इटहरी, ६ चैत । सुनसरीको इटहरी निजी विद्यालयहरूले लकडाउनको समयमा समेत शुल्क असुल्न खोजेको भन्दै ११ र १२ कक्षाका विद्यार्थी आन्दोलनमा उत्रिएका छन् । छ महिना पढाएर एक वर्षको शुल्क लिएको भन्दै इटहरीका निजी कलेजका विद्यार्थीहरू सडकमा उत्रिएका हुन् ।
इटहरी उपमहानगरपालिको शिक्षा शाखाले पाँच महिनाको शुल्क मिनाहा गर्न निर्देशन दिए पनि हिसानले अटेर गरी शुल्क उठाएको विरोधमा विद्यार्थी आन्दोलित भएका हुन् । उनीहरूले केहीबेर सडक जामसमेत गराएका थिए ।
उनीहरुले एक सातादेखि दैनिकजसो इटहरीको सडकमा उत्रिएर ‘वि वान्ट जस्टिस’ भन्दै नारा लगाउन थालेका छन् । शुक्रबार पनि उनीहरूले इटहरीका सबै ठूला निजी क्याम्पसमा गएर नारा लगाउँदै प्रदर्शन गरेका छन् ।
फोटो – नविन भट्टराई
Post Views: 25