‘नेपालका लागि खेल्नु मेरा लागि सबैभन्दा ठूलो कुरा’

‘नेपालका लागि खेल्नु मेरा लागि सबैभन्दा ठूलो कुरा’

 राष्ट्रिय डेली

काठमाडौँ, १७ चैत । नेपालमा लिजेन्ड खेलाडीहरूले अपेक्षाअनुरूप बिदाइ नपाएका धेरै उदाहरण छन् । ती उदाहरण सम्झने हो भने नेपालका ‘लिजेन्ड’ फुटबलर विराज महर्जनलाई भाग्यमानी मान्नुपर्छ  ।

विराजले सोमबार नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने फुटबलर र घरेलु मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता जितेर अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिए । ३० वर्षीय विराजको अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई २–१ ले हराएर त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जित्यो ।

आफ्नो अन्तिम खेल खेलेका विराजलाई प्रधानमन्त्री केपी शर्मा ओलीले च्याम्पियन ट्रफी हस्तान्तरण गरे । साधारणतया कप्तान र प्रशिक्षकले ट्रफी ग्रहण गर्ने भए पनि विराजलाई सम्मानस्वरूप ट्रफी उचाल्ने मौका दिइएको हो ।

विराज फाइनलको ८९औँ मिनेटमा त्रिदेव गुरुङको स्थानमा मैदानमा प्रवेश गरेका थिए । विराजले आफ्नो अन्तिम खेलमा सात मिनेट मैदानमा बिताए । खेलमा छ मिनेट अतिरिक्त थपिएको थियो । विराजले नेपालका लागि ७३ खेल खेलेका छन् । उनीपछि नेपालका लागि सबैभन्दा बढी खेल राजुकाजी शाक्यले ६८ खेल खेलेका छन् ।

विराज नेपालका सर्वाधिक सफल फुटबल खेलाडी तथा कप्तानमध्ये एक पनि हुन् । सन् २०१६ मा नेपालले लगातार तीन अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता जितेको थियो । त्यो पनि विदेशी भूमिमा जसको तुलना हुन सकिँदैन । जुन गौरव नेपाली फुटबलमा पहिलो पटक सम्भव भएको हो । यी तीन उपाधि जित्दा विराज टिमका कप्तान थिए । उनले एक अन्तर्राष्ट्रिय गोल पनि गरेका छन् । उनले १८ खेलमा नेपालको कप्तानी गरेका छन् ।

तत्कालीन कप्तान सागर थापासहित पाँच जना म्याच फिक्सिङमा मुछिएपछि सन् २०१५ मा साफ च्याम्पियनसिपमा विराजलाई नेतृत्व दिइएको थियो । अर्को वर्ष नै विराजको नेतृत्वमा नेपाल बङ्गलादेशमा बङ्गबन्धु गोल्डकप, भारतको गुवाहाटीमा दक्षिण एसियाली खेलकुदअन्तर्गत साग फुटबल र मलेसियामा भएको एएफसी सोलिडारिटी कप च्याम्पियन बनेको थियो ।

सोलिडारिटी कप जितेर एसियाको सर्वोच्च फुटबल संस्था (एएफसी)ले आयोजना गरेको फुटबल प्रतियोगिताको उपाधि नेपालले पहिलो पटक हात पारेको थियो । विराजले नेतृत्व गरेको यस तीन अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधि जितको ह्याट्रिकलाई नेपाली फुटबलको अनुपम र अद्वितीय सफलता मानिएको छ । विराज पनि आफ्नो नेतृत्वमा नेपाललाई उपाधिको ह्याट्रिक दिलाउनुलाई आफ्नो खेल जीवनको अविस्मरणीय उपलब्धि मान्छन् ।

गत वर्ष योहान कालिनको प्रशिक्षकका रूपमा नेपाली टिममा प्रवेश भएपछि लगातार पहिलो रोजाइमा नपर्दा र टिमबाट भित्र, बाहिर भएपछि विराजले एन्फाले वातावरण बनाइदिए सन्यास लिने मनसाय व्यक्त गर्दै आएका थिए । पछिल्लो पटक उनी सन् २०१९ को जुनमा मलेसियाविरुद्धको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टिममा थिए ।

सन् २००८ मा नेपाल र पाकिस्तानबीचको मैत्री खेलबाट राष्ट्रिय टोलीमा पदार्पण गरेका विराजले सन् २००९ मा एएफसी च्यालेन्ज कपमा किर्गिस्तानविरुद्ध गोल पनि गरेका थिए । एन्फा एकेडेमी दोस्रो ब्याचका उत्पादन विराज उमेरसमूहमा उत्कृष्ट प्रदर्शनपछि राष्ट्रिय टिममा पुगेका हुन् ।

विराजले सन्यासपछि आफूले नेपाली टिमलाई दिन पाएको सेवा र आफू फुटबलर बन्नुमा भाग्यमानी रहेको बताए । उनले भने, ‘मेरो लागि सबभन्दा ठूलो कुरा नेपालका लागि खेल्नु नै हो । फुटबल नरोजेको भए मलाई विराज महर्जन भनेर कसैले चिन्दैनथे । फुटबललाई म भगवान् मान्छु ।’
विराजले अझै पनि फुटबलमा धेरै सिक्न र दिन बाँकी छ भन्दै युवा खेलाडी र समर्थकलाई सन्देश पनि दिए । ‘म युवा खेलाडीलाई मेहनत गर्दै जानू, अवसर कमै मात्र प्राप्त हुन्छ, पाएको अवसरलाई भजाउनुपर्छ भन्न चाहन्छु । अनुशासन सबभन्दा महत्वपूर्ण कुरा हो,’ उनले भने ।

adv-single
सम्बन्धित समाचार

अबको पुस्ता देशको आर्थिक विकासमा लाग्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्‍याउने शिक्षाको आवश्यकतामा जोड दिएकी छन् । उनले अबको पुस्तका युवा देशको आर्थिक विकासमा लाग्नुपर्नेमा पनि जोड दिइन् । शुक्रबार विराटनगरमा आयोजित स्वतन्त्र विद्यार्थी युनियन...

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र

पर्वत । सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको हुने गरेको पाइन्छ । पर्वतमा भने १२ वर्षीय एक छात्र बिहीबारदेखि सञ्चालित एसइई परीक्षामा सहभागी भएका छन् । दक्षिण पर्वतको पैंयुँ गाउँपालिका–४ मा रहेको जनसेवा...

मन्दीमै छ अर्थतन्त्र तर सरकार दाबी गरिरहन्छ, 'सुधार भइरहेको छ'

विराटनगर । सर्वेक्षण तथा तथ्याङ्कहरूले देशको अर्थतन्त्र झनझन घाटामा गइरहेको तथा सङ्कट जारी रहेको देखाइरहँदा पनि सुधार भइरहेको सरकारको दाबी भने दोहोरिन छाडेको छैन । वैदशिक व्यापार घाटा बढिरहेको, आन्तरिक बजारमा आर्थिक मन्दी कायमै रहेको...

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले चलाएको गुण्डागर्दी तथा अवैध हातहतियार नियन्त्रणसम्बन्धी अभियानका क्रममा पेस्तोलसहित ताप्लेजुङको फुङ्लिङका २८ वर्षीय प्रशान्त पराङदेवा लिम्बूलाई आज पक्राउ गरेको...

मिटर ब्याजका पाँच मुद्दामा मिलापत्र

चितवन । अनुचित लेनदेन मिटर ब्याजका मुद्दा जिल्ला प्रहरी कार्यालयबाट हेर्न थालेसँगै चार निवेदनमा मिलापत्र गराइएको छ । जिल्ला प्रशासन कार्यालयबाट गत माघ ११ गते प्रहरी कार्यालयमा आएका ६३ निवेदनमध्ये चार र सोही मितिपछि परेका...

जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

चौतारा , सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको पहिलो आरोणका लागि अन्तिम तयारी भइरहेको छ । जुगल गाउँपालिकाको शिरमा रहेका जुगल–१ र जुगल–२ को दश पर्यटकले पहिलोपटक आरोहण गर्ने भएका गाउँपालिका कार्यालयले...

सुनको मूल्य रु दुई हजार एक सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार एक सयले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज झनै वृद्धि भएको हो । बिहीबार प्रतितोला रु एक लाख २७ हजार नौ...

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्ने

विराटनगर । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिका लागि चर्च ब्वाइज युनाइटेड र नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । इटहरी रङ्गशालामा बिहीबार राति भएको...

मौसम बदली भोलिसम्मै, आइतबारदेखि सुधार हुने

काठमाडौँ । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि शनिबारसम्म जारी नै रहने र आइतबारदेखि क्रमशः सुधार हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । न्यून चापीय वायुको प्रभाव आइतबारदेखि कमजोर भई मौसममा...

विराट गोल्डकपमा भुटानको विजयी सुरूआत, आज आर्मी र एनआरटी खेल्दै

विराटनगर । विराट गोल्डकप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्गशालामा आयोजित रात्रिकालीन ‘विराट गोल्डकप फुटबल’ प्रतियोगिताअन्तर्गत बिहीबार राति भएको उद्घाटन खेलमा भुटानको आरटीएफसी टिम विजयी भएको छ । आरटीएफसी भुटानले नेपाल पुलिस क्लबलाई ३-० गोलले पराजित गरेको...

एमडीएमएस खरिदमा भ्रष्टाचार : करिब ९२ करोड बिगो दाबीसहित १९ जनाविरूद्ध मुद्दा

विराटनगर । नेपाल दूरसञ्चार प्राधिकरणले गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम (एमडीएमएस) परामर्श सेवा खरिदमा अनियमितता भएको भन्दै १९ जना व्यक्ति र २ वटा कम्पनीविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १९...

सामान्य अंकले बढ्यो नेप्से, २ अर्ब ६५ करोड रूपैयाँमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेजका अनुसार नेप्से परिसूचक चार दशमलव ७८ अङ्कले उकालो लागेर दुई हजार ३५ दशमलव ६४ मा पुगेको छ...