विराटनगर । विराटनगर–५ स्थित बरगाछी युवा समुहले शाखा विस्तार गरेको छ । लामो समयदेखि सामाजिक कार्य गर्दै आएको युवा समुहले शुक्रबार सुनसरीमा शाखा विस्तार गरेको हो ।
समुहको सुनसरी संयोजक अनिश सुवेदी ‘गोरे’ चयन भएका छन् । कोरोनाको समयमा पनि बरगाछी युवा समुहले राहत वितरण, शव व्यवस्थापनलगायतका सामाजिक कार्य गरेको थियो । अहिले पनि समुहले विभिन्न सामाजिक कार्य निरन्तर गर्दै आइरहेको छ ।
सामाजिक सेवा गर्नु र पीडित मध्यमवर्गीय परिवारहरूलाई सहयोग गर्नु साथै युवाहरूलाई सामाजिक कार्य गर्नको लागि प्रोत्साहित गर्ने हेतुले यस संस्था खोलिएको बरगाछी युवा समुहका संयोजक आकाश घिमिरेले बताए ।
आगामी दिनमा पनि समुह अझ तीव्र गतिमा सामाजिक कार्यमा सक्रिय हुने बताए ।
Post Views: 325