जरायो चोरी सिकार प्रकरणमा दुई सांसदसहित ४९ जनाविरुद्ध मुद्दा दर्ता

जरायो चोरी सिकार प्रकरणमा दुई सांसदसहित ४९ जनाविरुद्ध मुद्दा दर्ता

 राष्ट्रिय डेली

विराटनगर।जरायो चोरी सिकार घटना प्रकरणमा दुईजना प्रदेश सभा सदस्यसहित ४९ जनालाई पर्सा राष्ट्रिय निकुञ्जले कसुरदार ठहर गरेको छ ।

घटनामा संलग्न भएको आरोपमा दुईजना प्रदेश सभा सदस्य र पर्साको एक गाउँपालिकाका पूर्वअध्यक्षसहित ४९ जनालाई कसुरदार ठहर गर्दै सजाय गर्ने निर्णय भएको निकुञ्ज प्रशासनले जनाएको हो ।

गएको माघ ४ गते निकुञ्जको जमुनिया खोला क्षेत्रमा अवैध रुपमा निकुञ्ज प्रवेश गरी वन्यजन्तु सिकार गरेकोबारे सूक्ष्म अनुसन्धानपश्चात यस्तो निर्णय आएको हो ।

जरायो सिकार गरेको आरोपमा पक्राउ परेका, सिकारमा संलग्नताको आरोप लागेका तथा घटनास्थलबाट बरामद सामग्रीलगायतका आधारमा दोषी ठहर गरिएको निकुञ्जका सूचना अधिकारी सूर्य खड्काले जानकारी दिए ।

जरायो सिकारमा संलग्नमा मधेस प्रदेश सभा सदस्य प्रमोदकुमार जयसवाल, बाग्मती प्रदेश सभा सदस्य श्यामबहादुर खड्का, पर्साको सखुवापर्सौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीपकुमार जयसवाल र सञ्जीव शाहीलाई वनजन्यु चोरी सिकारी घटनामा मतियार रहेको निष्कर्ष निकाल्दै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २७ बमोजिम सजायको निर्णय भएको सूचना अधिकारी खड्काले बताए ।

फरार प्रतिवादीहरू कुमार लामा, विकास सहनी र उपेन्द्र यादवको हकमा भने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ को ३ बमोजिम सजाय हुने निर्णय भएको उल्लेख छ ।

बाँकी रहेका ३४ जना फरार प्रतिवादीहरूको हकमा पहिचान खुले। पक्राउ परि आएको बेला राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिम सजाय हुने निर्णय भएको सूचना अधिकारी खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

घटनास्थलबाट बरामद भएका गाडी, छ थान मोबाइल, दुई लाख ९६ हजार ६ सय ३० रुपैयाँ र एक हजार दुई सय भारतीय मुद्रा, बन्दुकलगायत अन्य बन्दोबस्तीका सामग्रीहरू राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २८ बमोजिम जफत गर्ने निर्णय भएको जनाइएको छ ।

बाग्मती प्रदेशसभा सदस्य श्यामबहादुर खड्काको हकमा भने आफ्नो नाममा दर्ता भएको हतियार अन्य व्यक्तिलाई प्रयोग गर्न दिएको र त्यस हतियारबाट वन्यजन्तु सिकार गरेको देखिएकाले खड्कालाई हातहतियार खरखजाना ऐन, २०२९ बमोजिम थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिवादीहरूले स्वदेश र विदेशको विभिन्न ठाउँमा समूह बनाएर आधुनिक हतियार समेतको प्रयोग गरी संरक्षित वन्यजन्तुको समेत सिकार गरी तिनका आखेटोपारहरू अन्तर्राष्ट्रिय रुपमा ओसारपसार गर्ने गरेको प्रमाणको आधारमा सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ र सङ्गठित अपराध निवारण ऐन, २०७० बमोजिम थप अनुसन्धान गर्ने निर्णय भएको निकुञ्ज प्रशासनले जनाएको छ ।

साथै प्रतिवादीमध्ये केही व्यक्तिहरुको अस्वाभाविक रूपमा वित्तीय कारोबार भएको समेत खुल्न आएकाले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम थप अनुसन्धान हुनका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा समेत लेखेर पठाइएको सूचना अधिकारी खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसरी भएको थियो घटना

गएको पुस ४ गते राति निकुञ्जको सुरक्षामा खटिएको नेपाली सेना र सिकारी टोलीबीच अकुवनियामा रहेको कोर जङ्गलमा जम्काभेट भयो । सेनाको टोलीलाई देखेपछि भागेका सिकारीको गाडीको चक्कामा गोली हानेर नेपाली सेनाले पाँच जनालाई तत्काल पक्राउ गरेको थियो ।

केही व्यक्ति भने फार्म हाउसतर्फ भागेका थिए । पछ्याउँदै गएको सेनाको टोलीले फार्महाउसमा छापा मारेर सिकारमा प्रयोग हुने सामग्री बरामद गरेको थियो । सेनाले अनुसन्धानका लागि बुझाएपछि निकुञ्जले त्यस दिन सिकारमा संलग्न रहेको आरोपमा पाँच जना, दुईवटा गाडी, सिकार खेल्न प्रयोग हुने सामग्री, सिकार गरी मारेको जरायो र चित्तलको टाउकोलगायत सार्वजनिक गरेको थियो ।

निकुञ्ज टोलीले मधेस प्रदेशसभा सदस्य प्रमोद जयसवालको नाममा रहेको फार्महाउसबाट गाडेको अवस्थामा चित्तलको टाउको, गोली गट्ठा, नाइट भिजन बाइनाकुलरलगायत सिकारमा प्रयोग हुने सामग्री बरामद गरेको थियो । सिकार खेल्न जयसवाल इन्टरप्राइजेजको नाममा रहेको प्र २–०२–०३–००१ च ३०९० नम्बरको गाडी प्रयोग भएको निकुञ्ज स्रोतको दाबी छ ।

निकुञ्जले राष्ट्रिय निकुञ्ज तथा संरक्षण ऐन २०२९ ९पाँचौँ संशोधन० अनुसार वन्यजन्तु चोरी निकासी मुद्दाअन्तर्गत यो घटनाको अनुसन्धान गरिरहेको छ । अनुमति नलिइ निकुञ्जभित्र वन्यजन्तुको सिकार गर्नु कानुन विपरीत हो ।

संरक्षित वन्यजन्तु मार्ने वा घाइते बनाउनेलाई एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिबाना वा एक वर्षदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । बरामद सबै सामग्री परीक्षणका लागि वस्तु निकुञ्जले विधिविज्ञान प्रयोगशालामा पठाइएको थियो ।

सम्बन्धित समाचार

पुनः नामाकरणको आन्दोलनप्रति माओवादी केन्द्रको ऐक्यवद्धता

  विराटनगर । कोशी नाम खारेज गरेर बहुपहिचानको आधारमा पुनः नामाकरण गर्नुपर्ने माग गर्दै भइरहेको आन्दोलनप्रति माओवादी केन्द्रले ऐक्यवबद्धता जनाएको छ । माओवादी केन्द्र कोशी प्रदेश समितिले शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै नामकरण सच्याउनका लागि...

ग्रेडेड स्कूलका अभिभावकलाई अभिमुखीकरण

    विराटनगर । विराटनगर – ८ स्थित ग्रेडेड स्कूलले एक दिने अभिभावक अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरी अभिभावकहरुलाई अभिमुखिकरण गराएको हो । कार्यक्रमको अध्यक्षता विद्यालय संचालक समितीका...

नेपाली महिला रेस्लर, जोसंग पुरुष पनी डराउँछन रिङमा

  विराटनगर । नेपालमा पनि टेलिभिजनमा रेस्लिङ खेल हेर्नेको जमात ठूलै छ । तर नेपाली महिला रेस्लरले पुरुष रेस्लरसँग खेलेको दृश्य भने कमै मात्र देख्न पाइन्छ । कतिपय त रेस्लिङका पारखीलाई पनि महिला र पुरुषका...

बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु, सात जना घाईते

  रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सात जना घाईते भएका छन् । मृत्यु हुनेमा खाँडादेवी गाउँपालिका ७ का ३३ वर्षीय कालुमान तामाङ रहेका छन् । बोलेरो सडकबाट...

पहिचानको नाममा हिंसात्मक आन्दोलन, इटहरीका विभिन्न वडा कार्यालयमा तोडफोड

  इटहरी । कोसी प्रदेश नामकरणको विषयलाई लिएर पहिचानबादीहरूले हिंसात्मक आन्दोलन गर्न थालेका छन् । आज बिहान इटहरी २० नं. वडा कार्यालयमा तोडफोड गरिएको छ । कार्यबाहक वडाध्यक्ष तनुज गुरुङका अनुसार तालाबन्दी गर्न आएकाहरूसँग छलफल...

पोखरिया माविले गर्यो कक्षा १२का विद्यार्थीहरुको विदाइ

  विराटनगर । विराटनगर–३ मा रहेको पोखरिया मावीले विद्यार्थीहरुको विदाई कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले एक कार्यक्रमको आयोजना गरेर कक्षा १२ का विद्यार्थीहरुलाइ विदाई गरेको हो । पोखरियाले कक्षा १२ को परिक्षामा सहभागि हुने...

एसइई परिक्षा आज बिहान ८ बजेदेखि देशभर

  विराटनगर । एसइई परिक्षा आज बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार ७७ वटै जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्र तथा जापानको एउटा परीक्षा केन्द्रबाट...

विराटनगर सिटीले जित्यो विराट गोल्डकपको उपाधि

    विराटनगर । ६ दशकपछि घरेलु टोली विराटनगर सिटी एफसीले सातौं संस्करणको विराट गोल्डकपको उपाधि जितेको छ। सहिद रंगशालामा बिहीबार सम्पन्न भएको रात्रिकालीन गोल्डकपको फाइनलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लबलाई ४(० गोलले...

समाजसेवामा अभिषेक गिरीको निरन्तरता

केही दिनअघि मोरङ कारागार बाट मुक्त भएका अभिषेक गिरीले समाजसेवालाई निरन्तरता दिएका छन् । मंगलबार गिरीले विराटनगर महानगरपालिका–८ बलुवाहीमा रहेको विराटेश्वर वृद्धाश्रममा सहयोग गरेका छन् । गिरीले एक लाख रुपैयाँ बराबरको खाद्यान्न, लत्ताकपडालगायत सामग्री वृद्धाश्रममा...

सोम्स कलेज र चौधरी गु्रप बीच सम्झौता

  मोरङ । विराटनगरको सोम्स कलेज र चौधरी गु्रप बीच सम्झौतामा हस्ताक्षर भएको छ । विराटनगर ९ मा रहेको कलेज र चौधरी ग्रुप ९सि.जि.कम्युनिकेशन बीच सम्झौता भएको हो । सोम्स कलेज त्रिभुवन विश्व विधालय अन्तरगत...

दोस्रो संस्करणको मिल्स क्रिकेट प्रतियोगिता हुने

  विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगिता हुने भएको छ । मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीको आयोजनामा चैत १५ देखि २५ गतेसम्म विराटनगरको जुट मिलको खेल मैदानमा क्रिकेट प्रतियोगिता हुने भएको हो...

पूर्व राजा ज्ञानेन्द्र शाह इटहरीमा

  इटहरी । पूर्व राजा ज्ञानेन्द्र शाह इटहरी आएका छन् । उनी सोमबार साँझ इटहरीस्थित गंगा–जमुना मुक्तिघाट आएका हुन् । सन्ध्या आरतीमा सहभागी हुन आएका उनले श्रीकृष्ण प्रणामी मन्दिर समेत दर्शन गरेका थिए । साँझ...