विराटनगर । विराटनगरमा भएको वडास्तरिय ब्याडमिन्टन प्रतियोगिताको उपाधी इडेनवर्ग कलेजले हात पारेको छ । विराटनगर महानगरपालिका वडा न ९ मा गरिएको प्रतियोगिताको पहिलो , दोस्रो र तेश्रो तिन वटै उपाधी विराटनगर ९ मा अवस्थित इडेनवर्ग कलेजले पाउन सफल भएको हो ।
राष्ट्रिय सामुदायिक विकास केन्द्र मोरङको आयोजना तथा विराटनगर महानगरपालिका वडा न ९ को सहयोगमा भएको प्रतियोगितामा वडा न ९ भरिका कलेजहरु सहभागि थिए । ब्याडमिन्टन प्रतियोगितामा इडेनवर्गका अजय चौधरीले पहिलो , सुमन थापाले दोस्रो र राहुल जैसवालले तेस्रो स्थान हाँसिल गरेको कलेजका प्रिन्सिपल डि के शााहले जानकारी दिए ।
ब्याडमिन्टन प्रतियोगिता विराटनगर ९ स्थित सरस्वती विद्यालयमा सम्पन्न भएको थियो ।
Post Views: 0