विराटनगर । सोमबार सेयर बजार परिसूचक नेप्से उच्च अङ्कले घटेको छ । सोमबार नेप्से ४१ दशमलव ०१ अङ्कले घटेर दुई हजार एक सय २७ दशमलव ५२ विन्दुमा झरेको छ । सोमबार सबै समूहकोसशेयर घटेर बजार राताम्मे हुँदा बीमा, होटल तथा पर्यटन, विकास बैंक र माइक्रोफाइनान्स समूहको सेयर उच्च अङ्कले घटेको छ ।
बजार घटे पनि कारोवार रकम भने आइतवारको तुलनामा केही बढेको छ । सोमबार दुई सय ५६ वटा कम्पनीका ८८ लाख ३६ हजार कित्ता सेयर तीन अर्ब ३० करोड २२ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको १७ करोड ६५ लाख रुपैयाँको सेयर किनबेच भयो । आइतबार तीन अर्ब एक करोड ७० लाख रुपैयाँको कारोबार भएको थियो ।
सोमबार युनाइटेड मर्दी जलविद्युत कम्पनीको सेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि लुम्बिनी ग्रीन इन्सोरेन्स र आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
Post Views: 1