अन्तर्राष्ट्रिय धरान साहित्य तथा सांस्कृतिक महोत्सव २०७७ सम्पन्न

अन्तर्राष्ट्रिय धरान साहित्य तथा सांस्कृतिक महोत्सव २०७७ सम्पन्न

 राष्ट्रिय डेली

धरान, १ चैत । धरान उपमहानगरपालिका – १३ को अभिभावकत्वमा अन्तर्राष्ट्रिय धरान साहित्य तथा सांस्कृतिक महोत्सव २०७७ सम्पन्न भएको छ । देश तथा विदेशका एक सय ५० भन्दा बढी स्रष्टाहरू उपस्थित रहेको उक्त महोत्सव दुई दिनसम्म सञ्चालन भएको थियो ।

महोत्सवको पहिलो दिनमा ५० भन्दा बढी साहित्यकारहरूले आफ्ना कविता वाचन गरेका थिए । यस्तै पहिलो दिन नै नाट्यकर्मी गोपाल देवानको पुस्तक ‘दमनको राप’ को विमोचनसमेत गरिएको थियो । महोत्सवको दोस्रो दिन विभिन्न पर्यटकीय स्थलको भ्रमण, गजल वाचन र महोत्सवको समापन गरिएको थियो ।

No description available.
धरान उपमहानगरपालिका – १३ का वडाअध्यक्ष नेत्र काफ्लेले साहित्य विकास नै मुख्य विकास भएको बताए । उनले भने, ‘विकास भनेको बाटो बनाउने, नाली बनाउने, घर बनाउने, ढल बनाउने मात्र नभएर साहित्य संस्कृति र बौद्धिक विकास गर्नु मुख्य विकास हो । यसको विकास गरे अन्य क्षेत्रको विकास स्वतः हुन्छ ।’ देशका विभिन्न ठाउँमा संञ्चालन भैरहने यस्ता कार्यक्रममा सबै क्षेत्रका साहित्यकार उपस्थित नभैरहेको अवस्थामा धरान महोत्सवमा देशैभरबाट साहित्यकारहरूको उपस्थित रहेको काफ्लेले बताए ।
यसैगरी नेपाल लोक वाद्यको संरक्षणमा योगदान पुर्याएका झापाको दमक निवासी मातृका संग्रौला र शिवसताक्षी ५ झापाकी भगवती ढुंगेललाई पनि साहित्यमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।

No description available.

सम्मानितहरुलाई कार्यक्रमका प्रमुख अतिथी नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, कार्यक्रम संयोजक बम देवान, १३ नं वडाका वडाअध्यक्ष नेत्र प्रसाद काफ्ले प्रा.डा. टंक प्रसाद न्यौपाने लगायतले सम्मानपत्र र नेपाली ढाका टोपी लगाएर सम्मान गरेका थिए ।

adv-single
सम्बन्धित समाचार

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले चलाएको गुण्डागर्दी तथा अवैध हातहतियार नियन्त्रणसम्बन्धी अभियानका क्रममा पेस्तोलसहित ताप्लेजुङको फुङ्लिङका २८ वर्षीय प्रशान्त पराङदेवा लिम्बूलाई आज पक्राउ गरेको...

मिटर ब्याजका पाँच मुद्दामा मिलापत्र

चितवन । अनुचित लेनदेन मिटर ब्याजका मुद्दा जिल्ला प्रहरी कार्यालयबाट हेर्न थालेसँगै चार निवेदनमा मिलापत्र गराइएको छ । जिल्ला प्रशासन कार्यालयबाट गत माघ ११ गते प्रहरी कार्यालयमा आएका ६३ निवेदनमध्ये चार र सोही मितिपछि परेका...

जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

चौतारा , सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको पहिलो आरोणका लागि अन्तिम तयारी भइरहेको छ । जुगल गाउँपालिकाको शिरमा रहेका जुगल–१ र जुगल–२ को दश पर्यटकले पहिलोपटक आरोहण गर्ने भएका गाउँपालिका कार्यालयले...

सुनको मूल्य रु दुई हजार एक सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार एक सयले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज झनै वृद्धि भएको हो । बिहीबार प्रतितोला रु एक लाख २७ हजार नौ...

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्ने

विराटनगर । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिका लागि चर्च ब्वाइज युनाइटेड र नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । इटहरी रङ्गशालामा बिहीबार राति भएको...

मौसम बदली भोलिसम्मै, आइतबारदेखि सुधार हुने

काठमाडौँ । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि शनिबारसम्म जारी नै रहने र आइतबारदेखि क्रमशः सुधार हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । न्यून चापीय वायुको प्रभाव आइतबारदेखि कमजोर भई मौसममा...

विराट गोल्डकपमा भुटानको विजयी सुरूआत, आज आर्मी र एनआरटी खेल्दै

विराटनगर । विराट गोल्डकप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्गशालामा आयोजित रात्रिकालीन ‘विराट गोल्डकप फुटबल’ प्रतियोगिताअन्तर्गत बिहीबार राति भएको उद्घाटन खेलमा भुटानको आरटीएफसी टिम विजयी भएको छ । आरटीएफसी भुटानले नेपाल पुलिस क्लबलाई ३-० गोलले पराजित गरेको...

एमडीएमएस खरिदमा भ्रष्टाचार : करिब ९२ करोड बिगो दाबीसहित १९ जनाविरूद्ध मुद्दा

विराटनगर । नेपाल दूरसञ्चार प्राधिकरणले गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम (एमडीएमएस) परामर्श सेवा खरिदमा अनियमितता भएको भन्दै १९ जना व्यक्ति र २ वटा कम्पनीविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १९...

सामान्य अंकले बढ्यो नेप्से, २ अर्ब ६५ करोड रूपैयाँमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेजका अनुसार नेप्से परिसूचक चार दशमलव ७८ अङ्कले उकालो लागेर दुई हजार ३५ दशमलव ६४ मा पुगेको छ...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामा

विराटनगर । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन् । अर्यालले बिहीबार राष्ट्रियसभा अध्यक्ष नारायण दाहालसमक्ष राजीनामापत्र बुझाएकी हुन् । नेकपा (माओवादी केन्द्र) बाट दाहाल गत फागुन २९ गते राष्ट्रिय सभा अध्यक्ष निर्वाचित भएका...

मुख्यमन्त्री कार्की सवार जहाज विराटनगरबाट उडेको ६ घण्टापछि काठमाडौं अवतरण

विराटनगर । विराटनगरबाट काठमाडौंका लागि उडेको कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार यती एयरको जहाज ६ घण्टापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । विराटनगरबाट बिहीबार बिहान ७ः४५ बजे काठमाडौं उडेको ९एन एएमएन कलसाइनको जहाज...

झापामा हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते

झापा । झापाको शिवसताक्षी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । आक्रमणबाट उनका श्रीमान घाइते भएका छन् । शिवसताक्षी-११ स्थित रतुवामाई वृक्षरोपण आयोजनाको वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट स्थानीय ६० वर्षीया पवित्रा...