पोखरा, २६ फागुन । गण्डकी प्रदेश विद्यालयस्तरीय नाटक महोत्सव २०७७ को नतिजा सार्वजनिक भएकाे छ । पोखराको पोखरा थिएटर (गन्धर्व नाटक घर)ले आयोजना गरेको उक्त नाटक महोत्सवको नतिजा बुधबार विज्ञप्ति जारी गर्दै पोखरा थिएटरले सार्वजनिक गरेकाे हो ।
भिडियोमार्फत ४० विद्यालयका नाटक अवलोकन गरी २० नाटक छनोट गरेकाे पोखरा थिएटरले शीर्ष पाँच नाटकलाइ छनोट गरेकाे हो । यसअघि चार नाटकलाइ पुरस्कृत गरिने भए पनि दुइ नाटकले समान अंक पाएका कारण शीर्ष पाँच नाटक पुरस्कृत हुने पोखरा थिएटले जनाएकाे छ ।
पहिलो पुरस्कार ५० हजार, दोश्रो २५ हजार, तेश्रो १२ हजार ५ सय, र सान्त्वना पुरस्कार ५ हजार राशीको रहेको छ ।
Post Views: 6