काठमाडौं, ४ चैत । सतारुढ दल नेकपा (एमाले)ले संसदीय दलको बैठक बोलाएको छ । बिहीबार बिहान ११ बजेका लागि संसदीय दलको बैठक बोलाइएको दलका मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिए ।
संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भट्टराईले बताए । एमाले संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दलको बैठक बालुवाटारमा बोलाएकाे उनले बताए ।
समसायिक परिस्थितिबारे, संसद्लाई कसरी प्रभावकारी बनाउने भन्ने र पार्टीको समस्याहरूलाई कसरी निराकरण गर्ने भन्ने विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाइएको भट्टराईले जानकारी दिए ।
‘पार्टीभित्र केही विषम् परिस्थिति उत्पन्न भएको छ । संसद्मा पनि त्यसको प्रभाव परेको छ । कसरी एक ढिक्का बनाउने भन्ने भन्ने विषयमा छलफल हुनेछ’ उनले भने ।
Post Views: 6