विराटनगर, ९ चैत । वरिष्ठ रङकर्मी सुनील पोखरेलको परिकल्पना तथा संयोजनमा तयार भएको नाटक ‘अर्काे अर्थ नलागेमा‘’ काठमाण्डौं पछि विराटनगरमा मञ्चन हुने भएको छ ।
चैत १७ गतेदेखि २० गतेसम्म आरोहण–गुरुकुल विराटनगरको सुशीला कोइराला नाटकघरमा साँझ ५ बजे नाटक मञ्चन हुने भएको हो । लेखक तथा भाषाविद् शरच्चन्द्र वस्तीको स्तम्भका लेखहरु ‘अर्काे अर्थ नलागेमा’ नाटकमा रुपान्तरण गरी १० जना निर्देशकले निर्देशन गरेका छन् ।
यसअघि काठमाडौंमा २० दिन मञ्चन भएको उक्त नाटक विराटनगरमा मञ्चन गर्न लागिएको आरोहण गुरुकुलले जनाएको छ । नाटकमा ज्ञ का १० जना विद्यार्थीहरुले निर्देशन गरेको नाटकमा ज्ञ कै ३७ जना विद्यार्थीहरुले अभिनय गरेका छन् ।
वस्तीले हरेक शनिबार कान्तिपुर दैनिकमा ‘अर्काे अर्थ नलागेमा’ शीर्षकमा लेख्दै आइरहेको स्तम्भमध्ये करिब एक दर्जन स्तम्भ जोडेर नाटक तयार गरिएको छ । नाटकमा देशको वर्तमान सामाजिक तथा राजनीतिक घटनाक्रमलाई व्यंग्यात्मक ढंगले प्रस्तुत गरिएको छ ।
काठमाण्डौंका दर्शकहरूले रुचाएको नाटक ‘अर्काे अर्थ नलागेमा’ विराटनगरका दर्शकहरूले पनि रुचाउने विश्वासका साथ मञ्चन गर्न लागिएको आरोहण गुरुकुलले बताइएको छ ।
Post Views: 93