विराटनगर।विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला नेतृत्वको टोलीले विराटनगरमा सञ्चालित क्यासिनोको मंगलबार राति आकस्मिक अनुगमन गरेको छ ।
उपमेयर शिल्पा निराला कार्की, राजस्व महाशाखा प्रमुख सरोज गौतम, महानगर प्रहरी निरीक्षक राजन पौडेल, वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन मैनाली, सचिवालयको टिमसहित पुगेको मेयर कोइराला नेतृत्वको टोलीले रत्ना होटल र विग होटलमा सञ्चालित क्यासिनोको अनुगमन गरेको हो ।
सो क्रममा टोलीले क्यासिनो संचालनका लागि आवश्यक पर्ने कागजातसमेत हेरेको थियो । मेयर कोइरालाले क्यासिनोमा आएका व्यक्तिहरूको परिचयपत्रसमेत हेरेका थिए ।
नेपालमा संचालित क्यासिनामा नेपाली नागरिकलाई खेलाउन नपाउने कानुनी व्यवस्था रहेको छ । आजको अनुगमनमा दुईवटै क्यासिनोमा खेल्नेका लागि आएका नेपाली नागरिक नभेटिएको मेयर कोइरालाका प्रेस सल्लाहकार मीनकुमार नवोदितले जानकारी दिए ।
Post Views: 0