विराटनगर, १२ चैत । विराटनगर–विराटचोक सडक निर्माणकार्य रोकिएपछि स्थानिय आक्रोशित भएका छन् ।
दुई वर्ष अगाडी प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशकै गौरवको आयोजना भनेर उक्त सडकको शिलान्यास गरेका थिए । तर बजेट निकासा नभएको भन्दै पन्ध्र दिनदेखि सडक निर्माणकार्य रोकिएपछि स्थानिय आक्रोशित भएका छन् । सडकबाट उडेको धुलो स्थानियको घर, आँगन, ओछ्यान, भान्साकोठासम्म पुग्ने गरेको छ ।
जसका कारण स्थानियको स्वास्थ्यमा ठूलो असर परेको छ । यसबाट स्कुल जाने विद्यार्थी थप मर्कामा परेका छन् । अत्यधिक धुलोका कारण बाटो हिड्नसक्ने अवस्था नभएको स्थानिय प्रयाग न्यौपानेले बताए । अहिलेसम्म समबन्धित पक्षले बाटोमा पानी समेत नलगाएको स्थानियको गुनासो छ ।
धुलोका कारण धेरै समस्या भएका कारण यथाशीघ्र बजेट निकासा गरि सडक निर्माणकार्य चाँडो सुचारु गर्नुपर्ने स्थानियले बताएका छन् । तत्कालका लागि सम्बन्धित पक्षले बाटोमा पानी छिट्ने व्यवस्था मिलाइदिन उनिहरूले अनुरोध समेत गरेका छन् ।
Post Views: 215