विराटनगर, २७ फागुन । अमेरिकीका पूर्वराष्ट्रपतिहरूले सामूहिक रूपमा कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । पूर्वराष्ट्रपतिहरू जिम्मी कार्टर, जर्ज डब्लु बुस, बिल क्लिन्टन र बाराक ओबामासँगै उनीहरूका प्रथम महिलाहरूले पनि खोप लगाएका थिए ।
खोप लगाएको भिडियोसमेत सार्वजनिक गर्दै उनहरूले कोरोनाविरुद्ध लड्न खोप नै मुख्य आधार भएकाले आफूहरूले खोप लगाएको उल्लेख गरेका छन् । उनीहरूले कुनै हिचकिचाहटबिना खोप लगाउनका लागि सबै अमेरिकी नागरिकलाई पनि आग्रह गरेका छन् ।
ट्रम्पले लगाएनन्
सामूहिक रूपमा पूर्व–राष्ट्रपतिहरू उनीहरूका प्रथम महिलाहरूले खोप लगाए पनि निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प भने सहभागी भएनन् । ट्रम्पले भने खोपप्रति आफ्नो विश्वास नरहेको बताउँदै आएका थिए ।
उनले भने राष्ट्रपतिको भूमिकामै रहेका बेला गत जनवरीमै खोप लगाए पनि सार्वजनिक नगरेको विभिन्न सञ्चारमाध्यमले लेखेका थिए ।
Post Views: 24