विराटनगर, १० चैत । विराटनगरमा तीन वर्षदेखि सञ्चालमा रहेको दाज्जुको चिया पसल इटहरीमा पनि सञ्चालन हुने भएको छ । इटहरीको पशुपती चोक भोजपुरे लाइनमा चैत १२ गते बिहिबार शाखा उद्घाटन हुने भएको हो ।२२ लाखको लगानीमा चार जना युवाको समुहले इटहरीमा एक कण्ठा जग्गा मासिक ४० हजार भाडामा लिएर दाज्जु चियापसलको शाखा विस्तार गर्न लागेका हुन् ।दुर्गेश घिमिरे, कमलेस कोइराला, विवेक सुवेदी र सरोज दवाडीको संयुक्त लगानीमा शाखा विस्तार हुने भएको हो ।विशेष गरेर हाम्रै भान्सामा पाक्ने स्वदेशी उत्पादनलाई फरक तरिकाले ग्राहकहरूलाई सन्तुष्ट पार्ने उद्देश्यका साथ विराटनगरकै सेवासुविधालाई मध्यनजर गर्दै इटहरीमा शाखा विस्तार गर्न लागिएको दुर्गेस घिमिरेले बताए ।दाज्जुको चिया पसल इटहरीमा मःम, चाउमिन, चिया, ब्रेड, टोस्ट, बर्गर, मट्का चिया, हुक्का लगायतको स्वाद लिन सकिने उनले बताए ।
Post Views: 3