उपेक्षित उष्णप्रदेशिय रोग नियन्त्रणमा तीनै तहको सरकार लाग्नुपर्छ

उपेक्षित उष्णप्रदेशिय रोग नियन्त्रणमा तीनै तहको सरकार लाग्नुपर्छ

 राष्ट्रिय डेली

विराटनगर । उपेक्षित उष्णप्रदेशिय रोगहरूलाई रोकथाम र नियन्त्रण गर्न तीनै तहको सरकारले समन्वय गरेर अगाडी बढ्नु पर्ने एक कार्यक्रमका वक्ताहरूले बताएका छ्न । प्रदेश १ स्वास्थ्य निर्देशनालय धनकुटाको आयोजनामा चौथो विश्व उपेक्षित उष्णप्रदेशिय रोग दिवश २०७९ को अवसरमा विराटनगरमा सोमबार भएको कार्यक्रमका बक्ताहरूले सो कुरा बताएका हुन ।

विशेषगरि गर्मी ठाउँ र सिमान्तकृत समुदायमा देखिने कुष्ठरोग, लुतो, हात्तीपाइले, रेबिज, कालाजार, सर्पदंश, माटोबाट सर्ने जुका, फित्तेजुका, डेंगु, चिकनगुनिया र खस्रे रोग जस्ता १० वटा रोगहरू उपेक्षित रोगमा पर्नेगरेको बताइएको छ । स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले रोग नियन्त्रण र निवारण गर्ने कुरामा तीनै तहको सरकारले अपन्तव लिँदै सबैको सहभागिता र सहकार्यमा अगाडि बढाउनु पर्नेमा जोड दिए ।

स्वास्थ्य मन्त्री निर्मला लिम्बुले १० वटा रोगहरू प्राथमिकतामा नपरे पनी यी रोगहरू गम्भिर किसिमको भएको बताइन् । उनले स्वास्थ्य क्षेत्रको लागि संघमा बजेट भए पनि प्रदेश १ जहिले पनि ओझेलमा पर्ने गरेको गुनासो गरिन् । मन्त्री लिम्बुले रोगलाई रोकथाम र नियन्त्रण गर्न उपचारसँगै जनचेतना आवश्यक रहेकोले स्थानीय भाषालाई प्राथमिकतामा राख्नु पर्ने बताइन् ।

उनले अगामी दिनमा यस्ता रोगहरूको रोकथाम तथा नियन्त्रणको लागि आवश्यक बजेट र स्रोत साधनको ब्यवस्था गर्ने प्रतिबद्धता ब्यक्त गरिन् । प्रदेश १ स्वास्थ्य मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डाक्टर सुरेश मेहताले स्वास्थ्य मन्त्रालयको बजेट न्यून हुने भएकोले काम गर्न समस्या हुनेगरेको बताए । उनले कुन क्षेत्रमा कुन रोगका संक्रमितहरू छन् त्यसलाई मध्यनजर गर्दै प्रभावित क्षेत्रा औषधी सेवनसँगै जनचेजना फैलाउने काम गर्ने गरेको बताए । उनले सरकारले विभिन्न रोगहरूका लागि बजेट छुट्याए पनि प्रयाप्त नभएको गुनासो गरे ।

प्रदेश १ नगरपालिका संघका प्रमुख तथा बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले उपेक्षित यी १० वटा रोगलाई नियन्त्रण र निवारण गर्न तीनै तहको सरकारबीच एकीकृत सहकार्यको आवश्यकता रहेको उल्लेख गरे ।

पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लिलाबल्लभ घिमिरेले राज्य स्वास्थ्य क्षेत्रमा गम्भीर नभएको बताए । उनले सरकारको प्राथमिकतामा शिक्षा र स्वास्थ्य नपरेको आरोप लगाए । उनले सरकारले पत्रकारलाई स्वास्थ्य क्षेत्रमा दक्ष बनाउन अगाडी नसरेको बताए । ‘अहिले गरौँ, एकै साथ गराँै, उपेक्षित उष्णप्रदेशिय रोगहरूमा लगानी गरौँ’ भन्ने मुल नाराका साथ कार्यक्रम संचालन भएको हो । प्रदेश १ स्वास्थ्य निर्देशनालय धनकुटाले आयोजना गरेको कार्यक्रममा फेयर मेड र एन एल आरको सहयोग रहेको थियो । उक्त कार्यक्रमको प्यानल छलफल जनस्वास्थ्यविद् कैलाश खाकी श्रेष्ठले संचालन गरेका थिए ।

adv-single
सम्बन्धित समाचार

सगरमाथा आरोहण उत्साहजनक : उठ्यो ५० करोड बढी राजस्व

काठमाडौँ । वसन्तयाममा सर्वोच्च शिखर सगरमाथा आरोण गर्नेबाट ५० करोड रूपैयाँ भन्दा बढी राजस्व सङ्कलन भएको छ । पर्यटन विभागका अनुसार यस यामका लागि सगरमाथा आरोहण गर्न अनुमति लिएका तीन सय ५२ जनाबाट ५० करोड...

सार्वजनिक जग्गा संरक्षणमा लाग्न जिल्ला प्रशासनहरूलाई गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सार्वजनिक जग्गा फिर्ता ल्याउन शुक्रबार पुनः निर्देशन दिएका...

बर्दिवासलाई पराजित गर्दै एपीएफ मिल्स गोल्डकपको सेमिफाइनलमा

  विराटनगर । चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता सशस्त्र प्रहरी बल ९एपीएफ० पकली सुनसरी सेमिफाइनलमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा आज भएको उद्घाटन खेलमा महोत्तरीको नगर खेलकुद...

गीतकार प्रमिला बस्नेतको 'सधैं देख्ने सपनाको' सार्वजनिक

काठमाडौं । नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका संगीता चौधरीको स्वरमा ‘सधैं देख्ने सपनाको’ गीतको भिडियो सार्वजनिक भएको छ । क्यानडामा रहेर पनि नेपाली गीतसंगीतमा सक्रिय रहेकी गीतकार प्रमिला बस्नेतको शब्द तथा राजेश थापाको...

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछ : मन्त्री भण्डारी

नारायणगढ (चितवन) । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द हुन पुगेका र रुग्ण अवस्थाका उद्योग सञ्चालनका लागि सरकारले चाँडै नयाँ नीति ल्याउने बताएका छन् । उद्योग वाणिज्य सङ्घ र कम्प्युटर एशोसिएशन नेपाल...

काेशीका मुख्यमन्त्री कार्कीविरूद्धकाे संकल्प प्रस्ताव बहुमतले पारित

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा  सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको छ । सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरेको सो सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको हो । प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधन) समेतको नियम ७०...

सांसद हसिना खानले लिइन् शपथ

काठमाडौँ । सभामुख देवराज घिमिरले प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीद्वारा नवनिर्वाचित सांसद हसिना खानलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । सिंहदरबारस्थित संसद सचिवालयमा आज आयोजित कार्यक्रममा सभामुख घिमिरले सांसद खानलाई पद तथा गोपनीयताको शपथ गराएका...

एकीकृत समाजवादीले कोशी प्रदेशमा मुख्यमन्त्री मागेको छैन : नेता खनाल

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनका दलहरूको समीकरण परिवर्तन नहुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पुरानो समीकरण परिवर्तन गर्नुपर्ने...

रूखबाट खसेर एक पुरूषको मृत्यु

ढोरपाटन (बागलुङ) । बागलुङमा घाँस काट्ने क्रममा रूखबाट खसेर एकजनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका-४, खाडचौरका ३५ वर्षीय नारायण सुनारको रुखबाट खसेर आज बिहान मृत्यु भएको हो । बिहान ८ बजे बाख्रालाई घाँस...

जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ५२ घाइते

चौतारा (सिन्धुपाल्चोक) । जिल्लाको पिस्कर-५, धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ५२ जना घाइते भएका छन् । दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको बा४ख ५६१६ नम्बरको...

नेपाली अमेरिकी उद्यमी तथा सामाजिक अभियन्ता प्रकाश थापा सम्मानित

विराटनगर । नेपाली अमेरिकी उद्यमी तथा सामाजिक अभियन्ता प्रकाश थापा सम्मानित भएका छन् । क्यालिफोर्नियाका २४ औं जिल्लासभा सदस्य एलेक्स लीद्वारा अनसंग हिरो २०२४ को रूपमा थापा सम्मानित भएका हुन् । थापा महिलाहरूको लागि मार्शल...

जाजरकोटका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

जजरकोट । भुकम्प प्रभावित जाजरकोटका विद्यार्थीहरूलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरिएको छ । इन्टेल अमेरिकामा कार्यरत नेपालीहरू र ओरेगन नेपाली समाजको सहयोग एवम् प्राज्ञिक विद्यार्थी परिषद् नेपालको समन्वयमा पाँच सय विद्यार्थीहरूलाई शैक्षिक सामग्री...