इटहरी, १२ चैत । आफ्नै घरमा कोठाभाडा बस्ने बालिकालाई जबरजस्ती करणी गर्ने इटहरी ४ का प्रेम बहादुर निरौलालाई पक्राउ गरी बुधबार नै प्रहरीले सार्वजनिक गरेको छ ।
डीएसपी केसीका अनुसार ४० वर्षीय निरौलाले अध्ययन गर्न आफ्नै कोठामा बसेकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो । ‘आफ्नो श्रीमतीसँग सम्बन्ध बिच्छेद भइसकेको तिमीलाई विवाह गर्छु भनेर प्रलोभन देखाइ जबरजस्ती गरेको खुलेको छ,’ केसीले भने, ‘निरौलाले धम्की दिएर पटक–पटक करणी गरेको पीडितको जाहेरीका आधारमा ९ गते पक्राउ गरिएको हो ।’
पक्राउ परेका उनीमाथि जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको इटहरी प्रहरीले जनाएको छ ।
Post Views: 48