हिसान क्रिकेटमा शिक्षादिप र अरनिको विजयी हुँदै सेमिफाइनलमा प्रवेश

हिसान क्रिकेटमा शिक्षादिप र अरनिको विजयी हुँदै सेमिफाइनलमा प्रवेश

 राष्ट्रिय डेली

 

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान ) मोरङले आयोजना गरेको हिसान क्रिकेटमा शिक्षादिप कलेज र अरनिको कलेज विजयी भएका छन् । विराटनगर–१९ मा रहेको वैजनाथ क्रिकेट मैदनामा आज मंगलबार भएको खेलमा शिक्षादिप कलेज र अरनिको कलेज विजयी भई सेमिफाइनलमा प्रवेश छन् ।

पहिलो खेलमा शिक्षादिपले कान्तिपुर कलेजलाई २८ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको शिक्षादिपले निर्धारित २० ओभरमा सवै विकेट गुमाई १ सय ९ रनको सामान्य स्कोर खडा गरेको थियो । जस्मा कृष्ण चौधरीले ३५ रन बनाउँदा रविन राजवैशीले २५ रन तथा रामरिजन यादव र निलेश देवले १०–१० रनको योगदान दिएका थिए । कान्तिपुरका बाबु गोइत र पप्पु यादवले २–२ विकेट लिँदा सुमन यादव र पप्पु मण्डलले १–१ विकेट लिए । जवाफमा १ सय १० रनको सामान्य चुनौती पछ्याएको कान्तिपुरले १६ दशमलव १ बलमा सवै विकेट गुमाई ८१ रन मात्र जोड्न सक्यो । जस्मा भोला सेठले २२ रन बनाउँदा महमद सकिम र कृष्ण गुप्ताले ११–१७ रनको योगदान दिए । शिक्षादिपका म्इान अफ द म्याच रामरिजन यादवले ३ विकेट लिए । त्यस्तै महमद मुम्ताजले २ विकेट लिँदा मनिष घिमिरेले पनि २ विकेट दिए ।

दोस्रो खेलमा अरनिको कलेजले लर्डबुद्ध कलेजलाई ६ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको लर्डबुद्धले निर्धारित २० ओभरको खेलमा १७ दशमलव ५ बलमा सवै विकेट गुमाई ८३ रनको झिनो लक्ष्य दिएको थियो । जस्मा विवेश साहले १४ रन जोड्दा सुमित शर्माले १२ रन र शिशिर चौधरीले ११ रनको योगदान दिए । अरनिकोका अंकित मण्डलले ४ विकेट लिए । मण्डलले ३ दशमलव ५ बल बलिङ गर्दै १८ रन दिए । त्यस्तै अविशेक बरालले २ विकेट लिँदा रिषि यादवले पनि २ विकेट लिए । जवाफमा ८३ रनको झिनो लक्ष्य पछ्याएको अरनिकोले ११ दशमलव २ बलमा ४ विकेट विजय लक्ष्य पार गरेको थियो । जस्मा अंकित मण्डलले २७ रन बनाउँदा दिपुकुमार स्र्वणकारले १८ रन तथा योगश कहरले अविजित १२ रनको योगदान दिए । लर्डबुद्धका आदित्य राजले २ विकेट दिए ।

अरनिकोका अलराउण्डर खेलाडि अंकित मण्डल खेलको म्यान अफ द म्याच घोषित भए । बुधबारको पहिलो खेल सगरमाथा कलेज र काशी क्याम्पस र दोस्रो खेल अरनिको कलेज र ग्रिनल्याण्ड कलेजविच प्रतिस्पर्धा हुने छ ।

adv-single
सम्बन्धित समाचार

माघ मसान्तसम्म विद्यालय बन्द गर्न सीसीएमसीसीको सिफारिस

  काठमाडौ । सीसीएमसीले आगामी माघ मसान्तसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको छ । शुक्रबार बसेको सीसीएमसीसीको बैठकले सो निर्णय गरेको हो । सीसीएमसीसीको बैठकले भर्चुअल माध्यममार्फत पठनपाठन गर्न दिने गरी सिफारिस भएको छ ।...

नेपालमा १८ वर्षमाथिका ७० प्रतिशत नागरिकले पाए कोरोना विरुद्धको पूर्ण खोप

काठमाडौं । सरकारले नेपालमा १८ वर्षभन्दा माथि उमेर समूहका ७० प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको पूर्णमात्रा खोप पाएको बताएको छ । आज शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले एक विज्ञप्ति जारी गरेर १७ वर्ष माथिका...

पाईलटको जागिर लगाईदिन्छु भन्दै ठगी गर्ने ब्यक्ति पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार रहेका विष्णुबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ। बाजुराको बुढीनन्दा न.पा. १ घर भई हाल काठमाण्डौ बुढानिलकण्ठ न.पा. ७ बस्दै आएका ४४ बर्षीय बिष्णु बहादुर कार्कीलाई महाशाखा बाट खटिएको बिशेष प्रहरी टोलिले...

गृह मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिप्रति नेपाल पत्रकार महासंघको आपत्ति

गृह मन्त्रालयद्वारा माघ १३ गते जारी प्रेस विज्ञप्तिप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ । गृह मन्त्रालयद्वारा २०७८ माघ १३ गते जारी प्रेस विज्ञप्तिप्रति नेपाल पत्रकार महासंघको आपत्ति जनाएको हो ।...

बिराटनगरबाट लागुऔषध सहित १ जना पक्राउ

मोरङ । बिराटनगर महानगरपालिका १५ स्थित एक नम्बर ढाटबाट लागुऔषध सहित १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका ३ बस्ने ३० बर्षीय ज्ञानु धिमाल रहेका छन् ।आज बिहान साढे ९ बजे...

नक्कली मास्कसहित काठमाण्डौमा ४ जना पक्राउ

  काठमाण्डौ । काठमाण्डौबाट १२ हजार थान नक्कली मास्कसहित चार जनालाइ पक्राउ गरिएको छ । अमेरिकन ब्रान्ड थ्री एम मास्कको लोगो प्रयोग भएको नक्कली मास्क बिक्री वितरण भइरहेको सूचनाको आधारमा प्रहरीले त्रिपुरेश्वरको महालक्ष्मी इशान इन्टरप्राइजेज...

सोलुखोला दुधकोशी आयोजनाको सुरुङबाट खसेका एक श्रमिकको अझै उद्धार हुन सकेन

विराटनगर । आज विहान करिब ४ बजे सोलुखोला दुधकोशी आयोजनाको सुरुङबाट खसेका एक जना श्रमिकको अझै उद्धार हुन सकेको छैन भने एक जनालाई उद्धार गरेर अस्पताल पठाइएको छ । सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाटको सोलुखोला दुधकोशी...

मनिशा राजबंशीको “आजै हो दिन मायालु”सार्वजनिक

  विराटनगर । मिस राजवंशी २०१८ की सेकेण्ड रनर अप विजेता मनिशा राजबंशी र खेलाडी जवाहिर गुरुको फिचरिङमा रहेको “आजै हो दिन मायालु ” गीतको भिडियो तरेली कुञ्जको अफिसियल युटुव मार्फत सार्वजनिक भएको छ ।...

हत्यामा संग्लग्न छोरा पक्राउ

विराटनगर । बेलवारी नगरपालिका ९ डाँगा बजारका ३५ बर्षीय जय बहादुर खत्रीलाई आफ्नै बुबाको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको छ । बुधबार राती अन्दाजी १० बजेको समयमा बेलवारीबाट खटिएको प्रहरी टोलीले खत्रीलाई पक्राउ गरेको हो...

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा पक्राउ

पर्सा । मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा अर्घाखाँची सन्धिखर्क नगरपालिका ७ घर भई हाल चितवन भरतपुर महानगरपालिका १ पोखरा बसपार्क बस्ने २८ वर्षीय राजु अधिकारीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । बैतडी घर भएकी १४...

नेपालको जनसंख्या दुई करोड ९१ लाख, पुरुषभन्दा महिला ६ लाख बढी

काठमाडौं । नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । बुधबार केन्द्रीय तथ्यांक विभागले २०७८ को जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक गरेको हो । विभागका अनुसार महिलाको जनसंख्या एक करोड ४९ लाख...

जंगली हात्तीको आक्रमणबाट बृद्धको मृत्यु

झापा । झापाको दमक नगरपालिका ३ का ६३ बर्षीय गणेश प्रसाद अधिकारीको जंगली हात्तीको आक्रमणमा परि मृत्यु भएको छ । हिजो राती सवा ९ बजे अधिकारी खेतमा पानी लागाउन जाँदै गरेको अवस्थामा दमक ३ स्थित...