विराटनगर, ६ फागुन । मोरङको बुढीगंगामा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
एम्बुलेन्सको ठक्करबाट ग्रामथान २ का ४५ बर्षीया रम्वादेवी महतोको मृत्यु भएको हो । बुधबार दिउसो बुढीगंगा २ स्थित राजमार्गमा ना ७ ख २६१५ नम्बरको ट्रकले प्र १–०२–००२ च ४६१३ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिदाँ एम्बुलेन्स अनियन्त्रित भएर पैदल यात्री रम्वादेवीलाई ठक्कर दिएको थियो ।
एम्बुलेन्सको ठक्करबाट उनि गम्भिर घाइते भएकि थिइन् । उनको विराट मेडिकल कलेज बुढिगंगामा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
ट्रक र ट्रकका चालक नबिन खवास र एम्बुलेन्स र एम्बुलेन्स चालक घनश्याम कुवार नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।
Post Views: 85