आज अयोध्या राम मन्दिरको उद्घाटन

आज अयोध्या राम मन्दिरको उद्घाटन

 राष्ट्रिय डेली

विराटनगर । भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको आज उद्घाटन हुँदैछ। आज भगवान रामको मन्दिरमा भव्य समारोहकाबीच प्राण प्रतिष्ठा गर्ने कार्यक्रम रहेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा मन्दिरमा भगवान रामको प्राण प्रतिष्ठाको कार्यक्रम हुनेछ।

बीबीसीका अनुसार राम जन्मभूमि ट्रस्टले प्राण प्रतिष्ठाको सम्पूण तयारी पूरा भएको बताएको छ।

ट्रष्टका अनुसार प्राण प्रतिष्ठा कार्यक्रम आज दिउँसो १२ः३५ भारतीय समय अनुसार १२ः२० देखि १ बजे बजेदेखि सुरु हुने र १ः१५ बजेसम्म चल्नेछ। प्रधानमन्त्री नरेन्द्र मोदीका साथै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ विधि–विधानका साथ प्राण प्रतिष्ठामा सहभागी हुनेछन्। त्यसपछि मन्दिर दर्शनका लागि खोलिने छ।

ट्रस्टले भगवान रामको मूर्तिलाई ११४ घैँटोलाई औषधियुक्त र छुट्टाछुट्टै तिर्थस्थलबाट ल्याइएको जलले नुहाइने बताएको छ।

प्राण प्रतिष्ठाको विधि १६ जनवरीका दिन सरयू नदीबाट सुरु भएको थियो र आज उत्तम साइतमा समाप्त हुनेछ।

प्राण प्रतिष्ठा समारोहमा सहभागि हुन आमन्त्रित अतिथिहरू अयोध्या पुग्ने क्रम जारी छ। यसमा भारतीय खेलाडी, बलिवुड अभिनेता र अभिनेत्री, राजनीतिक दलका नेताहरू, साधुसन्त लगायतका छन्।

अयोध्यामा प्राण प्रतिष्ठा कार्यक्रमका लागि सुरक्षा व्यवस्था कडा बनाइएको छ।

दस हजार सीसीटीभी क्यामरा, आर्टिफिशियल इन्टेलिजेन्सजडित ड्रोनले त्यहाँको गतिविधिमा निगरानी गरिरहेको छ। सात घेराको सुरक्षा व्यवस्था गरिएको अयोध्यामा ठाउँठाउँमा प्रहरी र सशस्त्रका गरी ११ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ।

सम्बन्धित समाचार

कोशीमा पहिचान पक्षधरसँग वार्ता गर्न तीन सदस्यीय वार्ता समिति गठन

विराटनगर । कोशी प्रदेशमा पहिचान पक्षधरसँग वार्ता गर्न सरकारले समिति बनाएको छ । प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिसँग वार्ता गर्न सरकारले समिति गठन गरेको हो । पहिचान पक्षधरहरू गत १० चैतदेखि आन्दोलनरत छन्...

उपत्यकाका खोलाको मापदण्ड थप २० मिटर कायम गर्ने फैसला हाल स्थगित

विराटनगर । बाग्मती नदी तथा यसका सहायक नदी तथा खोला किनाराको दायाँ बायाँ थप २० मिटर सीमा कायम गर्ने सर्वोच्च अदालतको फैसला हाललाई स्थगित भएको छ। सर्वोच्च अदालतले पुनरावेदनका लागि सरकारलाई अनुमति दिएकाले फैसला कार्यान्वयन...

प्रसाईंलाई ४० हजार धरौटीमा रिहा गर्न आदेश

  विराटनगर । काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ । बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश...

त्रिविमा मैले हस्तक्षेप गरेको छैन : प्रधानमन्त्री ओली

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयमा आफ्नो कुनै हस्तक्षेप नभएको बताएका छन्। आज९बिहिबार० बसेको त्रिभुवन विश्वविद्यालयको साधारणसभा (सिनेट) बैठकमा त्रिवि कुलपतिसमेत रहेका उनले यस्तो बताएका हुन्। उनले सबैले सानो कुरामा नअल्झिएर त्रिविलाई प्रभावकारी...

शेयर बजारमा उच्च अंकले गिरावट

  विराटनगर । बिहीवार शेयर बजारमा उच्च अंकले घटेको छ । शेयर बजार ३३.४२ अंकले घटेर २,६८२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ४० कम्पनीको शेयर मूल्य बढेको छ भने २०४ कम्पनीको शेयर मूल्य...

माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

विराटनगर । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपत्यका बाहिर भएका कारणले नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ। आज दिउँसो ३ बजेका लागि पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको बैठक अब भोलि बिहान ११ बजे बस्ने...

विराटनगर प्याब्सनको अध्यक्षमा अर्जुन श्रेष्ठ

विराटनगर । विराटनगर महानगर प्याव्सनको अध्यक्षमा अर्जुन श्रेष्ठ सर्वसम्मत निर्विरोध निर्वाचित भएका छन् । श्रेष्ठ विराटनगर प्याव्सनको तेस्रो अधिवेशनबाट सर्वसम्मत निर्विरोध निर्वाचित भएका हुन् । त्यसैगरी तेस्रो महानगर अधिवेशनबाट उपाध्यक्षमा असोक लामा, सचिवमा चिरिञ्जीवि तिम्सिना,...

रविलाई थप पाँच दिनको हिरासत

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले पाँच दिन म्याद थप गरेको छ। जिल्ला अदालत कास्कीमा बिहीबार न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासले उनलाई थप पाँच दिन म्याद थपी अनुसन्धान गर्न...

त्रिवि दीक्षान्त व्यावस्थित नभए बहिष्कार गर्ने : विष्णु ढुंगेल

विराटनगर । स्वतन्त्र विद्यार्थी युनियन नेपाल ल क्याम्पसका अध्यक्ष एवं त्रिवि सभा सदस्य विष्णु ढुंगेलले यस वर्षको त्रिवि दीक्षान्त समारोह व्यवस्थित नभए बहिष्कार गर्ने बताएका छन्। आज (बिहिबार) बसेको त्रिभुवन विश्वविद्यालयको नीति अधिवेशनमा त्रिवि कुलपति...

विश्वकप फुटबलको तयारीमा साउदी अरेबिया

विराटनगर । सन् २०३४ को फिफा विश्वकप फुटबल एसियाली मुलुक साउदी अरेबियामा हुने भएको छ। साउदी अरेबियाका रियाद, जेद्दा, अल खोबर, आभा र निओम शहरका १५ रंगशालामा खेल खेलाइने एजेन्सीले जनाएको छ। ९२ हजार दर्शक...

जाजरकोटमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

विराटनगर । जाजरकोटको नलगाड नगरपालिका–३ को बिराखोला कैना–कट्के सडकखण्डमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। ग ३ च ९८४५ नम्बरको डबल क्याप बोलेरो जीप गएराति ११ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका...

संखुवासभामा भरुवा बन्दुकसहित पक्राउ

विराटनगर । संखुवासभाको मकालु गाउँपालिका(२ का ३० वर्षीय लाक्पा शेर्पालाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मकालुबाट खटिएको प्रहरी टोलीले शेर्पाको घर खानतलासी गर्दा कोठाबाट लोड गरेको एक थान भरुवा बन्दुक र...