काठमाडाैँ, ८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनाल भारतमा उपचार गराएर स्वदेश फर्किएका छन् । नियमित स्वास्थ्य परीक्षण गरी शनिबार खनाल स्वदेश फर्किएका हुन् ।
नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराएर उनी आज स्वदेश फर्किएकाे उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।
पूर्वप्रधानमन्त्री खनाल आफ्नी धर्मपत्नी रविलक्ष्मी चित्रकारसहित गत माघ ३० गते नियमित स्वास्थ्य परीक्षणका लागि दिल्ली गएका थिए । स्वकीय सचिव भट्टराईका अनुसार चिकित्सकले खनालको स्वास्थ्य अवस्थामा सुधार भएको बताएका छन् ।
Post Views: 74