विराटनगर । बोक्सोको आरोपमा १ जनाको हत्या गरी फरार भएका काभ्रेका २ जनालाई प्रहरीले १५ वर्षपछि पक्राउ गरेको छ ।
२०६५ असोज २९ गते काभ्रेको साविक शिखर आम्बोटे गाउँ विकास समितिका चमारसिंह मगर भन्ने जनकबहादुर मगरलाई कुटपिट गरी हत्या गरेपछि फरार रहेका स्थानीय टङ्कबहादुर मगर र सन्तबहादुर मगरलाई पक्राउ गरेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिएका छन ।
अदालतबाट दोषी ठहर भइसकेका उनीहरू फरार रहेका थिए । उनीहरूलाई गएको पुस २४ गते पक्राउ गरेकोमा सन्तलाई कारबाहीका लागि जिल्ला अदालत काठमाण्डौमा बुझाइसकेको र टङ्कको स्वास्थ्यमा समस्या आएका कारण उपचारपछि आज अदालतमा बुझाएको प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिएका छन ।
Post Views: 301