विराटनगर।संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेश्रोको सुरुङभित्र एकजना कामदारको मृत्यु भएको छ ।
सुरुङ भत्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा सिन्धुपाल्चोकका २० वर्षीय सूर्य गोले तामाङ रहेका छन् ।
भोजपुरका ५४ वर्षीय भीमबहादुर पाण्डे र सिन्धुपाल्चोकका ३८ वर्षीय मंगल तामाङ घाइते रहेको प्रहरीले जनाएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि अहिले जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ । दुवै जना घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ ।
पावरहाउस रहेको स्थान चिचिलाको पुखुवास्थित सुरुङभित्र काम गर्ने क्रममा मंगलबार बिहान सुरुङ भत्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
Post Views: 0