विराटनगर, ९ फागुन । चीनले विश्वकै नमूना अस्पतालसहितको पानीजहाज बनाएकाे छ ।
चिनियाँ कम्पनीले एक अमेरिकी पानी जहाज मालिकको लागि सो जहाज निर्माण गरेको हो ।
अत्याधुनिक सुविधासम्पन्न अस्पताल जहाजले उत्तर चीनको तियानजिन नगरपालिकामा समुद्री परीक्षण पूरा गरेको छ ।
जहाजको लम्बाई एक सय ७४ मिटर र चौडाई २८ दशमलव ६ मिटर रहेको छ ।
उक्त जहाज अत्यधिक गतिमा चल्ने क्षमता भएको सुविधासम्पन्न पानीजहाज हो ।
जहाजभित्र दुई सय ७७ वार्ड तथा छ सय ४१ शैया रहेका तियानजिङ सिङ्गाङ जहाज निर्माण कम्पनीले जनाएको छ ।
जहाज निर्माण कम्पनीका अनुसार जहाजभित्र पाँच तारे होटेल र सुविधासम्पन्न अस्पतालले उपलब्ध गराउने सबै खालका सेवाहरू जडान गरिएका छन् ।
जहाजको गति, आवाज र अन्य पक्षहरूलाई समुद्री परीक्षणका क्रममा परिणामहरूको यात्रामा जहाज धनीले प्रशंसा गरेको कम्पनीले बताएको छ ।
Post Views: 47