाल्छ, स्वाभाविक लाग्न थाल्छ; बानी पर्छ । अहिले हामी यस्तैमा बानी परिसक्र्यौँ । सही–गलत केही नछुट्याइ दलका नेताको भाषणमा निर्धक्क ताली पिट्न सक्ने, जति वेला जहाँ जसरी भन्यो त्यसरी हाजिर भइदिन सक्न्े दलहरूप्रतिको हाम्रो यो निगाह प्रशंसा लायक छ । यति धेरै प्यार त हामीले जीवनमा कमैलाई दिएका हुन्छौँ । दलका लागि हामी परिवारभित्रै युद्ध गर्नसमेत तयार छौँ । दल हाम्रो प्राणप्रिय बनेको छ ।
हामी दलको दलदलमा यसरी फसिसक्यौँ कि त्यसबाट बाहिर निस्कन मुश्किल मात्रै होइन, असम्भव जस्तै बनिसकेको छ । मानौँ हामी ‘दल’ नामको ‘अफिम’ सेवनले थाहै नपाउने गरी लठ्ठिएका छौँ । र, हामीलाई त्यसबाट अलौकिक आनन्द प्राप्त भइरहेको छ ।
विराटनगर । महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित खण्डकाव्य ‘मुनामदन’ मा आधारित नाटक मञ्चनको समय थप चार दिन थपिएको छ । असोज ४ गतेबाट मञ्चन सुरु भएको नाटक असोज १६ सम्म मञ्चन गर्ने भनिए पनि दर्शकको आग्रहमा...
विराटनगर । टिभिएस बाइकको एक्स्चेन्ज मेला असोज ९ देखि १२ गते सम्म विराटनगरमा सुरु हुने भएको छ । एक्स्चेन्ज मेलामा विभिन्न अफरहरु सार्वजनिक गरिएको छ । जस अन्तर्गत नकिन्दै एक लाखसम्म जित्ने मौका ,...
विराटनगर । महाकवि लक्ष्मीप्रसाद देवकाटाको चर्चित खण्डकाव्य हो– ‘मुनामदन’ । सर्वाधिक बिक्री हुने नेपाली साहित्यिक पुस्तकको रूपमा यसको भिन्न स्थान छ । तिब्बतको ल्हासासँग नेपाली समाजको आर्थिक सम्बन्ध बलियो भएको समयको यो अमर दस्तावेज हो। झ्याउरे लयमा...
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सोमबार मुख्यमन्त्री कार्कीले २ जना मन्त्री र २ जना राज्यमन्त्री थप गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् । बुद्धिकुमार राजभण्डारी खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री...
विराटनगर । काठमाडौं विश्वविद्यालयले एमबीइ कार्यक्रम संचालन गरेको छ । काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टको नयाँ र परिस्कृत कार्यक्रमका रूपमा उक्त कार्यक्रम सुरु गरिएको हो । उक्त कार्यक्रममा बर्तमान विश्व परिवेशलाई सुहाउँदो कार्यक्रम सुरु गरिएको...
संखुवासभा । प्राज्ञिक विद्यार्थी विद्यार्थी परिषद् नेपालले संखुवासभामा शैक्षिक सामग्री वितरण गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गर्दै परिषदले हिमालय किरण पब्लिक क्याम्पस खाँदबारीमा शैक्षिक सामग्री वितरण गरेको हो । भारतीय जनता र भारत...
विराटनगर । नेपाल फर्मास्युटिकल एसोसियसन कोशी प्रदेशले विभिन्न कार्यक्रम गरेर विश्व फार्मासिस्ट दिवस मनाएको छ । सोमबार विराटनगरमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको उपस्थितिमा एसोसियसनले दिवस मनाएको हो । दिवसको अवसरमा एसोसिएसनले शहिद रंगशालाबाट बरगाछीस्थित मनास्तु...
काठमाडौंं । नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका चिनियाँ समकक्षी प्रधानमन्त्री ली छ्याङबीच आज ग्रेट हल अफ...
विराटनगर । विराटनगर स्थित शुशिला कोइराला नाटकघर आरोहण गुरुकुलमा महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित खण्डकाव्य ‘मुनामदन’ मा आधारित नाटक मञ्चन भइरहेको छ । विराट आदर्श साहित्य मञ्चको आयोजनामा असोज ४ गतेदेखि नाटक मञ्चन सुरु भएको हो...
विराटनगर । आरोहण गुरुकुल विराटनगरले आयोजना गरेको विद्यालय नाटक महोत्सव २०८० पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलको ‘स्वाद’ नाटक प्रथम भएको छ । हाटखोलास्थित गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा सम्पन्न भएको महोत्सवमा बाल मनोविज्ञान, सामाजिक विकृति,...
विराटनगर । विराटनगर–९ मा अवस्थित सोम्स कलेजले तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ । आइतबार कलेजमा एक कार्यक्रमको आयोजना गरि सोम्सले तिज विशेष कार्यक्रम सम्पन्न गरेको हो । तिज विशेष कार्यक्रमको अवसरमा विद्यार्थीहरूले विभिन्न...
विराटनगर । श्रीलङ्कालाई हराउँदै भारतले एसिया कप क्रिकेटको उपाधि जितेको छ । कोलम्बोमा भएको फाइनल खेलमा श्रीलङ्कालाई १० विकेटले हराउँदै भारत आठौँ पटक एसिया कपको विजेता बनेको हो । श्रीलङ्काले दिएको ५१ रनको झिनो लक्ष्य...