काठमाडौं, १७ फागुन । सोमबार राती १२ बजेदेखि लागु हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ ।
निगमले डिजेल, पेट्रोल, मट्टीतेल र हवाई इन्धनको मूल्य बढेको हो । निगमले डिजेल, पेट्रोल र मटितेलमा प्रतिलिटर २ रुपैयाँ र हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँले बृद्धि भएको निगमद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । यसैगरि हवाई इन्धन बाहृयतर्फको मूल्य पनि एक किलोलिटरमा २५ अमेरिकी डलरले वृद्धि गरिएको निगमले जनाएको छ ।
निगमले गत फागुन ४ गते पनि एक हप्ता नबित्दै पेट्रोलियम पदार्थको मूल्य बढाइएको थियो ।
मुल्य बृद्धिसँगै अब पेट्रोलको प्रतिलिटर १ सय १६ रुपैयाँ र डिजेल तथा मटितेलको प्रतिलिटर ९९ रुपैयाँ कायम भएको छ भने हवाई इन्धन आन्तरिकतर्फको प्रतिलिटर मूल्य ७२ रुपैयाँ पुर्याइएको छ । खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको छ ।
Post Views: 2