विराटनगर । विराटनगर जुनियर जेसीजको अध्यक्षमा गौरव कर्ण निर्वाचित भएका छन् । शुक्रबार विराटनगर जेसीजको सभा हलमा सम्पन्न निर्वाचन प्रक्रियाबाट २९ औं अध्यक्षका रूपमा कर्ण निर्वाचित भएका हुन् ।
त्यस्तै तालिम संयोजकमा अमन मन्डल, कार्यकारिणी उपाध्यक्षमा ओम जोगी, आदर्श कोइराला र आरबी तिमल्सिना, उपाध्यक्षमा मदन नेपाल, श्रीजेश कट्टेल, रक्षिता तिमल्सिना र आयाम पोखरेल निर्वाचित भएका छन् । यस्तै जन सम्पर्क अधिकारीमा नितान्त लाल वैद्य निर्बिरोध निर्वाचित भएको घोषणा निर्वाचन अधिकृत विकल्प न्यौपानेले गरेका थिए ।
नव निर्वाचित अध्यक्षले कानुनी सल्लाहकारमा आयुशा खतिवडा, महा–सचिबमा दिया बानिँया, कोषाध्यक्षमा विधान क्षेत्री, सह–सचिबमा प्रवेशिका अधिकारीलाई नियुक्त गर्दै आफ्नो बोर्डलाइ पुर्णता दिएका थिए भने अपोइन्टिजहरूमा सार्थक गौतम, शशांक अर्याल, आयुष कार्की र आदित्य कोइराला रहेका छन् ।
संस्थापक अध्यक्ष सन्देश दास श्रेष्ठले लामो यात्रा तय गरेको जुनियर जेसिजलाई नयाँ उचाइ दिन नव निर्वाचित अध्यक्ष सक्षम रहने कुरामा आफु बिश्वस्त रहेको र आफ्नो साथ सदैब रहने बताए ।
उक्त कार्यक्रममा विराटनगर जुनियर जेसिजका संस्थापक अध्यक्ष सन्देशदास श्रेष्ठ, विराटनगर जेसिजका अध्यक्ष तुलसी निरौला, विराटनगर जेसिजका वरिष्ठ कार्यकारिणी उपाध्यक्ष प्रितेश राज दाहाल, कार्यकारिणी उपाध्यक्ष प्रवेश दुलाल, उपाध्यक्ष्य प्रतिक्षा न्यौपाने, आरके मण्डल, महासचिव प्रशान्त घिमिरे, जूनियर जेसीज को–अर्डिनेटर कविराज दाहाल, विराटनगर जेसिजका पुर्व उज्वल खरेल, जुनियर जेसिजका पुर्व अध्यक्ष सनराइज चौधरी र प्रितेशराज दाहाल लगायतको उपस्थित रहेको थियो ।
Post Views: 121