विराटनगर, १८ चैत । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको आठौँ राष्ट्रिय अधिवेशनको तयारी पूरा भएको छ । बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरेर परिषद्ले चैत २०, २१ र २२ गते विराटनगरमा हुने आठौँ राष्ट्रिय अधिवेशनको समपुर्ण तयारी पूरा भएको जनाएको छ ।
परिषद्जे जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘दलीय राजनीति भन्दा माथि रहेर विगत २५ वर्षदेखि परिषद्ले विभिन्न रचनात्मक कार्य गर्दै आएको छ । “एक संकल्प राष्ट्रका लागी” भन्ने मुल नाराका साथ परिषद्ले क्याम्पस तथा विश्वविद्यालयमा पढने विद्यार्थीहरूको बीचमा निरन्तर विभिन्न कार्यहरु गर्दै आएको छ । यसका साथै निरन्तर सामाजिक कार्यमा पनि लागिरहेको अवगत गराउँदछौँ ।’
अधिवेशनमा साङगठनिक प्रशिक्षण, देशको समसामयीक अवस्थाको बहस, देशको आर्थिक, राजनीतिक, समाजिक, शैक्षिक तथा धार्मिक क्षेत्रको विषयलाई समेटेर विशेष शैक्षिक र समसामयीक प्रस्ताव पारित गर्ने, विद्यार्थी परिषद्को केन्द्रिय कार्यकारिणी समिति परिवर्तन गर्ने जस्ता गतिविधिहरू हुने महासचिव सुरेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
चैत २० गते ११ बजे अधिवेशनको उद्घाटन हुनेछ । अधिवेशनको अवधिमा विभिन्न विषयका विज्ञ व्यक्तिहरूले भाषण प्रस्तुत गर्ने बताइएको छ । यस्तै अधिवेशनको दोस्रो दिन राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कार एवं सम्मान वितरण साथै अन्य विविध विषयमा छलफल हुने भट्टले जानकारी दिए । चैत २२ गते नयाँ कार्यकारिणी घोषणाका साथ अधिवेशन सम्पन्न हुने बताइएको छ । अधिवेशन अतिथि सदनमा सञ्चालन हुनेछ ।
Post Views: 311