शिक्षकहरुले लगाए महेन्द्रनगर माविमा ताला, पठनपाठन ठप्प

शिक्षकहरुले लगाए महेन्द्रनगर माविमा ताला, पठनपाठन ठप्प

 राष्ट्रिय डेली

विराटनगर । महेन्द्रनगर माध्यमिक विद्यालयका शिक्षक आन्दोलित बनेका छन्। तहगत प्रधानाध्यापक नियुक्तिको माग गर्दै उनीहरुले विद्यालयमा तालाबन्दी गरेका हुन्। शिक्षक आन्दोलनमा उत्रिएपछि विद्यालयको पठनपाठन ठप्प भएको छ। लामो समयदेखि पटक पटक तहगत प्रधानाध्यापक नियुक्तिका लागि आग्रह गर्दा पनि आफूहरुको माग सम्बोधनमा बेवास्ता गरेपछि विरोध स्वरुप आन्दोलनमा उत्रिएको एक शिक्षकले बताए।

उनका अनुसार विद्यालय व्यवस्थापन समितिलाई तहगत प्रधानाध्यापक नियुक्तिका लागि लिखित आग्रह गरिएको थियो। तर लामो समयसम्म पनि तहगत प्रधानाध्यापक नियुक्त नभएपछि विद्यालयमा किचलो बढेको हो। विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले भीमदत्त नगरपालिकाको ‘तहगत प्रधानाध्यापकको व्यवस्था’ गर्ने निर्णयको बेवास्ता गर्दै करिब डेढ वर्षसम्म निर्णय कार्यान्वयनमा ल्याएको छैन।

०७८ चैत्र २ गते भीमदत्त नगरपालिकाले तहगत प्रधानाध्यापकको व्यवस्था गर्ने निर्णय गरेको भन्दै मातहतका सामुदायिक विद्यालयलाई माथिल्लो तहको स्थायी शिक्षकलाई प्रधानाध्यापक नियुक्ति गर्ने व्यवस्था गर्न पत्राचार गरेको थियो।विद्यालयमा माध्यमिक तहका स्थायी शिक्षक विनोद सिंह हाजिर भएको करिब डेढ वर्ष बित्नै लागेको छ। तर, विद्यालयले भने नगरपालिकाको निर्णय कार्यान्वयन गर्न आलटाल गरिरहेको छ।

विद्यालयमा निम्न माध्यमिक तहको स्थायी शिक्षक चन्द्रकला पन्तले नै प्रधानाध्यापकको जिम्मेवारी सम्हालिरहेकी छन्।
नेपाल राष्ट्रिय शिक्षक संगठन भीमदत्त नगर समितिले शिक्षा नियमावली २०५९ को परिच्छेद १७ को नियम ९३ (२)बमोजिम भीमदत्त नगरपालिका अन्तर्गतका केही विद्यालयहरुमा तहगत स्थायी शिक्षक हुँदा हुँदै पनि सञ्चालित तहअनुसार तहगत प्रधानाध्यापक नियुक्त हुन नसक्नु दुखःद भनेको छ।

भीमदत्त नगरपालिका शिक्षा समितिले २०७८ असार ३१ गते र भीमदत्त नगरपालिका नगर कार्यपालिकाले ०७८ साउन १ गते अनुमति पाएर सञ्चालन भएका विद्यालय स्वीकृत प्रदान गरी तहगत प्रधानाध्यापक व्यवस्थापन उद्धेश्यका साथ दरबन्दी मिलान भएको लगभग डेढ वर्ष बितिसक्दा पनि तहगत प्रधानाध्यापक नियुक्त हुन नसक्दा विद्यालयमा शिक्षक र कर्मचारीबीच विवाद सृजना भएको छ।

पठनपाठनमा बाधा पुग्ने तथा कार्य सम्पादन मूल्याङ्कन गर्नरगराउन समेत अप्ठेरो पर्ने भएकाले तत्काल तहगत प्रधानाध्यापक नियुक्त गरेर विद्यालयमा हुने विवाद हटाउन अध्यक्ष सोमराज जोशीद्धारा हस्ताक्षरित विज्ञप्तीमा माग गरिएको छ।

सम्बन्धित समाचार

पुनः नामाकरणको आन्दोलनप्रति माओवादी केन्द्रको ऐक्यवद्धता

  विराटनगर । कोशी नाम खारेज गरेर बहुपहिचानको आधारमा पुनः नामाकरण गर्नुपर्ने माग गर्दै भइरहेको आन्दोलनप्रति माओवादी केन्द्रले ऐक्यवबद्धता जनाएको छ । माओवादी केन्द्र कोशी प्रदेश समितिले शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै नामकरण सच्याउनका लागि...

ग्रेडेड स्कूलका अभिभावकलाई अभिमुखीकरण

    विराटनगर । विराटनगर – ८ स्थित ग्रेडेड स्कूलले एक दिने अभिभावक अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरी अभिभावकहरुलाई अभिमुखिकरण गराएको हो । कार्यक्रमको अध्यक्षता विद्यालय संचालक समितीका...

नेपाली महिला रेस्लर, जोसंग पुरुष पनी डराउँछन रिङमा

  विराटनगर । नेपालमा पनि टेलिभिजनमा रेस्लिङ खेल हेर्नेको जमात ठूलै छ । तर नेपाली महिला रेस्लरले पुरुष रेस्लरसँग खेलेको दृश्य भने कमै मात्र देख्न पाइन्छ । कतिपय त रेस्लिङका पारखीलाई पनि महिला र पुरुषका...

बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु, सात जना घाईते

  रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सात जना घाईते भएका छन् । मृत्यु हुनेमा खाँडादेवी गाउँपालिका ७ का ३३ वर्षीय कालुमान तामाङ रहेका छन् । बोलेरो सडकबाट...

पहिचानको नाममा हिंसात्मक आन्दोलन, इटहरीका विभिन्न वडा कार्यालयमा तोडफोड

  इटहरी । कोसी प्रदेश नामकरणको विषयलाई लिएर पहिचानबादीहरूले हिंसात्मक आन्दोलन गर्न थालेका छन् । आज बिहान इटहरी २० नं. वडा कार्यालयमा तोडफोड गरिएको छ । कार्यबाहक वडाध्यक्ष तनुज गुरुङका अनुसार तालाबन्दी गर्न आएकाहरूसँग छलफल...

पोखरिया माविले गर्यो कक्षा १२का विद्यार्थीहरुको विदाइ

  विराटनगर । विराटनगर–३ मा रहेको पोखरिया मावीले विद्यार्थीहरुको विदाई कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले एक कार्यक्रमको आयोजना गरेर कक्षा १२ का विद्यार्थीहरुलाइ विदाई गरेको हो । पोखरियाले कक्षा १२ को परिक्षामा सहभागि हुने...

एसइई परिक्षा आज बिहान ८ बजेदेखि देशभर

  विराटनगर । एसइई परिक्षा आज बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार ७७ वटै जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्र तथा जापानको एउटा परीक्षा केन्द्रबाट...

विराटनगर सिटीले जित्यो विराट गोल्डकपको उपाधि

    विराटनगर । ६ दशकपछि घरेलु टोली विराटनगर सिटी एफसीले सातौं संस्करणको विराट गोल्डकपको उपाधि जितेको छ। सहिद रंगशालामा बिहीबार सम्पन्न भएको रात्रिकालीन गोल्डकपको फाइनलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लबलाई ४(० गोलले...

समाजसेवामा अभिषेक गिरीको निरन्तरता

केही दिनअघि मोरङ कारागार बाट मुक्त भएका अभिषेक गिरीले समाजसेवालाई निरन्तरता दिएका छन् । मंगलबार गिरीले विराटनगर महानगरपालिका–८ बलुवाहीमा रहेको विराटेश्वर वृद्धाश्रममा सहयोग गरेका छन् । गिरीले एक लाख रुपैयाँ बराबरको खाद्यान्न, लत्ताकपडालगायत सामग्री वृद्धाश्रममा...

सोम्स कलेज र चौधरी गु्रप बीच सम्झौता

  मोरङ । विराटनगरको सोम्स कलेज र चौधरी गु्रप बीच सम्झौतामा हस्ताक्षर भएको छ । विराटनगर ९ मा रहेको कलेज र चौधरी ग्रुप ९सि.जि.कम्युनिकेशन बीच सम्झौता भएको हो । सोम्स कलेज त्रिभुवन विश्व विधालय अन्तरगत...

दोस्रो संस्करणको मिल्स क्रिकेट प्रतियोगिता हुने

  विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगिता हुने भएको छ । मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीको आयोजनामा चैत १५ देखि २५ गतेसम्म विराटनगरको जुट मिलको खेल मैदानमा क्रिकेट प्रतियोगिता हुने भएको हो...

पूर्व राजा ज्ञानेन्द्र शाह इटहरीमा

  इटहरी । पूर्व राजा ज्ञानेन्द्र शाह इटहरी आएका छन् । उनी सोमबार साँझ इटहरीस्थित गंगा–जमुना मुक्तिघाट आएका हुन् । सन्ध्या आरतीमा सहभागी हुन आएका उनले श्रीकृष्ण प्रणामी मन्दिर समेत दर्शन गरेका थिए । साँझ...