विराटनगर । इटहरी उपमहानगरपालिकाले कर्मचारीको खाजा भत्ता र इन्धन सुविधा कटौती गरेको छ ।
फागुन २६ गते बसेको कार्यापालिका बैेठकले कर्मचारीलाई मासिक रुपमा दिइदै आएको खाजा भत्ता कटौती गर्ने निर्णय गरेको हो । उपमहानगरपालिकाले कर्मचारीलाई दिने तेल सुविधा पनि कटौती गरेको छ ।
प्रशासनिक खर्च घटाउनका लागि उपपमहानगरपालिकाले कर्मचारीले पाउँदै आएको मासिक पाँच हजार रुपैयाँ खाजा भत्ता र १० लिटर इन्धन सुविधा कटौतीको निर्णय गरेको हो ।
नगर प्रमुख हेमकर्ण पौडेलका अनुसार चैत १ गतेबाट लागू हुनेगरी उक्त सुविधा कटौती गरिएको हो ।
उपमहानगरपालिकामा ४७० जना कर्मचारी छन् । ती कर्मचारीका लागि खाजा भत्तामा वार्षिक करिब २ करोड ८२ लाख रुपैयाँ खर्च हुँदै आएको थियो । इन्धन सुविधा कटौती गर्दा वर्षको एक करोड सात लाख रुपैयाँ जोगिने मेयर पौडेलले बताए ।