विराटनगर / उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान ) मोरङले आयोजना गरेको हिसान क्रिकेटको पहिलो सेमिफाइनल विजयी हुँदै अरनिको कलेज फाइनलमा प्रवेश गरेको छ ।
विराटनगर–१९ मा रहेको वैजनाथ क्रिकेट मैदनामा आज भएको खेलमा अरनिको कलेजले ग्रिनल्याण्ड कलेजलाई ३१ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । त्यस्तै अर्को अन्तिम क्वाटरफाइनल खेलमा सगरमाथा कलेजलाई ३१ रनले पराजित गर्दै कोशि क्याम्पस सेमिफाइनलमा प्रवेश छ । टस हारेर पहिले ब्याटिङ गरेको अरनिकोले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ४६ रनको विशाल स्कोर खडा गरेको थियो ।
जवाफमा १ सय ४७ रनको विशाल चुनौती पछ्याएको ग्रिनल्याण्डले पूरै ओभर खेल्दै ८ विकेट गुमाई १ सय १५ रन मात्र जोड्न सक्यो । त्यस्तै यसअघि भएको अन्तिम क्वाटरफाइनल खेलमा कोशी क्याम्पसले सगरमाथा कलेजलाई ३१ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको कोशीले निर्धारित १५ ओभरको खेलमा ३ विकेट गुमाई १ सय ५ रनको स्कोर खडा गरेको थियो । जवाफमा १ सय ६ रनकोे लक्ष्य पछ्याएको सगरमाथाले पूरै ओभर खेल्दै ९ विकेटको नोक्सानीमा ७४ रनमा सीमित भयो । भोलि बिहीबारको अन्तिम सेमिफाइनल खेल शिक्षादीप कलेज र कोशी क्याम्पसबीच प्रतिस्पर्धा हुनेछ ।