विराटनगर, ८ चैत । बेलबारी साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा रुकमणी धिमाल निर्वाचित भएकी छन् । उक्त संस्थाको अध्यक्षममा काङ्ग्रेस समर्थक धिमाल निर्वाचित भएकी हुन् ।
धिमाल ८ सय ५२ मत प्राप्त गरेर विजयी भएकी हुन् भने अध्यक्षकै दावेदारी एमाले समर्थक खेम गौतम १ सय ८७ मत प्राप्त गर्दै पराजित भएका हुन् ।
यस्तै काङ्ग्रेस समर्थक डिल्लीराज गिरी ५ सय ३९ मतका साथ कोषाध्यक्षमा बिजयी भएका छन् । स्वतन्त्र उमेद्धार तोसिस सुवेदी ३ सय ७७ मत प्राप्त गर्दै पराजित भएका छन् ।
त्यसैगरी दुई सदस्य पदमा पनि काङ्ग्रेस समर्थक प्रेम गुरुङ र गनेश बस्नेत बिजयी भएका छन् । उनिहरूले क्रमशः ६ सय ६३ र ६ सय ६ मत प्राप्त गरेका छन् । सदस्य पदका लागि स्वतन्त्र उमेद्धार प्रकाश भण्डारी ३ सय १७ मत प्राप्त गर्दै पराजित भएका छन् ।