विद्यार्थी दबाब यात्रामा हजारौं सहभागी

विद्यार्थी दबाब यात्रामा हजारौं सहभागी

 राष्ट्रिय डेली

वीरगन्ज । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको आयोजनामा वीरगन्जमा भएको विद्यार्थी दबाब यात्रामा हजारौं सहभागी भएका छन् । शिक्षा क्षेत्रमा समग्र सुधारका लागि विद्यार्थी दबाबमा लहर नै उर्लिएको छ ।

विद्यार्थी दबाब यात्रामा कोशी एवम् मधेष प्रदेश संगठन सचिव एवम् केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख छितराज न्यौपाने, परिषद्का जानकी प्रदेश अध्यक्ष डा. सुस्मा तिवारी, परिषद्का राष्ट्रिय सचिव एवम् जानकी प्रदेश सह–संगठन सचिव कविराज न्यौपाने, केन्द्रीय सदस्य घनश्याम नायक लगायत वीरगन्जका १५ वटा शैक्षिक संस्थाहरूबाट विद्यार्थीहरुको सहभागीता थियो ।

विद्यार्थी दबाब यात्रालाई सम्बोधन गर्दै परिषद्का केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख छितराज न्यौपानेले, विश्वविद्यालयका पदाधिकारी नियुक्ति राजनीतिक भागबन्डाको आधारमा गरिने गलत परिपाटीले शिक्षाक्षेत्र धारासायी भएकोले शिक्षाक्षेत्रको दलीय राजनीति भागबन्डाको अन्त्य गर्नुपर्ने बताए ।

यस्तै प्रवेश, परीक्षा परिणाम पात्रो, परिसर, प्रश्नपत्र एवम् पाठ्यक्रम, मूल्याकंन पद्धति र शिक्षण विधिमा सुधार गर्नुपर्ने, माध्यमिक तहको शिक्षा अनिवार्यरूपमा निःशुल्क गरिनुपर्ने, विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्थालाई हटाइ प्राज्ञिक व्यक्तिलाई नियुक्ति गर्ने नीति अवलम्बन गरिनुपर्ने, क्याम्पस, विश्वविद्यालयहरूमा महापुरुष, नेपालको इतिहास, भाषा, संस्कृति आदि पाठ्यक्रममा समावेश हुनुपर्ने लगायतका विषयहरू उठाउनमा विशेष जोड दिए ।

विद्यार्थी परिषद्का केन्द्रीय सदस्य घनश्याम नायकले शिक्षामा वैदेशिक लगानी अन्त्य गर्दै २० प्रतिशत बजेट विनियोजन हुनुपर्ने साथै सरकारी कर्मचारीको बालबालिकालाई पनि सरकारी बिद्यालयमा पढाउनुपर्ने र शैक्षिक स्तर सुधारमा जोड दिनु भयो । परिषद्का राष्ट्रिय सचिव कविराज न्यौपाने जी नैतिक शिक्षा लागू गरी युवा विद्यार्थीहरुमा स्वदेश प्रेम बढाइ राष्ट्र निर्माणमा योगदान दिने जनशक्ति तयार गर्न विशेष प्रयास गर्नुपर्ने बताए ।

विद्यार्थी परिषद्की जानकी प्रदेश अध्यक्ष डा.सुस्मा तिवारीले शिक्षा क्षेत्रमा राजनैतिक हस्तक्षेप बन्द गर्दै गुणस्तरीय तथा सिपमुलक तालिमको व्यवस्था गरी देशमा केही गरिखाने शिक्षा आवश्यक रहेकोे कुरा उल्लेख गरिन् ।

 

adv-single
सम्बन्धित समाचार

सुनको मूल्यमा सामान्य वृद्धि

  विराटनगर। स्थानीय बजारमा बुधबार पहेलो धातुको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला १ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तोलामा १ लाख ५० हजार ३ सयमा कारोबार भएको सुनको...

हेटौँडामा लडेर एक युवकको मृत्यु

    विराटनगर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका ६ मा लडेर एक युवकको मृत्यु भएको छ। हेटौँडा–६ कल्यानटारका २८ वर्षीय उद्धव राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । मंगलबार साँझ आफ्नै घरको...

प्रकाशमानले पाए कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

विराटनगर। प्रधानमन्त्री केपी शर्मा ओलीसहितको टोली चीन प्रस्थान गरेसँगै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान श्रेष्ठलाई दिइएको छ। सोमबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी श्रेष्ठलाई दिइएको जनाएको हो। यसअघि...

उपनिर्वाचन :मतगणना अन्तिम चरणमा, कुन दलले कहाँ जिते ?

विराटनगर । स्थानीय तह उपनिर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ। पछिल्लो मतपरिणाम अनुसार कांग्रेसले १५ वडामा वडाध्यक्ष पदमा निर्वाचित भएको छ। एमालेले एक अध्यक्ष र एक उपाध्यक्षसहित ५ वटा वडामा वडाध्यक्ष जितेको छ। यसैगरी माओवादीले...

मोरङको ग्रामथाममा  नमोनारायण माझी विजयी

  विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका नमो नारायण माझी निर्वाचित भएका छन्। माझीले ६९६९ मत ल्याएर विजयी हुँदा कांग्रेसका बलराम सरदार थारू ५३३३ मतसहित दोस्रो भए। यसअघि कांग्रेसले जितेको यो गाउँपालिकामा...

१ हजार २ सयले घट्यो सुनको मूल्य

विराटनगर । स्थानीय बजारमा सोमबार पहेलो धातुको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला १ हजार २ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आईतबार तोलामा १ लाख ५० हजार ५ सयमा कारोबार...

भेडेटारमा भिजी कलेजको एक दिने अभिमुखीकरण सम्पन्न

  विराटनगर । विराटनगर – ११ मा रहेको भिजी कलेजले बिबिए ,बिएसी र सिएसआइटीको नयाँ सत्रमा भर्ना भएका विद्यार्थीहरूलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कलेजले कोशी प्रदेशको पर्यटकीय स्थल भेडेटारमा नयाँ संकायमा भर्ना भएका...

अर्किड कलेजलेद्वारा विज्ञान विषयका विद्यार्थीहरुलाई अवलोकन

  विराटनगर । विराटनगरको अर्किड कलेजले कक्षा ११ का विज्ञान तर्फका विद्यार्थीहरुलाई अवलोकन भ्रमण गराएको छ । कलेजले कक्षा ११ मा विज्ञान विषयमा बायोलोजी अध्ययन गर्ने  २५० भन्दा बढि विद्यार्थीहरुलाई लेटाङको राजारानीमा अवलोकन भ्रमण गराएको...

शेयर बजारमा दोहोरो अंकले वृद्धि, बढ्यो कारोबार रकम

  विराटनगर । मंगलबार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार ३३.४१ अंकले बढेर २,७१६ बिन्दुमा कायम भएको छ । शेयर बजारमा २१० कम्पनीको शेयर मूल्य बढेको छ भने ३३ कम्पनीको शेयर मूल्य...

मूल्य घटेपछि सुनको माग बढ्यो

विराटनगर । सरकारले सुन आयातमा लाग्ने भन्सार दर आधा घटाएपछि त्यसको प्रभाव उपभोक्ता बजारमा देखिएको छ। सुनचाँदी पसलमा सुन किन्ने उपभोक्ताको सङ्ख्या बढेको छ। सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष मणिरत्न शाक्य मूल्य घटेपछि माग बढ्नु...

इजरायली राजदूत पुगे सुन्दरीजलस्थित बिपी सङ्ग्रहालय

  विराटनगर। । नेपालका लागि इजरायलका राजदूत शुमलिक एरी बासले सोमवार सुन्दरीजलस्थित बिपी सङ्ग्रहालय पुगेका छन्। इजरायल र नेपालबीचको ६४ वर्ष पुरानो कूटनीतिक सम्बन्धलाई अझ दिगो बनाउने तथा तत्कालीन प्रधानमन्त्री बिपी कोइरालाप्रति सम्मान प्रकट गर्न...

ग्रामथानमा कांग्रेस‚ एमाले र माओवादीबीच नै प्रतिस्पर्धा हुने

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका यतीबेला चुनाव लागेको छ। नेता कार्याकर्ताहरु घरदैलो कार्यक्रममा व्यस्त देखिन्छन् । एक स्वतन्त्र र १५ राजनितिक दलका अध्यक्ष पदका उम्मेदवार मतदाताहरुसँग मत माग्दै घर घर हिँडिरहेका छन् । ग्रामथान गाउँपालीकामा...