निहारिका राजपुत र शिवराज श्रेष्ठबीच अदालतमा मिलापत्र

निहारिका राजपुत र शिवराज श्रेष्ठबीच अदालतमा मिलापत्र

 राष्ट्रिय डेली

विराटनगर। कुमारी आमाका रूपमा चर्चामा आएकी निहारिका राजपुतले आरोपित शिवराज श्रेष्ठसँग मिलापत्र गर्नुभएको छ । धनुषा जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा राजपूतले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ ४० बमोजिम मिलापत्र गर्नुभएको हो ।

मिलापत्रअनुसार श्रेष्ठले निहारिकालाई श्रीमतीका रूपमा स्वीकार्नुभएको छ । जिल्ला अदालतमा अंश मुद्दा दिनुभएकी उहाँले दुई जनाबीच पति–पत्नीका रूपमा बस्ने निर्णय भएको भन्नुभएको छ । मिलापत्रपछि यसै हप्ता श्रेष्ठसँग विवाह गर्न लागेको राजपुतले बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘यसै हप्ता पण्डितसँग दिन देखाएर माता जानकीको मन्दिरमा विवाह गर्ने तयारी गरेका छौँ ।’

शिवराजको अहिलेको प्रस्तुति, बच्चा र आफूप्रतिको अदालतमा देखेको सद्भावले सँगै बस्ने निधोमा पुगेको राजपुतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘छिट्टै नागरिकता, विवाह दर्तासहितका कागजात पनि बनाउने सहमति भएको छ ।’ अझै पनि परिवारका केही सदस्यले नमानिरहेको भए पनि शिवराजले आमा र बच्चालाई अपनाउँछु भनेपछि आफू पनि सोच्न बाध्य भएको निहारिकाको भनाइ छ ।

निहारिकाले आफू बलात्कृत भएको र कानुनी उपचारका लागि प्रशासनले सहयोग नगरेको भन्दै लामो समयदेखि आन्दोलन गर्दै आउनुभएको थियो । त्यस क्रममा उहाँ पटक–पटक पक्राउसमेत पर्नुभएको थियो ।उहाँले आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने, घटनाको सुरुदेखि नै मुद्दा कमजोर बनाउने गरी काम भएको भन्दै पुनः जाँच गरिनुपर्ने लगायको माग राख्दै अनशन बस्नुभएको थियो ।

यो प्रकरण पहिल्यै अदालतसम्म पुगेको थियो । तर जिल्ला अदालत धनुषाले २०७८ माघ २४ गते श्रेष्ठलाई सफाइ दिएको थियो । त्यसविरुद्ध निहारिका उच्च अदालत जनकपुर पुग्नुभएको थियो । त्यसपछि बलात्कारको मुद्दामा प्रमाणको मूल्याङ्कन नगरि आरोपितलाई सफाइ दिएको भन्दै धनुषाका तत्कालीन जिल्ला न्यायाधीश डा। परशुराम भट्टराई पनि जिल्ला अदालत तानिनुभएको थियो । बलात्कारसम्बन्धी मुद्दा उच्च अदालतमा अझै विचाराधीन छ ।

राजपुतले २०७९ साउन २७ गते राष्ट्रपति कार्यालय शीतल निवास अगाडि आत्मदाहको प्रयास गरेपछि यस विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि चासो देखाउनुभएको थियो । त्यसपछि बसेको न्याय परिषद् बैठकले तत्कालीन न्यायाधीश भट्टराईलाई सर्वोच्च अदालत तानेको थियो ।

पछि खुमलटारमा रहेको राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा राजपुतका छोराको डीएनए शिवराजसँग मिलेको थियो । उच्च अदालत जनकपुरले निहारिकाको छोरा र श्रेष्ठको डीएनए जाँच गर्न भदौ ८ गतेमा आदेश दिएको थियो । राजपुतले ‘कुमारी आमा’ बाट जन्मिएका बच्चाहरूको स–सम्मान बाँच्न पाउने संवैधानिक अधिकारको सुनिश्चितताका लागि सरकारले पहल गर्नुपर्ने पनि माग राख्नुभएको थियो ।

त्यसअघि शिवराजले बच्चा आफ्नो नभएको दाबी गर्दै जाँच गराउन आफू तयार भएको बताउनुभएको थियो । डीएनए मिलेपछि निहारिकाले अदालतमा अंश मुद्दा दिनुभएको थियो । पहिले निहारिकाले डीएनए मिलेको अवस्थामा श्रेष्ठलाई बलात्कारको कसुरमा सजाय हुनुपर्ने बताउँदै आउनुभएको थियो ।

सम्बन्धित समाचार

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

विराटनगर । इन्डियन आयल कर्पोरेसन आईओसीले नेपालका लागि आपूर्ति गर्दै आएको पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । शनिबार पठाएको नयाँ मूल्यअनुसार डिजेल, पेट्रोलको मूल्य घटेर आएको हो । नयाँ मूल्यअनुसार पेट्रोलमा एक रुपैयाँ ७४...

पुनः नामाकरणको आन्दोलनप्रति माओवादी केन्द्रको ऐक्यवद्धता

  विराटनगर । कोशी नाम खारेज गरेर बहुपहिचानको आधारमा पुनः नामाकरण गर्नुपर्ने माग गर्दै भइरहेको आन्दोलनप्रति माओवादी केन्द्रले ऐक्यवबद्धता जनाएको छ । माओवादी केन्द्र कोशी प्रदेश समितिले शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै नामकरण सच्याउनका लागि...

ग्रेडेड स्कूलका अभिभावकलाई अभिमुखीकरण

    विराटनगर । विराटनगर – ८ स्थित ग्रेडेड स्कूलले एक दिने अभिभावक अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरी अभिभावकहरुलाई अभिमुखिकरण गराएको हो । कार्यक्रमको अध्यक्षता विद्यालय संचालक समितीका...

नेपाली महिला रेस्लर, जोसंग पुरुष पनी डराउँछन रिङमा

  विराटनगर । नेपालमा पनि टेलिभिजनमा रेस्लिङ खेल हेर्नेको जमात ठूलै छ । तर नेपाली महिला रेस्लरले पुरुष रेस्लरसँग खेलेको दृश्य भने कमै मात्र देख्न पाइन्छ । कतिपय त रेस्लिङका पारखीलाई पनि महिला र पुरुषका...

बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु, सात जना घाईते

  रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सात जना घाईते भएका छन् । मृत्यु हुनेमा खाँडादेवी गाउँपालिका ७ का ३३ वर्षीय कालुमान तामाङ रहेका छन् । बोलेरो सडकबाट...

पहिचानको नाममा हिंसात्मक आन्दोलन, इटहरीका विभिन्न वडा कार्यालयमा तोडफोड

  इटहरी । कोसी प्रदेश नामकरणको विषयलाई लिएर पहिचानबादीहरूले हिंसात्मक आन्दोलन गर्न थालेका छन् । आज बिहान इटहरी २० नं. वडा कार्यालयमा तोडफोड गरिएको छ । कार्यबाहक वडाध्यक्ष तनुज गुरुङका अनुसार तालाबन्दी गर्न आएकाहरूसँग छलफल...

पोखरिया माविले गर्यो कक्षा १२का विद्यार्थीहरुको विदाइ

  विराटनगर । विराटनगर–३ मा रहेको पोखरिया मावीले विद्यार्थीहरुको विदाई कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले एक कार्यक्रमको आयोजना गरेर कक्षा १२ का विद्यार्थीहरुलाइ विदाई गरेको हो । पोखरियाले कक्षा १२ को परिक्षामा सहभागि हुने...

एसइई परिक्षा आज बिहान ८ बजेदेखि देशभर

  विराटनगर । एसइई परिक्षा आज बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार ७७ वटै जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्र तथा जापानको एउटा परीक्षा केन्द्रबाट...

विराटनगर सिटीले जित्यो विराट गोल्डकपको उपाधि

    विराटनगर । ६ दशकपछि घरेलु टोली विराटनगर सिटी एफसीले सातौं संस्करणको विराट गोल्डकपको उपाधि जितेको छ। सहिद रंगशालामा बिहीबार सम्पन्न भएको रात्रिकालीन गोल्डकपको फाइनलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लबलाई ४(० गोलले...

समाजसेवामा अभिषेक गिरीको निरन्तरता

केही दिनअघि मोरङ कारागार बाट मुक्त भएका अभिषेक गिरीले समाजसेवालाई निरन्तरता दिएका छन् । मंगलबार गिरीले विराटनगर महानगरपालिका–८ बलुवाहीमा रहेको विराटेश्वर वृद्धाश्रममा सहयोग गरेका छन् । गिरीले एक लाख रुपैयाँ बराबरको खाद्यान्न, लत्ताकपडालगायत सामग्री वृद्धाश्रममा...

सोम्स कलेज र चौधरी गु्रप बीच सम्झौता

  मोरङ । विराटनगरको सोम्स कलेज र चौधरी गु्रप बीच सम्झौतामा हस्ताक्षर भएको छ । विराटनगर ९ मा रहेको कलेज र चौधरी ग्रुप ९सि.जि.कम्युनिकेशन बीच सम्झौता भएको हो । सोम्स कलेज त्रिभुवन विश्व विधालय अन्तरगत...

दोस्रो संस्करणको मिल्स क्रिकेट प्रतियोगिता हुने

  विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगिता हुने भएको छ । मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीको आयोजनामा चैत १५ देखि २५ गतेसम्म विराटनगरको जुट मिलको खेल मैदानमा क्रिकेट प्रतियोगिता हुने भएको हो...