सुन्दरहरैंचालाई देशकै नमुना पालिका बनाउने  थुप्रै योजना छन्  : देवराज तामाङ

सुन्दरहरैंचालाई देशकै नमुना पालिका बनाउने थुप्रै योजना छन्  : देवराज तामाङ

 राष्ट्रिय डेली

राजनीतिमा युवाको आकर्षण बढ्दै गएको छ । पछिल्लो समय हरेक राजनैतिक दलमा युवा हस्तक्षेपकारी भूमिका देखिन थालेको छ । नेपाली कांग्रेसको वडादेखि पालिका, जिल्ला, प्रदेश र केन्द्रमा समेत युवाको उपस्थिति बलियो देखिएको छ । नेपाली कांग्रेस मोरङको हरेक तहमा युवाको उपस्थिति सशक्त रहेको क्षेत्र नम्बर ६ का सभापति देवराज तामाङ बताउँछन् । २०३५ साल वैशाख २० गते मोरङको सुन्दरहरैंचा नगरपालिका–५ पुरानो तीनपैनीमा जन्मिएका राजनीतिलाई आफूले सेवाको रुपमा अंगिकार गरेको सुनाउँछन् । बुवा स्व. मानबहादुर तामाङ र माता कौशिला तामाङको कोखबाट कान्छा छोराका रुपमा जन्मिएका उनी विद्युत सहकारी संस्था सुन्दरहरैँचाका सचिव, काष्ट व्यवसाय संघ मोरङको उपाध्यक्ष लगायत दर्जनौं संघसंस्थाहरूमा आवद्ध रहेर काम गरिसकेका छन् । क्रसर तथा खानी व्यवसाय संघका केन्द्रीय उपाध्यक्षसमेत रहेका तामाङ विद्यालय जीवनदेखि राजनीतिक यात्रा आरम्भ गरेका उनले २०५३ सालमा एसएलसी उत्तीर्ण गरेर मदन भण्डारी ममोरियल कलेजबाट सिभिल इन्जिरिङ र काठमाडौंको इन्जिरिङ कलेज बालाजुबाट डिप्लोमासम्म अध्ययन गरेका छन् । श्री साजिलाल उच्च माध्यमिक विद्यालयमा अध्यनरत हँुदा २०५२ सालबाट नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघबाट राजीनिक यात्रा आरम्भ गरेको बताउँछन् । दुई–दुईपटक क्षेत्रीय सभापति भएकाले सुन्दरहरैंचा नगरपालिकाको मेयरमा आफ्नो दाबेदारी स्वभाविक भएको उनको भनाइ छ । सुन्दरहरैंचालाई देशकै नमुना पालिका बनाउने योजना आफूसित भएको बताउने सभापति तामाङसितको कुराकानीको सार.

तपाईंको राजनैतिक सक्रियता निकै बढेको देखिन्छ, यसले मेयरको तयारीको रुपमा बुझ्दा हुन्छ ?
पार्टीमा मेरो सक्रियता, पार्टीमार्फत मैले समाजलाई पु¥याएको योगदानका कारणसुन्दरहरैंचाको मेयरमा मेरो चर्चा हुनु स्वभाविक रुपमा लिएको छु । जहाँसम्म सक्रियताको कुरा गर्नुभयो यहाँले । म नेपाली कांग्रेस क्षेत्र नम्बर ६ को सभापति हुँ । त्यो हिसाबले मेरो सक्रियता स्वभाविकै हो । पार्टीका हरेक गतिविधिमा म सक्रिय हुनै पर्छ । यदि पदमा नभएको भए पनि म पार्टीको काममा सक्रिय नै हुने थिएँ । अहिले त सभापतिको जिम्मेवारीमा छु । स्वभाविक रुपमा मैले पार्टीका गतिविधिमा सहभागी जनाउनै पर्छ । दुई–दुईपटक क्षेत्रीय सभापति भइसकेकाले मेयरमा मेरो चाहना हुनु अन्यथा होइन ।

तोकिएको मिति वैशाख ३० गते चुनाव हुने नहुने अझै टुंगो छैन तर तपाईंले त दाबी प्रस्तुत गरिसक्नु भयो, अलि हतार भएन र ?
अहिले नेपाली कांग्रेसको नेतृत्वमा सरकार छ । कम्युनिष्ट नेतृत्वको सरकारले गर्न नसकेको काम कांग्रेस नेतृत्वको सरकारले गरेको छ । विगतकै उदाहरण हेर्नुहोस् न, कम्युनिष्ट नेतृत्वको सरकारले संविधान जारी गर्न सकेन । तर, कांग्रेसले सबैलाई मिलाएर संविधान जारी गर्न सफल भयो । त्यसपछि संविधान कार्यान्वयनको पहिलो खुड्किलोका रुपमा रहेको तीनै तहको निर्वाचन कांग्रेसले नै सफलतावूर्वक सम्पन्न ग¥यो । झण्डै दुई तिहाईको बहुमत जनताले कम्युनिष्ट पार्टीलाई दिएका थिए । तर जनताको मतको भार थेग्न नसकेर कम्युनिष्टहरू छिन्नभिन्न भए । बाध्यतावश फेरि कांग्रेसकै मुलुकको नेतृत्व गर्नुपरो । कांग्रेस सत्तामा जाने हतारो गरेको थिएन । हाम्रो आदरणीय सभापति शेरबहादुर देउवाले ५ वर्ष कांग्रेसले प्रतिपक्षमा बस्न जनताले अभिमत दिएका छन् हामी प्रतिपक्षमै बस्छौं भनेर पटकपटक भन्नु भएको थियो । तर, कम्युनिष्टले चलाउन नसकेपछि देशलाई अनिर्णयको बन्दी बनाउनु भएन । त्यही भएर कांग्रेसले सत्ताको नेतृत्व गर्न पुग्यो । अनि यसअघिका सरकारले नसकेको एमसीसी कांग्रेसकै नेतृत्वमा पास भयो । अब घोषित चुनाव तोकिएको मितिमा नहोला कि भन्ने आशंका राख्नु बेकार छ । कांग्रेसले जे बोल्छ त्यो गर्छ । तोकिएकै मिति वैशाख ३० गते स्थानीय निर्वाचन हुन्छ । त्यसका लागि कांग्रेसले देशव्यापी जागरण अभियान सुरु गरिसकेको छ । अब कुरा रह्यो मेयरमा उम्मेदवार दाबी हतार भयो कि भन्ने । मैले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेको छैन । देवराज तामाङ सुन्दरहरैंचाका लागि आवश्यक छ भनेर त्यहाँका जनताले चर्चा गरिरहनु भएको छ । मेरो चर्चालाई लिएर हतार भयो कि भन्न मिल्दैन । मैले आफूले हतार गरेको छैन । जनता र पार्टीका आमकार्यकर्ताले मेरो चर्चा गरिदिनु भएकोमा म एकदमै खुसी छु ।

पार्टीमा त तपाईंभन्दा सिनियर थुप्रै हुनुहुन्छ, मेयरको टिकटको दाबी गर्ने आधार के छन् तपाईंसित ?
मैले अघि पनि भनें दुई–दुईपटक म क्षेत्रीय सभापति भइसकेको छु । पार्टीमा इमान्दारिताका साथ काम गरिरहेको छु । राजनीतिमार्फत जनताको सेवामा रात दिन, झरी–बादल नभनी खटिरहेको छु । २०५२ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय रुपमा लागेर पार्टीको जिम्मेवारी लिएर काम गरिरहेकाले मलाई पार्टीले टिकट दिनेमा विश्वस्त छु । जहाँसम्म मलाई यसपटक पार्टीले अन्याय गर्दैन भन्ने लाग्छ । सधैं एउटै व्यक्तिले अवसर पाउनुपर्छ भन्ने छैन । सबैले अवसर पाउनुपर्छ । मोरङ क्षेत्र ८ को सभापति रहँदा केराबारी गाउँपालिका र सुन्दरहरैँचा नगरापलिकाको प्रमुख पद र केराबारीमा ५ वटा वडा र सुन्दरहरैंचामा ५ वटा वडामा नेपाली कांग्रेस पार्टी जिताउन सफल भएको पार्टीलाई अवगत नै छ । यिनै आधारलाई मूल्यांकन गरेर पार्टीले यसपटक मलाई टिकट दिनेमा म ढुक्क छु ।

 तपाईंले टिकट पाउनुभयो रे, अनि जित्नु पनि भयो रे, त्यसपछि सुन्दरहरैंचाको विकासका लागि के गर्नुहुन्छ ?
सुन्दरहरैंचालाई मुलुककै नमुना पालिका बनाउने मसित थुप्रै योजना छन् । अहिले धेरै किन भनिरहनु । म काम गरेर देखाउँछु । म थोरै बोल्छु धेरै काम गर्छु । भौतिक विकाससँगै मानवको पनि विकास हुनुपर्छ । त्यहाँको भाषा, संस्कृति, कला, साहित्य, खेलकुदको पनि विकास हुुनुपर्छ । चिल्ला सडक र ठूला भवनलाई मात्रै विकासको आधार मान्न सकिँदैन । सबै क्षेत्रको विकास हुनुपर्छ । पहिलो प्रथामिकताका साथ गछिया र लोहन्द्रा खोलाले बर्सेनि ठूलो जनधनको क्षति गर्ने भएकाले खोला व्यवस्थापन गर्ने लाग्नेछु । विकास निर्माणका कार्यहरू सडक, बिजुली, शिक्षा, स्वास्थ्य विविध कार्यहरू नयाँ ढंगले सञ्चालन गर्ने योजना रहेको छ । पालिकाभित्र थेरै नै जमिनहरू बाँझो छ । बाँझो जमिन राख्न नपाउने नीति ल्याउनेछु । पालिकाकै अग्रसरतामा यस्ता बाँझो जमिनमा सामूहिक खेतीलाई प्रोत्साहित गर्नेछु । जसले गर्दा उत्पादन वृद्धि भई आयात प्रतिस्थापन हुनेछ । कृषिलाई उच्च प्राथमिकतामा राख्नेछु । जसले धेरैभन्दा धेरै रोजगारी सिर्जना गर्न मद्दत पुग्नेछ । सबै कुरा यहाँ बताएर साध्य छैन । सुन्दरहरैंचालाई बनाउने स्पष्ट भिजन छ ।

adv-single
सम्बन्धित समाचार

नेपाली अमेरिकी उद्यमी तथा सामाजिक अभियन्ता प्रकाश थापा सम्मानित

विराटनगर । नेपाली अमेरिकी उद्यमी तथा सामाजिक अभियन्ता प्रकाश थापा सम्मानित भएका छन् । क्यालिफोर्नियाका २४ औं जिल्लासभा सदस्य एलेक्स लीद्वारा अनसंग हिरो २०२४ को रूपमा थापा सम्मानित भएका हुन् । थापा महिलाहरूको लागि मार्शल...

जाजरकोटका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

जजरकोट । भुकम्प प्रभावित जाजरकोटका विद्यार्थीहरूलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरिएको छ । इन्टेल अमेरिकामा कार्यरत नेपालीहरू र ओरेगन नेपाली समाजको सहयोग एवम् प्राज्ञिक विद्यार्थी परिषद् नेपालको समन्वयमा पाँच सय विद्यार्थीहरूलाई शैक्षिक सामग्री...

बूढीगंगाकी उपाध्यक्ष सार्वजनिक बिदाको दिन सरकारी गाडी लिएर व्यक्तिगत सफरमा

विराटनगर । सरकारले कार्यालयीय कामको प्रयोजनमा आवतजावतमा सहजताका लागि स्थानीय तहका जनप्रतिनिधिलाई सवारी साधनको व्यवस्था गर्छ । यसरी व्यवस्था गरिने सवारी साधन कार्यालयीय प्रयोजनमा बाहेक प्रयोग गर्न पाइँदैन । तर, जनप्रतिनिधिहरूको सरकारी गाडी दुरूपयोगको शृंखला...

एसीसी प्रिमियर कप : अपराजित रहँदै नेपाल सेमिफाइनलमा

एसीसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको समूह चरणमा नेपाल अपराजित भएको छ। बुधबार साउदी अरबलाई ६ विकेटले पराजित गर्दै नेपाल समूह 'ए' मा अपराजित रहेको हो। यसअघि नेपालले समूहमा मलेसिया, कतार र हङकङलाई पराजित गरेको...

साउदी अरेबियाले नेपाललाई दियो ७४ रनको मध्यम लक्ष्य

विराटनगर । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज जारी खेलमा साउदी अरेबियाले नेपालसामु जितका लागि ७४ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमानको अल अमेरत खेल मैदानमा जारी खेल वर्षाले प्रभावित भएपछि २० ओभरबाट आठ...

८ ओभरमा सीमित खेलमा नेपालविरूद्ध ब्याटिङ गर्दै साउदी अरेबिया

काठमाडौँ । एससिी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र साउदी अरेबियाबीचको खेल वर्षाले प्रभावित भएपछि आठ ओभरमा झारिएको छ । भर्खरै सुरू भएको खेलमा टस हारेर साउदी अरेबिया ब्याटिङमा उत्रिएको छ । समूह ‘ए’ मा...

सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते, ४ काे अवस्था गम्भीर

दाङ । दाङबाट रूकुमका लागि हिँडेको यात्रुवाहक बस सल्यानको बागचौर नगरपालिका-२, ठिनबाँङमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । रा १ ख २०८५ नम्बरको बस बागचौर-२, ठिनबाँङस्थित पुलदेखि तल खस्दा दुर्घटना भएको लुम्बिनी प्रदेश...

लागुऔषध मुद्दामा पक्राउ परे एन्फा उपाध्यक्ष लामा

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का उपाध्यक्ष दावा लामालाई पक्राउ गरेको छ । लामालाई काठमाडौँबाट आज पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक...

निर्वाचन आचारसंहिता पालन नगरे कारबाही हुने

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन प्रयोजनका लागि जारी आचारसंहिताविपरीत सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरूपयोग गरेमा तत्काल कारबाही प्रक्रिया अघि बढाउने भएको छ । प्रतिनिधिसभाको इलाम क्षेत्र नं...

प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री खनालबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा सुदूरपश्चिम सरकार...

नेरुडे मिर्मिरे लघुवित्तका कर्मचारी आन्दोलित, माग पूरा नभए काम ठप्प पार्ने चेतावनी

विराटनगर । मिर्मिरे लघुवित्त र नेरुडे लघुवित्त मर्ज भएर एकीकृत कारोबार सुरु भएको छोटो समयमा नै कर्मचारीहरू आन्दोलित भएका छन् । मर्ज भएर ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था’ भइसकेपछि विराटनगरमा सोमबार आयोजना भएको एक कार्यक्रमलाई...

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?

विराटनगर । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन (आइतबार) को तुलनामा आज सुनको मूल्य प्रतितोला सात सय रूपैयाँ बढेको हो । आज छापावाल सुन प्रतितोला एक...