धरानमा जेब्रा भित्र भेटिएको शव प्रकरणः घटनाको नालिवेली यस्तो

धरानमा जेब्रा भित्र भेटिएको शव प्रकरणः घटनाको नालिवेली यस्तो

 राष्ट्रिय डेली

 

विराटनगर .बहराइनमा टटविर पेट्रोलियम नामको कम्पनीमा सेक्युरिटी गार्ड काम गर्ने झापा दमक ५ का ४३ वर्षीय दिनेश सिग्देलको नेपाल फर्किने कुनै योजना थिएन ।

राम्रो कमाई भइरहेको थियो । दुईवटा श्रीमती मध्ये उनको दमकको चुलाचुलीमा बस्ने जेठीसँग त्यति राम्रो सम्बन्ध थिएन । प्राय कमाएको पैसा विराटनगरमा बस्ने कान्छी श्रीमती अनिता केसीलाई पठाउँथे, दिनेश । १० महिना अघि बहराइन गएका दिनेशले अनिताको नाममा लाखौ रुपैयाँ पठाइसकेका थिए ।

मंसिर पहिलो हप्ता बहराइनमै सँगै काम गर्ने साथी मार्फत अनितालाई दिनेशले केही सामान पठाएका थिए । दिनेशले पठाएको सामान पुराउन उनको साथी अनिताको डेरा पुगेका थिए । सामान पुराएर फर्किने क्रममा अनिताको हिमचिम एक ट्याम्पो चलाउने भण्डारी थरका केटासँग रहेको हल्ला साथीले सुने । र बुझ्ने क्रममा अनिताकै डेरामा ट्याम्पो चलाउने सरोज भण्डारी नाम गरेका व्यक्ति प्राय सँगै बस्न थालेको छिमेकी मार्फत जानकारी पाए । नेपाल आएका साथी मार्फत सबै कुरा दिनेशले चाल पाएपछि अनितासँग उनको खटपट शुरु हुन थाल्यो त्यसपछि दिनेश र अनिताबीच राम्रोसँग कुराकानी हुँदैनथ्यो ।

त्यतिकैमा पुसको पहिलो साता बहराइनमा रहेका दिनेशलाई फेसबुक म्यासेन्जरमा एक महिलाको कल आयो । कलमा ‘तपाईको श्रीमतीसँग मेरो श्रीमान लागेर मेरो घर बिग्रने अवस्था आयो ।’ ‘समस्या मिलाउन तपाई एक पटक नेपाल आउनु पर्यो ।’

दिनेशलाई आएको यो कल अरु कसैको नभई श्रीमती अनितासँग प्रेम सम्बन्धमा रहेका सरोज भण्डारीको श्रीमतीको थियो । अनितासँग सम्बन्धमा रहेका सरोजले श्रीमतीलाई डिभोर्स दिने कानूनी प्रकृया शुरु गरेर छुटै डेरा लिएर बस्दै आएका थिए । तर सरोज अनिताको डेरामा प्राय बढी बस्ने गर्थे ।

सरोजको श्रीमतीबाट यस्तो कल आएपछि दिनेशले कम्पनीमा इमर्जेन्सी बिदा मागे । र साथीसँग ६० हजार रुपैयाँ सापटी लिएर नेपाल आएका थिए । दिनेश नेपाल आँउदै गरेको कुरा घरमा बुवा आमा र जेठी श्रीमतीलाई जानकारी थिएन । उनले काठमाडौँ आएर मात्र अनितालाई फोन गरेर आफू नेपाल आएको भनेका थिए ।

पुस २० गते नेपाल आएका दिनेश भोलि पल्ट मात्र विराटनगर पुगेका थिए । कान्छी श्रीमती अनितालाई बोलाएर दिनेश विराटनगरस्थित नोबेल अस्पताल नजिक होटलमा बास बसेका थिए ।

होटलमा दिनेशले सरोजसँगको सम्बन्धको बारेमा अनितासँग सोधीखोजी गर्न थाले । साथै विदेशबाट पठाएको पैसाको हिसाब देखाउन पनि भने । तर अनिताले कुनै जवाफ दिइनन् । दुवैबीच होटलमा हातहालाहाल स्थित बनेको थियो । अनिताले सरोजलाई दुई लाख भन्दा बढी रकम दिएकी थिइन । त्यही रकमले सरोजले ट्याम्पो किनेर चलाउँदै आएका थिए ।

मनमुटावकै बिच दिनेश २२ गते श्रीमतीसँग पिपलचौकमा रहेको डेरा पुगेका थिए । तर अनिताले २२ गते बिहानै सरोजसँग फोनमा कुरा गरि दिनेशलाई ‘अब साईड लगाउने’ अर्थात हत्या गर्ने योजना बनाउछन् ।

दिनेशको कमजोरी मापसे रहेको फाइदा उठाउदै अनिताले रक्सीमा स्लीपिङ ट्याबेलट हाल्ने र बेहोस बनाएर हत्या गर्ने योजना तयार हुन्छ । बेलुका अनिताले आफै रक्सी ल्याएर भएपनि दिनेशलाई मताउने उनिहरुको योजना हुन्छ । साँझ डेरामा दिनेश र अनिताबिच पून विवाद हुन्छ । तनावमा रहेका दिनेशले आफै पसलमा गएर हाफ भोड्का खरिद गर्छन । यता अनिताले योजना अनुरुप तीनवटा स्लीपिङ ट्याबलेट भोड्कामा मिसाइ दिन्छीन ।

साँझको करिब ६ बजे पछि दिनेश मापसे गरेको ठाँउ खाट मै अचेत भइ ढल्छन् । र यही मौकामा अनिताले सरोजलाई बोलाउछिन् । सरोज र अनिताको योजना अनुसार दिनेश अचेत अवस्थामा ढलेपछि दिनेशले नै लगाएको गलबन्दी निकालेर सरोजले घाटीमा कसी हत्या गर्छन ।

पुस २२ गते दिनेशको आफनै श्रीमती र उनका प्रेमीबाट हत्या हुन्छ । त्यो रात दिनेशको हत्या गरेपछि श्रीमती अनिता र प्रेमी सरोज शवलाई खाट मुनि राखेर होटलमा वास बस्छन् । भोलि पल्ट बिहानै शव व्यवस्थापन गर्नलाई दुवैको सल्लाह अनुसार ग्रेण्डर मेसिन, ३ थान जेब्रा झोला र कालो प्लाष्टिक खरिद गर्छन ।

शवलाई टुक्राएर झोलामा राखेर फाल्ने योजना अनुसार डेरामा रहेको खुकुरीको मद्धतले शव टुक्राउन सरोज अगि सर्छन । शुरुमा टाँउको अलग बनाउन खोज्छन् तर गर्दन रेट्ने आँट नआएपछि सरोजले अनितालाई एक फुल भोड्का ल्याउन भन्छन् । एक फुल भोड्का पिए पनि सरोजलाई टाउको काट्ने आँट आउदैन । फेरी दुई क्वाटर भोड्का पिउछन् । त्यसपछि बल्ल सरोजले दिनेशको टाउको खुकुरीले रेटेर अलग बनाउछन् ।

शवलाई टुक्रा बनाउने कार्यमा अनिताले पनि सरोजलाई सघाउँछिन् । ४ हजारमा खरिद गरेर ल्याएको ग्रेण्डर मेसिनले भने दाहिने तिघ्राको भाग काट्छन् । करिब ३ घण्टा लगाएर शव दुईवटा जेब्रा झोलामा हालेर दुवैजना साँझ ट्याम्पो भाडामा लिइ भेडेटारको जंगलमा झोला फ्यालेर भेडेटारमा एक रात बसेर फर्किन्छन् ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृत भन्छन् ‘सरोजले शव टुक्रा बनाउन अत्याधिक मापसे गरेका थिए ।’ भित्रैबाट आट नआएका कारण रक्सी पिएर शवलाई टुक्रा बनाएको प्रहरी समक्ष सरोजले बयान दिएका हुन ।

दिनेशको शव फेला पर्दा उनले लगाएको कपडाको गोजीमा बहराइनमा निर्मित मास्क भेटिएको थियो । भिजिटिङ कार्ड पनि भेटियो । मास्क र भिजिटिङ कार्डका आधारमा वैदेशिक रोजगारीका लागि बहराइन पुगेर फर्किएका पुरुषको हत्या भएको हुनसक्ने निस्कर्षमा प्रहरी पुग्यो । इन्टरपोलमार्फत बहराइन प्रहरीसँग समन्वय गरियो ।

बहराइन प्रहरीले झापाको दमक नगरपालिका–५ ठेगाना भएका दिनेश सिग्देल गत पुस २० गते नेपाल फर्किएको जानकारी नेपाल प्रहरीलाई दियो । बहराइनस्थित टाटवीर पेट्रोलियममा सुरक्षा गार्डको काम गर्ने दिनेश बिदामा नेपाल आएपछि नफर्किएको खुल्यो ।

विराटनगर महानगरपालिका–३ पिपल चोकमा उनकी कान्छी श्रीमती अनिता डेरा गरि बस्थिन् । विराटनगर आएका उनको भेट पुस २१ गते नै अनितासँग भयो । त्यो रात दुवै जना होटलमा बसे । भोलिपल्ट अर्थात् पुस २२ गते कान्छी श्रीमतीको डेरामा फर्किएका उनको त्यही रात गलबन्दीले घाँटी कसेर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्यो ।

सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाका अनुसार मास्क र भिजिटिङ कार्डका आधारमा मृतकको पहिचान गर्न सकिएको हो । ‘सडेर चिन्नै नसक्ने र शरीरका अङ्ग टुक्रा बनाइएको अवस्थामा शव भेटिएको थियो,’ उनले भने, ‘प्रहरीले सङ्कलन गरेको दशी प्रमाणका आधारमा एक सातापछि पहिचान भयो ।’ त्यसपछि प्रहरी दिनेशको परिवारको सम्पर्कमा पुगेको हो ।

घटना अनुसन्धानमा १ नं. प्रदेश प्रहरी कार्यालयको क्षेत्रीय अपराध अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय, सुनसरी र इलाका प्रहरी कार्यालय, धरान संयुक्त रुपमा परिचालित भएको थियो ।

adv-single
सम्बन्धित समाचार

नेपाल राष्ट्र बैंकद्धारा कर्मचारी माग

विराटनगर। नेपाल राष्ट्र बैंकले विभिन्न तहमा कर्मचारीको माग गरेको छ । बैंकले आज एक सूचना जारी गर्दै २ जना खरिद अधिकृत, ६ जना, सवारी चालक ६ जना, पीपा ७ जना, सिपाही ९महिला र पुरुष० १०...

लोकसेवा तयारी कक्षामा समेत विद्यार्थीहरुलाई अब्बल बनाउँदै ईडेनवर्ग कलेज

  विराटनगर । विराटनगर ९ मा अवस्थित ईडेनवर्ग कलेजले व्याचलर तर्फ विविएस र विएडको अध्ययन अध्यापन गराउँदै आईरहेको छ । वि।स २०७२ सालबाट नयाँ टिमले कलेजलाई संचालन गरे संगै कलेजमा विद्यार्थीहरु उल्लेखनीय संख्यामा अध्ययनका लागि...

मध्यपूर्व युध्दका कारण तेलको मूल्यवृद्धि

  विराटनगर । मध्यपूर्वमा बढ्दो द्वन्द्व पछी बिहीबार तेलको मूल्य वृद्धि भएको छ भने विशेषगरी प्रमुख सेयर बजारमा गिरावट आएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलमाथि तेहरानको मिसाइल आक्रमणको प्रतिशोधमा इरानी तेल साइटहरूमा सम्भावित इजरायली...

सुनको मूल्य हालसम्मकै उच्च

  विराटनगर। स्थानीय बजारमा शुक्रबार सुनको मूल्य हाल सम्मकै उच्च भएको छ । सुनको मूल्य प्रतितोला ४ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार तोलामा १ लाख ६० हजार ९ सय रुपैयाँमा...

रोशीमा अड्किएका यातायात मजदुरलाई तत्काल राहत उपलब्ध गराउन गृहमन्त्रीको आदेश

  विराटनगर । गृहमन्त्री रमेश लेखकले सहजरुपमा यातायात सञ्चालन गर्न यातायात व्यवसायीहरुसँग छलफल गरेका छन्। उनले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र यातायात मजदुर सङ्गठनसँग बाढीपहिरो, डुबानलगायत प्राकृतिक विपदबाट अवरुद्ध राजमार्ग र सडक पुनःसञ्चालन गरी...

इजरायलले हिजबुल्लाहका नयाँ प्रमुख हाशिम सफीद्दीन गर्यो हत्या

विराटनगर । इजरायली सेनाले लेबनानको हिजबुल्लाह समूहका नयाँ प्रमुख हाशिम सफीद्दीनलाई मारेको छ। यसै हप्ता बेरुतमा आक्रमण गरेर हिजबुल्लाहका तत्कालीन प्रमुख हसन नसरुल्लाहको हत्या गरेको इजरायलले त्यसपछि उक्त समूहको नेतृत्वमा आएका सफीद्दीनको पनि ‘सफाया’ गरेको...

कोशी ब्यारेजको मर्मत सम्भार थालियो

विराटनगर । सप्तकोशीमा आएको बाढीबाट क्षति पुगेको कोशी ब्यारेजको मर्मत सम्भार गर्न थालिएको छ। बाढीबाट ब्यारेजको विभिन्न ठाउँ भत्किएको थियो। पूर्वी पहाडी जिल्लाहरुमा अत्यधिक वर्षाभएपछि कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकण्ड ६ लाख ९१ हजार क्युसेकसम्म...

नेपाल भारत पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर

  विराटनगर । नेपाल र भारतबीच दुई महत्वपूर्ण पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । आज आयोजित समारोहमा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट र इण्डियन आयल कर्पोरेसन लिमिटेडका निर्देशक सेन्थल...

जापानको प्रधानमन्त्रीमा इशिबा निर्वाचित

  विराटनगर । जापानको सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टी एलडीपीका नेता शिगेरु इसिबा संसदको दुवै सदनमा बहुमत प्राप्त गरी औपचारिक रूपमा देशको प्रधानमन्त्रीमा निर्वाचित भएका छन्। जापानी सदनले नयाँ प्रधानमन्त्री चयन गर्न दिउँसो बैठक बोलाएको थियो।...

सुनचाँदीको मूल्य बढ्यो

विराटनगर। स्थानीय बजारमा बिहिबार पहेलो धातुको मूल्य सामान्य अंकले बढेको छ । सुनको मूल्य प्रतितोला १ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तोलामा १ लाख ६० हजार ८ सय रुपैयाँमा कारोबार...

एमाले विराटनगरको प्रथम पूर्ण बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

  विराटनगर । नेकपा एमाले विराटनगर महानगर संगठन कमिटीको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । आज विराटनगरमा संगठन कमिटीका सदस्यहरूलाई अभिमुखीकरण गर्दै प्रथम पूर्ण बैठक सम्पन्न भएको हो । प्रथम पू्र्ण बैठकलाई सम्बोधन गर्दै...

सुनसहित हेटौँडाबाट एक पक्राउ

  हेटौँडा । मकवानपुर प्रहरीले ठूलो परिणाममा अवैध सुनसहित एकजना भारतीयलाई हेटौँडाबाट नियन्त्रणमा लिएको छ। हेटौँडा उपमहानगरपालिका १५ रातोमाटे चेकपोष्टमा वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र ०३–००१ज ६९६ नं को यात्रुवाहक विद्युतीय माइक्रोलाई जाँच गर्दा...