खोटाङमा सवारीसाधनको भाडादर घट्यो

खोटाङमा सवारीसाधनको भाडादर घट्यो

 राष्ट्रिय डेली

विराटनगर । जिल्लामा सञ्चालन हुने लामो तथा छोटो दूरीका सबै सवारीसाधनको भाडादर घटाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नेतृत्वमा यातायात व्यवसायी, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्रफिक प्रहरी कार्यालय र सरोकारवाला निकायको संयुक्त पहलमा यसअघि लिने गरिएको भाडादरलाई घटाएर नयाँ भाडादर कायम गरिएको हो ।

जिल्लामा सञ्चालित बस, सुमो (जीप), अटो र भ्यान सञ्चालकसँग छुट्टाछुट्टै छलफल गरेर सवारीसाधनको भाडादर घटाइएको प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाहले जानकारी दिएकाछन् । “जिल्लामा सञ्चालित सबै सवारीले आफूखुसी भाडा लिने गरेका थिए । यसलाई व्यवस्थित गर्न पहिलो चरणमा बसको एकतर्फी भाडा रु तीन सय १० सम्म घटाइएको छ”, उनले भने, “भाडादरलाई अझ स्थायी बनाउन केही दिन लाग्ने भएको छ । बस, सुमो, अटो र भ्यान सञ्चालक समितिबाट एक–एकजना, उद्योग वाणिज्य सङ्घ, ट्राफिक प्रहरी, पत्रकार महासङ्घ, नागरिक समाज, १० वटै स्थानीय तहका एक–एकजना प्रतिनिधि राखेर समिति निर्माणगरी वैज्ञानिक तवरबाट भाडा तोकिने र त्यसैलाई स्थायीरूपमा निरन्तरता दिने निर्णय गरिएको छ ।”

बसमा दिक्तेल–खुर्कोट रु नौ सय ५०, दिक्तेल–काठमाडौँ रु एक हजार तीन सय, दिक्तेल–रसुवा–गाईघाट–धरान खडकखण्डमा दिक्तेल–गाईघाटको रु एक हजार, दिक्तेल–इटहरीको रु एक हजार तीन सय, दिक्तेल–धरान रु एक हजार तीन सय ५० र दिक्तेल–कटारी–धरान–विराटनगर–काँकडभिट्टा सडकखण्डमा दिक्तेल–कटारी रु एक हजार, दिक्तेल–मिर्चैया रु एक हजार एक सय, दिक्तेल–लहान रु एक हजार दुई सय, दिक्तेल–इटहरी रु एक हजार चार सय ५०, दिक्तेल–धरान रु एक हजार पाँच सय, दिक्तेल–विराटनगर रु एक हजार पाँच सय ५० र दिक्तेल–काँकडभिट्टा रु एक हजार सात सय ५० नयाँ भाडार कायम गरिएको छ । दिक्तेल–भोजपुरअन्तर्गत दिक्तेल–चखेवा रु पाँच सय ५०, दिक्तेल–भोजपुर रु आठ सय, दिक्तेल–मानेभन्ज्याङ रु पाँच सय ३०, दिक्तेल–रोक्सिम भन्ज्याङ रु छ सय, दिक्तेल–खोटाङबजार रु सात सय भाडादर तोकिएको छ ।

यात्रुको सहजताका लागि जिल्लाभित्र तथा बाहिर सञ्चालन हुने सबै स्थानको भाडा घटाइएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिए ।

लामो दूरीमा चल्ने सुमोले सबै ठाउँको रु एक सय भाडा घटाउने र भ्यानले दिक्तेलबाट मुडेसम्मको रु एक सय, हुर्लुङ रु एक सय ५०, नुनथला रु दुई सय, महुरे रु दुई सय ५०, अर्खौले रु तीन सय र हलेसी रु तीन सय ५० भाडा लिनुपर्ने जनाइएको छ । भ्यानले दिक्तेलबाट हलेसी रिजर्भ जाँदा रु तीन हजार पाँच सयमात्रै लिन पाउनेछन् । अटोले सेवा दिइरहेको ठाउँमा रु ५० घटाउने र दिक्तेलको रत्नपार्कबाट जिल्ला अस्पतालसम्म बिरामी लानुपरेमा बिरामी र सहयोगीको रु दुई सय ५० र बिरामीसहित तीनजना भएमा रु तीन सय ५० लिने निर्णय भएको छ । जिल्लामा सञ्चालन हुने अटोले सबैभन्दा बढी मनपरी भाडा लिने गरेको यात्रुको गुनासो छ ।

यसैबीच दिक्तेलको आचार्य गाउँमा रहेको बसर्पाकमा दैनिक पाँचवटा बस लैजाने र त्यहाँ ‘इन्ट्री’ गरेरमात्रै माथि आउन पाइने, यात्रु लिन सोल्मा बसपार्कमा बस अनिवार्य जानुपर्ने र आन्तरिकरूपमा चल्ने यातायातका साधन सोल्मा बसपार्क लैजाने निर्णय भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताएकाछन् । सडकको दायाँबायाँ यत्रतत्र गाडी पार्किङ गर्न नपाइने, यदि पार्किङ गरेको खण्डमा कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने पनि निर्णय गरिएको छ । दश स्थानीय तह रहेको जिल्लामा बस, जीप, अटो र भ्यानगरी करिब तीन सय ५० हाराहारीमा सवारीसाधन सञ्चालनमा रहेका छन् ।

सम्बन्धित समाचार

संखुवासभामा भरुवा बन्दुकसहित पक्राउ

विराटनगर । संखुवासभाको मकालु गाउँपालिका(२ का ३० वर्षीय लाक्पा शेर्पालाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मकालुबाट खटिएको प्रहरी टोलीले शेर्पाको घर खानतलासी गर्दा कोठाबाट लोड गरेको एक थान भरुवा बन्दुक र...

स्रोत नखुलेको ४७ लाख ४९ हजार नेपाली रुपैंया सहित एक महिला पक्राउ

विराटनगर । मोरङको रंगेली नगरपालिका-८ स्थितबाट स्रोत नखुलेको रकमसहित एक जना महिलालाई पक्राउ गरिएको छ । रंगेली नगरपालिका-८ दर्वेशा की ६५ वर्षीया ज्योतिदेवी अग्रवालले घरमा अवैध रकम राखेको छ भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय...

सिरियाली शरणार्थीहरूलाई फर्काउन टर्कीले सीमा नाका खोल्ने

विराटनगर । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले टर्किएले सिरियाली शरणार्थीहरूको स्वेच्छिक र सुरक्षित फिर्ताको सुविधाको लागि दक्षिणी हाते प्रान्तमा सिरियासँगको सीमाना खोल्ने बताएका छन्। टर्कीको राजधानी अंकारामा बसेको मन्त्रिपरिषद् बैठकपछि पत्रकार सम्मेलनमा एर्दोगानले उक्त कुरा...

सरकारका कमजोरी सच्याउन काँग्रेस बोल्नुपर्छ: केदार कार्कि

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की नेपाली कांग्रेसका तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । उनी खरो स्वभावका नेता मानिन्छन् । उनी डा। शेखर कोइराला समूहमा पहिल्यैदेखि खुलेर लागेका छन् । मुख्यमन्त्री भएका बेला आफू...

प्रमुख सूचना आयुक्त र आयुक्तहरुको सपथ

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा सुरेशप्रसाद आचार्यले आज पद तथा गोपनीयताको सपथ लिएका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त आचार्यलाई र प्रधानमन्त्रीको...

रविलाई आज सातौंपटक अदालतमा उपस्थित गराइँदै

विराटनगर । सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज सातौंपटक अदालतमा उपस्थित गराइँदै छ। सानो पाइला सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पर्सा लगिएका लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित...

बझाङको रायाल केन्द्रविन्दु भएर गयो भूकम्प

विराटनगर । बझाङको रायाल केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज विहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायाल आसपास केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टर स्केलको भूकम्प...

विराटनगरमा रोजगार मेला

विराटनगर । रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवाहरूलाई जोड्ने उद्देश्यले विराटनगर महानगरपालिकाले दोस्रोपटक ‘महानगर रोजगार मेला’ आयोजना गर्ने भएको छ । महानगरले आगामी पुस १ र २ विराटनगरस्थित वीरेन्द्रसभा दक्षिणमा अवस्थित ‘इको पार्क’मा मेला आयोजना...

शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

विराटनगर । २५ मंसिर (मंगलबार) शेयर बजारमा सामान्य अंकले गिरावट आएको छ । शेयर बजार ६.३२ अंकले घटेर २,६६९ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १४८ कम्पनीको...

शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक

विराटनगर। २५ मंसिर मंगलबार शेयर बजारमा सामान्य अंकले गिरावट आएको छ । शेयर बजार ६.३२ अंकले घटेर २,६६९ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १४८ कम्पनीको शेयर...

पत्रकार महासंघ कोशी प्रदेस अध्यक्षमा तीन जनाको उम्मेदवारी

विराटनगर । नेपाल पत्रकार महासंघ कोशी प्रदेशको यही मंसिर २८ गते हुने निर्वाचनमा अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ । सोमबार अध्यक्षमा तीन जनाले उम्मेदवारी दर्ता गरेका हुन् । अध्यक्षमा भरत खड्का, विवेक गौतम र...

रविमाथि सरकारले गर्यो अन्याय : डा. सुनिल शर्मा

विराटनगर । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले पूर्वगृहमन्त्री रवि लामिछानेमाथि सरकारले अन्याय र अमानवीय व्यवहार गरिरहेको बताएका छन्। मंगलवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सांसद शर्माले यस्तो बताएका हुन्। उनले नेपाल सरकारका प्रधानमन्त्री र गृहमन्त्रीसँग...