विराटनगर । कोशी प्रदेशको विराटनगरबाट टेलिसिरियल “बाहुनी कान्छी” बन्ने भएको छ । विराटनगरको ताण्डव रेस्टुरेन्ट एण्ड बारमा एक कार्यक्रमको आयोजना गर्दै “बाहुनी कान्छी” टिमले सो टेलिसिरियलको नाम घोषणा गरेका छन् ।
कार्यक्रममा सिरियलका कलाकार, दृश्य सम्पादक तथा सिनेमाटोग्राफर प्रतिक श्रेष्ठको जन्म दिन मनाउदै एक भिडियो मार्फत “बाहुनी कान्छी” सिरियलको नाम सार्वजनिक गरिएको हो । केहि महिनादेखि सिरियल छायांकन भैरहेको छ भने चाडै ट्रेलर सार्वजनिक गर्दै सिरियल कुन साताको कुन बारदेखि प्रशारणमा आउने भन्ने कुरा पछी जानकारी दिने सिरियलका लेखक तथा निर्देशक विकल श्रेष्ठले जानकारी दिएका छन् ।
घोषणा कार्यक्रममा नेपाली चलचित्र क्षेत्रको गर्भिलो इतिहास बोकेका नायक बिश्व बस्नेतको समेत उपस्थिती रहेको थियो । उनले प्रतिकलाइ जन्मदिनको शुभकामना दिदै सिरियलका सम्पूर्ण टिमलाइ बधाई दिएका थिए । बिस्व बस्नेतले उक्त कार्यक्रममा आफैले लेखेको “क्यान्सर रोगले अब मर्नु पर्दैन” शिर्षकको किताब सार्वजनिक हुन् लागेको कुरा पनि जानकारी दिएका थिए । आउने दिनमा यो टिमसंग सहकार्य गर्ने चाहना रहेको उनले बताए ।
दिपा पोखरेल, राधा आचार्य, कल्पना पाण्डे, अनिशा न्यौपाने, पंकज बर्मा, दिव्या रेग्मी, भरत पौदार, सोनु मिश्र, प्रतिक श्रेष्ठ, विकल श्रेष्ठ, बाल कलाकार साइना छहार र आश्रेया श्रेष्ठको अभिनय सिरियलमा देखन सकिनेछ । उक्त सिरियल “बाहुनी कान्छी” थ्री एम खबर युटुब च्यानल र फेशबुक पेज मार्फत हेर्न सकिनेछ । सिरियलको टेलिभिजन प्रसारणमा भने टुंगो लागिसकेको छैन ।
सोहि कार्यक्रममै निर्देशक विकल श्रेष्ठले एक भिडियो प्रस्तुत गर्दै “बाहुनी कान्छी” को यहि टिमले दोश्रो सिरियल पनि बनाउन लागेको कुरा बताए । केहि बर्ष अगाडी काठमाडौंमा सन्तोष बास्तोलाको लेखन रहेको सिरियल “भाड भैलो” को केहि सुटिंग भै सकेको तर सम्पूर्ण तयारी रहदा रहदै पनि प्रसारण हुन् नसकेको सिरियललाई विकल श्रेष्ठले निर्देशन गर्ने र सम्पूर्ण सिरियलको जिम्मेवारी “बाहुनी कान्छी” टिमले लिने भएको हो ।
सुटिंग सुरु भएर प्रसारणमा आउँन लागेको सिरियल “भाड भैलो” को लेखन सन्तोष बास्तोला कै रहने छ भने कलाकारहरु सम्भव भए सम्म पुरानोलाइ स्थान दिने र सम्भव नभए बाहुनी कान्छी कै कलाकार हरुको अभिनय रहने विकल श्रेष्ठले बताएका छन् ।
Post Views: 65