कृषि पेशाबाट आत्मनिर्भर बिन दम्पत्ति, वर्षको २५ लाखसम्म कमाउँछन्

कृषि पेशाबाट आत्मनिर्भर बिन दम्पत्ति, वर्षको २५ लाखसम्म कमाउँछन्

 राष्ट्रिय डेली

कटवाल दीपक
विराटनगर, ८ चैत । मोरङको बुढीगंगा गाउँपालिकाका रमानन्द बिन दम्पत्ति कृषि पेशाबाट मनग्ये आम्दानी गर्छन् । व्यवसायिक तरकारी खेतीमा होमिएका रमानन्द र उनकी श्रीमती शान्तिदेवी बिनले वार्षिक रूपमा २५ लाखसम्म कमाउँछन् ।

विगत ७ वर्षदेखि कृषि पेशामा लागेका उनीहरुले आफू मात्र होइन अन्य ४ जनाको परिवारको चुल्हो पनि बालिदिन्छन् । अर्थात् बिन दम्पत्तिले चार कामदार राखेर तरकारी खेतीकै आम्दानीबाट उनीहरुको गर्जो टारिदिन्छन् ।

बिन दम्पत्तिले टमाटर, काउली, फर्सी, लौका, बैगुन, खोर्सानी, सिमी र बोडीलगायत तरकारी खेती गरेका छन् । लिगमा लिएको दुई बिघामा लगाएको तरकारीबाट कम्तिमा २० देखि २५ लाख कमाइ हुनेगरेको रमानन्दले बताए । त्यसमध्ये आठदेखि दस लाखसम्म फाइदा मात्र हुने उनले सुनाए ।

‘वार्षिक खर्च आठ लाखसम्म हुन्छ’, उनी भन्छन्, ‘खर्चबाहेक अरू कमाइको कुरा गर्दा २० देखि २० लाखसम्म हुन्छ । खेत लिजमा लिएका कारण वाार्षिक ५० हजार तिर्नुपर्छ अनि जनलाई केही पैसा तिर्नुपर्छ । अरूतिर खास खर्च छैन ।’

सोही स्थानका चन्दन सरदारको दम्पत्तिले पनि कृषि पेशाबाटै मनग्ये आम्दानी गर्छन् । उनले विगत पाँच वर्षदेखि एक विघा जग्गामा तरकारी खेती गर्दैआएका छन् । पत्नि शारदा सरदारको सहयोगमा तरकारी खेती गर्दै आएका चन्दनले टमाटर, लौका, काउली, फर्सीबाहेक सूर्यमुखी लगाएका छन् ।

उनले पनि लिजमै पाएको जग्गामा तरकारी खेती गर्दैछन् । वार्षिक ४० हजार जग्गाको भाडा तिर्नेगरेका उनले खर्च कटाएर वार्षिक पाँचदेखि छ लाख कमाउँछन् । ‘पढ्न सकिएन यसैले कृषि पेशामा लागियो’, चन्दन भन्छन्, ‘तथापि, यसबाट म दुःखी छैन । जीविकोपार्जन भइरहेको छ । अलि–अलि आम्दानी पनि छ ।’

बजारको छैन चिन्ता

रमानन्द र चन्दन दुवैलाई आफ्नो उपज बेच्न समस्या छैन । उपभोक्ता र ब्यापारी घरमै उपज किन्न आउनेगरेका कारण बजारका लागि समस्या नभएको बताउँछन् ।

विराटनगर, दुहबी, इटहरी, लौकही र इनरुवाका बजारमा रमानन्द र चन्दनले उब्जाएका तरकारी पुग्छन् । ‘बारीसम्म किन्न आउने ब्यापारीले अलि सस्तो दरमा पाउँछन्’ चन्दन भन्छन्, ‘बजारका लागि समस्या हुँदैन । बारीमै आउँछन् किन्न ।’

बैंकहरुले ऋण नपत्याएको गुनासो

रमानन्द र चन्दनको गुनासो भने एकै प्रकारको छ । भाडामा लिएको जग्गा भएका कारण दुवैलाई ऋणका लागि बैंकले पत्याउँदैन । बिउलगायतमा हुने खर्चका लागि बाहिरबाट ऋण लिनुपरेका कारण चर्को ब्याज तिर्नुपर्ने समस्या उनीहरुमा छ ।

‘बैंकहरुले भाडामा लिएको जग्गा भएका कारण ऋणमा पत्याउँदैनन् । यसैले बाहिर साहुसँग ऋण लिँदा चर्को ब्याज तिर्नुपर्छ,’ चन्दन गुनासो पोख्छन् ।

 

adv-single
सम्बन्धित समाचार

मुगुकी नोन्जोमले असीऔं जन्मदिनमा पाइन् नागरिकता

मुगु । जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका–५, सेरोग गाउँकी नोन्जोम कामीले ८० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् । विक्रम संवत् २००० साल वैशाख १२ गते जन्मिएकी उनलाई उनको जन्मदिनको अवसर पारेर प्रमुख जिल्ला अधिकारी...

आफैं सवार बसले ओर्लने क्रममा ठक्कर दिएर तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ । राप्ती–२, गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको चतराधामबाट फर्केकी राप्ती नगरपालिका–२, गड्यौली बस्ने ६० वर्षीया निमाकुमारी रिजालको आफूले यात्रा गरेको बसको ठक्करबाट...

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न, यी विषयमा भयो छलफल र सहमति

काठमाडौँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न भएको छ । बुधबार सम्पन्न बैठकमा नेपालमा सञ्चालन हुने सहायता परियोजनामा केन्द्रित रहेर छलफल...

जंगलबाट गाउँ पसेको डढेलोले खोटाङमा १३ घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलँदा बराहपोखरी गाउँपालिका–१, बराहपोखरीमा १३ वटा घर खरानी भएका छन् । बराहपोखरी सामुदायिक वनमा लागेको डढेलोले १३ वटा घर, सातवटा मतान, दुईवटा गोठ खरानी पारेको हो । क्षतिको...

यस्तो रहने छ आज दिनभरको मौसम

विराटनगर । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ...

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

भोजपुर । भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन् । २०६३ कात्तिकमा भोजपुर भैँसीपङ्खाका निमा दावा शेर्पाको हत्या गरेको अभियोगमा ६० वर्षीय चन्द्रबहादुर तामाङलाई प्रहरीले मङ्गलबार धरानबाट पक्राउ गरेको हो ।...

झापामा बोलेरोको ठक्करबाट एकै मोटरसाइकलमा सवार तीन जनाको मृत्यु

दमक (झापा) । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी-झिलझिले खण्डमा आज बिहान बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा कमल गाउँपालिका-४ का तीन जनाको मृत्यु भएको छ । आज बिहान बोलेरो गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार २६ वर्षीय मौसम राई,...

कतारका राजाको ऐतिहासिक नेपाल भ्रमण कति उपलब्धिमूलक ?

विराटनगर । कतारका अमिर शेख तमिम विन हमाद अल थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण सम्पन्न गरेका छन् । मध्यपूर्वको क्षेत्रफलमा सानो तथा प्रभावशाली र धनी देश कतारका अमिरको नेपाल भ्रमणका...

बाँदर धपाउन बन्दुक पड्काउँदा छर्रा लागेर एक जनाको मृत्यु

विराटनगर । पाँचथरमा बाँदर धपाउनका लागि भरूवा बन्दुक पड्काउँदा बारूदको छर्रा लागेर एक जनाको मृत्यु भएको छ । हिलिहाङ गाउँपालिका-४, सिबुवाका ५१ वर्षीय मनकुमार सिगुको मृत्यु भएको हो । प्रहरीका अनुसार आइतबार राति साढे १०...

कतारका राजाको नेपाल भ्रमणमा भोलि सार्वजनिक बिदा

काठमाडौँ । सरकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा भोलि मङ्गलबार सार्वजनिक बिदा दिएको छ । सिंहदरबारमा आज भएको मन्त्रिपरिषद् बैठकले कतारका अमिरले यही वैशाख ११ देखि गर्ने नेपालको...

झापामा सहकारी संस्थामा चोरी गर्ने ६ जना पक्राउ

भद्रपुर (झापा) । झापामा चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । विभिन्न सहकारी संस्थासहित चोरीका १३ घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरी आइतबार सार्वजनिक गरिएको हो । विभिन्न सहकारी संस्था तथा...

टीभीएस अपाचेको नयाँ मोडल आरटीआर १६०-टू भी रिफ्रेस सार्वजनिक, कति छ मूल्य ?

विराटनगर । टीभीएस मोटर नेपालको एक मात्र आधिकारिक विक्रेता जगदम्बा मोटर्सले टीभीएस अपाचेको नयाँ मोडल आरटीआर १६०-टू भी रिफ्रेस आज विराटनगरमा सार्वजनिक गरेको छ । यसअघि टीभीएसले नेपाली बजारमा टीभीएस रोनिन, अपाचे,एन्टर्क, रेडर, आईक्युबजस्ता उत्कृष्ट...