तोकिएको भन्दा बढी भार बोक्ने सवारीलाई कारबाही हुने

तोकिएको भन्दा बढी भार बोक्ने सवारीलाई कारबाही हुने

 राष्ट्रिय डेली

काठमाडौँ, ५ चैत ।  तोकिएभन्दा बढी भार बोक्ने सवारीसाधनलाई कारबाही गरिने भएको छ । सडक संरचनाको संरक्षण तथा यातायात व्यवस्थापनमा पर्ने असर न्यूनीकरण गर्ने उद्देश्यसहित यस्तो कदम चाल्न लागिएको हो । यातायात व्यवस्था विभागले तोकिएभन्दा बढी भार बोक्ने सवारी साधनलाई थप कारबाहीको दायरामा ल्याइने जनाएको छ ।

चैत १५ देखि सवारीसाधनले तोकिएभन्दा बढी भार बोकी सञ्चालन गरेको पाइए सम्बन्धित स्थानमै सवारीसाधनबाट सामग्री झारिने र यसबाट पर्ने नोक्सानीको जिम्मेवार सम्बन्धित व्यवसायी नै हुने यातायात व्यवस्था विभागका निर्देशक तथा प्रवक्ता डा. लोकनाथ भुसालले जानकारी दिए ।  उनका अनुसार सवारीसाधनले लोड हुने ठाउँबाट नै ‘लोडसिट’ लिएर हिँड्नुपर्नेछ । ‘लोडसिट’ नभएको जुनसुकै अवस्थामा पनि तोकिएभन्दा बढी भार बोक्ने सवारीसाधन कारबाहीको दायरामा आउन सक्छन् । अब चालकले अनिवार्य रूपमा सवारीसाधनको ‘लोडसिट’ लिएर मात्र यात्रा गर्नुपर्नेछ ।

यसअघि तोकिएभन्दा बढी भार बोक्ने सवारीसाधनलाई जरिवाना गर्ने व्यवस्था गरिएकोमा चैत १५ बाट बढी भएको सामग्री सवारीसाधनबाट ठाउँको ठाउँ झारिने गरी कामकारबाही गर्न मुलुकभरि ट्राफिक प्रहरीलाई विभागबाट परिपत्र भइसकेको प्रवक्ता भुसालले बताए । सवारीसाधनको भारवहन नियमनसम्बन्धी निर्देशिका, २०७४ निर्माण भए पनि अहिलेसम्म त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

सम्बन्धित समाचार

संखुवासभामा भरुवा बन्दुकसहित पक्राउ

विराटनगर । संखुवासभाको मकालु गाउँपालिका(२ का ३० वर्षीय लाक्पा शेर्पालाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मकालुबाट खटिएको प्रहरी टोलीले शेर्पाको घर खानतलासी गर्दा कोठाबाट लोड गरेको एक थान भरुवा बन्दुक र...

स्रोत नखुलेको ४७ लाख ४९ हजार नेपाली रुपैंया सहित एक महिला पक्राउ

विराटनगर । मोरङको रंगेली नगरपालिका-८ स्थितबाट स्रोत नखुलेको रकमसहित एक जना महिलालाई पक्राउ गरिएको छ । रंगेली नगरपालिका-८ दर्वेशा की ६५ वर्षीया ज्योतिदेवी अग्रवालले घरमा अवैध रकम राखेको छ भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय...

सिरियाली शरणार्थीहरूलाई फर्काउन टर्कीले सीमा नाका खोल्ने

विराटनगर । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले टर्किएले सिरियाली शरणार्थीहरूको स्वेच्छिक र सुरक्षित फिर्ताको सुविधाको लागि दक्षिणी हाते प्रान्तमा सिरियासँगको सीमाना खोल्ने बताएका छन्। टर्कीको राजधानी अंकारामा बसेको मन्त्रिपरिषद् बैठकपछि पत्रकार सम्मेलनमा एर्दोगानले उक्त कुरा...

सरकारका कमजोरी सच्याउन काँग्रेस बोल्नुपर्छ: केदार कार्कि

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की नेपाली कांग्रेसका तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । उनी खरो स्वभावका नेता मानिन्छन् । उनी डा। शेखर कोइराला समूहमा पहिल्यैदेखि खुलेर लागेका छन् । मुख्यमन्त्री भएका बेला आफू...

प्रमुख सूचना आयुक्त र आयुक्तहरुको सपथ

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा सुरेशप्रसाद आचार्यले आज पद तथा गोपनीयताको सपथ लिएका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त आचार्यलाई र प्रधानमन्त्रीको...

रविलाई आज सातौंपटक अदालतमा उपस्थित गराइँदै

विराटनगर । सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज सातौंपटक अदालतमा उपस्थित गराइँदै छ। सानो पाइला सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पर्सा लगिएका लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित...

बझाङको रायाल केन्द्रविन्दु भएर गयो भूकम्प

विराटनगर । बझाङको रायाल केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज विहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायाल आसपास केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टर स्केलको भूकम्प...

विराटनगरमा रोजगार मेला

विराटनगर । रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवाहरूलाई जोड्ने उद्देश्यले विराटनगर महानगरपालिकाले दोस्रोपटक ‘महानगर रोजगार मेला’ आयोजना गर्ने भएको छ । महानगरले आगामी पुस १ र २ विराटनगरस्थित वीरेन्द्रसभा दक्षिणमा अवस्थित ‘इको पार्क’मा मेला आयोजना...

शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

विराटनगर । २५ मंसिर (मंगलबार) शेयर बजारमा सामान्य अंकले गिरावट आएको छ । शेयर बजार ६.३२ अंकले घटेर २,६६९ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १४८ कम्पनीको...

शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक

विराटनगर। २५ मंसिर मंगलबार शेयर बजारमा सामान्य अंकले गिरावट आएको छ । शेयर बजार ६.३२ अंकले घटेर २,६६९ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १४८ कम्पनीको शेयर...

पत्रकार महासंघ कोशी प्रदेस अध्यक्षमा तीन जनाको उम्मेदवारी

विराटनगर । नेपाल पत्रकार महासंघ कोशी प्रदेशको यही मंसिर २८ गते हुने निर्वाचनमा अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ । सोमबार अध्यक्षमा तीन जनाले उम्मेदवारी दर्ता गरेका हुन् । अध्यक्षमा भरत खड्का, विवेक गौतम र...

रविमाथि सरकारले गर्यो अन्याय : डा. सुनिल शर्मा

विराटनगर । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले पूर्वगृहमन्त्री रवि लामिछानेमाथि सरकारले अन्याय र अमानवीय व्यवहार गरिरहेको बताएका छन्। मंगलवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सांसद शर्माले यस्तो बताएका हुन्। उनले नेपाल सरकारका प्रधानमन्त्री र गृहमन्त्रीसँग...