विराटनगर, २ चैत । युवा उद्यमीको समुहले विराटनगर – ५ गणेश चोकमा मेरो मिनी मार्ट सञ्चालनमा ल्याएका छन् । सोमबार एक कार्यक्रमका बिच मिनी मार्केटको उद्घाटन भएको छ ।
विराटनगरका तीन युवा मिलेर खोलेको मिनी मार्केटमा नेपालभरी उत्पादन हुने सम्पुर्ण सामान पाईने बताइएको छ । पर्यटन व्यवसायी तथा स्टेसनरी सञ्चालक सरोज पौडेल, युवा व्यवसायी रविन भट्टराई र शैक्षिक क्षेत्रमा आवद्ध भुवन नेपाल मिलेर उक्त मार्ट सञ्चालनमा ल्याएका हुन् ।
अल पसल डटकमको अवधारण ल्याएर नेपालका सबै पालिकाका हरेक वडामा एउटा पसल खोल्ने योजनाका साथ लकडाउका समयमा केही युवाहरुको समुहले योजना बनाएका थिए । सोही योजना अनुसार विराटनगर – ५ का उपभोक्तालाई सहज र सर्बसुलभ तरिकाले सामान उपलब्ध गराउन मेरो मिनी मार्ट सञ्चालनमा ल्याएको व्यवसायी सरोज पौडेलले बताए ।
हरेक सामान ताजा र सर्बसुलभ मुल्यमा उपभोक्ता सम्म पुर्याउने लक्ष्यका साथ मार्ट सञ्चालनमा ल्याएको उनले बताए । २० लाखको लगानीमा शुरु गरेको मार्टमा ५० लाख सम्म लगानी गर्ने योजना रहेको पौडेलको भनाई छ । उनले भने, ‘अबको केही समय पछि सम्पुर्ण सामान होम डेलिभरीको व्यवस्था पनि गर्ने छौँ ।’
अहिले ५ जनालाई रोजगारी समेत प्रदान गरिएको उनले बताए । मार्ट सञ्चालनमा आएको पहिलो दिन ३ लाखको कारोवार भएको उनको भनाई छ ।
Post Views: 87