चलचित्रकर्मीका १० बुँदे माग कार्यान्वयन गर्न आग्रह गर्दै राष्ट्रपति कार्यालयद्वारा पत्राचार

चलचित्रकर्मीका १० बुँदे माग कार्यान्वयन गर्न आग्रह गर्दै राष्ट्रपति कार्यालयद्वारा पत्राचार

 राष्ट्रिय डेली

विराटनगर । राष्ट्रपति कार्यालयले चलचित्र क्षेत्रका १० बुँदे माग कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको छ । सोमबार पठाइएको पत्रमा चलचित्र नीतिदेखि फिल्म निर्माणमा बैंकिङ कर्जासम्मका बुँदा छन् । गत माघ ९ गते राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्दै चलचित्रकर्मीले विभिन्न माग राखेका थिए ।उक्त भेटमा आफ्नो ध्यानाकर्षण भएको भन्दै राष्ट्रपति भण्डारीले ती मागहरु सम्बन्धित निकायमा पठाइदिने आश्वासन दिएकी थिइन् ।

सोहीअनुसार सोमबार राष्ट्रपति कार्यालयले ती माग समेटिएको पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पठाएको हो ।उक्त पत्रमा चलचित्र उद्योगका लागि ३.५ प्रतिशत व्याजदरमा बैंकिङ कर्जाको सुविधा उपलब्ध गराइदिने व्यवस्था गर्न अनुरोध गरिएको छ । बिभिन्न देशमा रहेका नेपाली दूतावास तथा कन्सुलेटमार्फत ती देशमा नेपाली चलचित्र महोत्सवको आयोजना गर्न बजेटको व्यस्था गर्न पनि भनिएको छ ।

स्वदेशका पर्यटकिय स्थलमा छायांकन गर्दा चलचित्रमार्फत ती स्थानको प्रवद्र्धन हुने हुँदा यस्ता पर्यटकीय स्थलमा छायांकन गर्दा लाग्ने सम्पूर्ण खर्च संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बेहोर्ने व्यवस्था गर्न समेत आग्रह गरिएको छ ।

कलाकारको मृत्युपश्चात सदगत गर्नु अघि श्रद्वान्जलीका लागि शव राख्ने प्रयोजनका लागि पशुपति विकास कोषमा एक श्रद्वान्जली गृहको व्यवस्था गर्न समेत भनिएको छ ।चलचित्रकर्मी कल्याणकारी कोषमा रकम थप गर्न तथा कलाकार, स्रष्टा, सर्जक, निर्माताले पाउनुपर्ने रोयल्टीको विषयमा २०७४ मा बनेको कार्ययोजना कार्यान्वयन गरी रोयल्टी पाउने वातावरण निर्माण गर्न समेत ध्यानाकर्षण गराइएको छ ।

कर, भन्सार आदिमा छुटको व्यवस्था गर्न, निर्यात उद्योग सरह विदेशमा स्वदेशी चलचित्रको बजार व्यवस्थापनमा सहजीकरण गर्न तथा चलचित्र विकास बोर्डलाई स्वायत बनाउन समेत अनुरोध गरिएको छ ।साथै, राष्ट्रपति कार्यालयले चलचित्र नीति र ऐन परिमार्जनको विषयमा समेत मन्त्रिपरिषद्को कार्यालयलाई पत्रमार्फत आग्रह गरेको छ । चलचित्रकर्मीका तर्फबाट उक्त भेटमा नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको मनोरञ्जन फोरमका संयोजक तथा चलचित्र निर्माता संघका निवर्तमान अध्यक्ष आकाश अधिकारीले राष्ट्रपतिसमक्ष मागहरु प्रस्तुत गरेका थिए ।

adv-single
सम्बन्धित समाचार

नेपाली अमेरिकी उद्यमी तथा सामाजिक अभियन्ता प्रकाश थापा सम्मानित

विराटनगर । नेपाली अमेरिकी उद्यमी तथा सामाजिक अभियन्ता प्रकाश थापा सम्मानित भएका छन् । क्यालिफोर्नियाका २४ औं जिल्लासभा सदस्य एलेक्स लीद्वारा अनसंग हिरो २०२४ को रूपमा थापा सम्मानित भएका हुन् । थापा महिलाहरूको लागि मार्शल...

जाजरकोटका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

जजरकोट । भुकम्प प्रभावित जाजरकोटका विद्यार्थीहरूलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरिएको छ । इन्टेल अमेरिकामा कार्यरत नेपालीहरू र ओरेगन नेपाली समाजको सहयोग एवम् प्राज्ञिक विद्यार्थी परिषद् नेपालको समन्वयमा पाँच सय विद्यार्थीहरूलाई शैक्षिक सामग्री...

बूढीगंगाकी उपाध्यक्ष सार्वजनिक बिदाको दिन सरकारी गाडी लिएर व्यक्तिगत सफरमा

विराटनगर । सरकारले कार्यालयीय कामको प्रयोजनमा आवतजावतमा सहजताका लागि स्थानीय तहका जनप्रतिनिधिलाई सवारी साधनको व्यवस्था गर्छ । यसरी व्यवस्था गरिने सवारी साधन कार्यालयीय प्रयोजनमा बाहेक प्रयोग गर्न पाइँदैन । तर, जनप्रतिनिधिहरूको सरकारी गाडी दुरूपयोगको शृंखला...

एसीसी प्रिमियर कप : अपराजित रहँदै नेपाल सेमिफाइनलमा

एसीसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको समूह चरणमा नेपाल अपराजित भएको छ। बुधबार साउदी अरबलाई ६ विकेटले पराजित गर्दै नेपाल समूह 'ए' मा अपराजित रहेको हो। यसअघि नेपालले समूहमा मलेसिया, कतार र हङकङलाई पराजित गरेको...

साउदी अरेबियाले नेपाललाई दियो ७४ रनको मध्यम लक्ष्य

विराटनगर । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज जारी खेलमा साउदी अरेबियाले नेपालसामु जितका लागि ७४ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमानको अल अमेरत खेल मैदानमा जारी खेल वर्षाले प्रभावित भएपछि २० ओभरबाट आठ...

८ ओभरमा सीमित खेलमा नेपालविरूद्ध ब्याटिङ गर्दै साउदी अरेबिया

काठमाडौँ । एससिी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र साउदी अरेबियाबीचको खेल वर्षाले प्रभावित भएपछि आठ ओभरमा झारिएको छ । भर्खरै सुरू भएको खेलमा टस हारेर साउदी अरेबिया ब्याटिङमा उत्रिएको छ । समूह ‘ए’ मा...

सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते, ४ काे अवस्था गम्भीर

दाङ । दाङबाट रूकुमका लागि हिँडेको यात्रुवाहक बस सल्यानको बागचौर नगरपालिका-२, ठिनबाँङमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । रा १ ख २०८५ नम्बरको बस बागचौर-२, ठिनबाँङस्थित पुलदेखि तल खस्दा दुर्घटना भएको लुम्बिनी प्रदेश...

लागुऔषध मुद्दामा पक्राउ परे एन्फा उपाध्यक्ष लामा

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का उपाध्यक्ष दावा लामालाई पक्राउ गरेको छ । लामालाई काठमाडौँबाट आज पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक...

निर्वाचन आचारसंहिता पालन नगरे कारबाही हुने

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन प्रयोजनका लागि जारी आचारसंहिताविपरीत सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरूपयोग गरेमा तत्काल कारबाही प्रक्रिया अघि बढाउने भएको छ । प्रतिनिधिसभाको इलाम क्षेत्र नं...

प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री खनालबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा सुदूरपश्चिम सरकार...

नेरुडे मिर्मिरे लघुवित्तका कर्मचारी आन्दोलित, माग पूरा नभए काम ठप्प पार्ने चेतावनी

विराटनगर । मिर्मिरे लघुवित्त र नेरुडे लघुवित्त मर्ज भएर एकीकृत कारोबार सुरु भएको छोटो समयमा नै कर्मचारीहरू आन्दोलित भएका छन् । मर्ज भएर ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था’ भइसकेपछि विराटनगरमा सोमबार आयोजना भएको एक कार्यक्रमलाई...

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?

विराटनगर । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन (आइतबार) को तुलनामा आज सुनको मूल्य प्रतितोला सात सय रूपैयाँ बढेको हो । आज छापावाल सुन प्रतितोला एक...