काठमाडाैँ, १६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार सर्वोच्च अदालतमा उपस्थित भएका छन् । अवहेलना मुद्दामा जवाफ दिन प्रचण्ड आज सर्वोच्च अदालतमा उपस्थित भएका हुन् ।
प्रचण्डविरुद्ध प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा अदालतको मानहानी हुने गरी अभिव्यक्ति दिएको भन्दै रिट दायर भएको थियो । पुस ५ गते प्रतिनिधिसभा विघटनपछि सडक आन्दाेलनका क्रममा दिएकाे अभिव्यक्तिले अदालतमा अवहेलना मुद्दा दर्ता भएकाे थियाे ।
सो रिटमा गत बुधबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले सात दिनभित्र आफैं लिखित जवाफ पेश गर्न प्रचण्डलाई आदेश दिएको थियो । न्यायाधीश मनाेजकुमार शर्माकाे इजलाशले उनलाई अदालत उपस्थित हुन आदेश गरेकाे थियाे । सोही आदेशअनुसार प्रचण्डले आफैँ उपस्थित भएर लिखित जवाफ पेश गरेका हुन् ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओली पनि आफै अदालत उपस्थित भएर अवहेलना मुद्दामा जवाफ दिएका थिए। त्यस्तै ४ पूर्व-प्रधानन्यायाधीशहरु पनि अदातल उपस्थित भएका थिए ।
Post Views: 357