बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्यो

बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्यो

 राष्ट्रिय डेली

विराटनगर । वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीहरुको ब्याजदर बुधबारदेखि घटेको छ । बचतमा वाणिज्य बैंकको ब्याजदर ०.४ प्रतिशत बिन्दुले घटेको छ । अब निक्षेपकर्ताले साधारण बचतमा न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म ब्याज पाउने छन् । यसअघि ६.४२ देखि अधिकतम ८.४२ प्रतिशतसम्म ब्याजदर तोकिएको थियो ।

बचतमा ब्याजदर घटे पनि मुद्दती निक्षेपमा भने घटेको छैन । मुद्दती निक्षेपमा वाणिज्य बैंकहरुले हाल ११ प्रतिशतसम्म ब्याजदर दिन्छन् ।संस्थागततर्फ ९ प्रतिशत र रेमिट्यान्स मुद्दती खातामा १२ प्रतिशतसम्म ब्याजदर दिएका छन् । कर्जामा पनि ब्याजदर घटेको छ । खासगरी प्रिमियम दरको उच्चतम सीमा घटेपछि कर्जाको ब्याजदर उच्च हुनेलाई राहत मिलेको छ । नेपाल बैंकर्स एसोसिएसनले आधार दरसँग बढीमा ५ प्रतिशत मात्रै ऋणमा प्रिमियम जोड्ने निर्णय बुधबारदेखि लागू भएको एसोसिएसनका अध्यक्ष सुनिल केसीले जानकारी दिए । यसअघि बैंकहरुले कर्जा दिँदा आधारदरमा ६ प्रतिशतसम्म प्रिमियम लिने गरेका थिए ।

 

चैत मसान्तमा आधार दर समायोजनपछि वैशाखदेखि कर्जाको ब्याजदर थप १.७५ प्रतिशत बिन्दुसम्म घट्ने देखिएको छ । यस्तै, विकास बैंकहरुको पनि ब्याजदर घटेको छ । डेभलपमेन्ट बैंकर्स एसोसिएसनले चैतका लागि मुद्दती निक्षेपको ब्याजदर ०.२५ प्रतिशत विन्दुले घटाएको छ । त्यस्तै समयावधिअनुसार मुद्दती निक्षेपको ब्याजदर तय गरेको छ । जसअनुसार एक वर्षे वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर अधिकतम ११. ६० प्रतिशत कायम भएको छ । एक वर्षभन्दा कमको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ११.५० प्रतिशत कायम भएको छ ।

यसअघिसम्म विकास बैंकहरुले दुवै प्रकारको मुद्दती निक्षेपमा ११.७५ प्रतिशत ब्याजदर दिँदै आएका थिए । विकास बैंकले संस्थागत मुद्दती निक्षेपमा ९.६० प्रतिशतसम्म ब्याजदर प्रदान गर्नेछन् । साधारण बचतमा ६.६० प्रतिशतदेखि ८.६० प्रतिशतसम्म ब्याजदर प्रदान गर्नेछन् । त्यसैगरी, फाइनान्स कम्पनीहरुलेले मुद्दती निक्षेपको ब्याज दर ०.२० प्रतिशत बिन्दुले घटाएका छन् । तीन महिनामाथिको निक्षेपको ब्याज दर भने ०.१५ प्रतिशत घटाएका छन् । फाइनान्स कम्पनीहरुले एक वर्षको मुद्दती निक्षेपमा १२.१० प्रतिशतसम्म ब्याज दिँदै आएकामा आजदेखि ११.९० प्रतिशतसम्म मात्रै दिनेछन् ।

सम्बन्धित समाचार

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

विराटनगर । इन्डियन आयल कर्पोरेसन आईओसीले नेपालका लागि आपूर्ति गर्दै आएको पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । शनिबार पठाएको नयाँ मूल्यअनुसार डिजेल, पेट्रोलको मूल्य घटेर आएको हो । नयाँ मूल्यअनुसार पेट्रोलमा एक रुपैयाँ ७४...

पुनः नामाकरणको आन्दोलनप्रति माओवादी केन्द्रको ऐक्यवद्धता

  विराटनगर । कोशी नाम खारेज गरेर बहुपहिचानको आधारमा पुनः नामाकरण गर्नुपर्ने माग गर्दै भइरहेको आन्दोलनप्रति माओवादी केन्द्रले ऐक्यवबद्धता जनाएको छ । माओवादी केन्द्र कोशी प्रदेश समितिले शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै नामकरण सच्याउनका लागि...

ग्रेडेड स्कूलका अभिभावकलाई अभिमुखीकरण

    विराटनगर । विराटनगर – ८ स्थित ग्रेडेड स्कूलले एक दिने अभिभावक अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरी अभिभावकहरुलाई अभिमुखिकरण गराएको हो । कार्यक्रमको अध्यक्षता विद्यालय संचालक समितीका...

नेपाली महिला रेस्लर, जोसंग पुरुष पनी डराउँछन रिङमा

  विराटनगर । नेपालमा पनि टेलिभिजनमा रेस्लिङ खेल हेर्नेको जमात ठूलै छ । तर नेपाली महिला रेस्लरले पुरुष रेस्लरसँग खेलेको दृश्य भने कमै मात्र देख्न पाइन्छ । कतिपय त रेस्लिङका पारखीलाई पनि महिला र पुरुषका...

बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु, सात जना घाईते

  रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सात जना घाईते भएका छन् । मृत्यु हुनेमा खाँडादेवी गाउँपालिका ७ का ३३ वर्षीय कालुमान तामाङ रहेका छन् । बोलेरो सडकबाट...

पहिचानको नाममा हिंसात्मक आन्दोलन, इटहरीका विभिन्न वडा कार्यालयमा तोडफोड

  इटहरी । कोसी प्रदेश नामकरणको विषयलाई लिएर पहिचानबादीहरूले हिंसात्मक आन्दोलन गर्न थालेका छन् । आज बिहान इटहरी २० नं. वडा कार्यालयमा तोडफोड गरिएको छ । कार्यबाहक वडाध्यक्ष तनुज गुरुङका अनुसार तालाबन्दी गर्न आएकाहरूसँग छलफल...

पोखरिया माविले गर्यो कक्षा १२का विद्यार्थीहरुको विदाइ

  विराटनगर । विराटनगर–३ मा रहेको पोखरिया मावीले विद्यार्थीहरुको विदाई कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले एक कार्यक्रमको आयोजना गरेर कक्षा १२ का विद्यार्थीहरुलाइ विदाई गरेको हो । पोखरियाले कक्षा १२ को परिक्षामा सहभागि हुने...

एसइई परिक्षा आज बिहान ८ बजेदेखि देशभर

  विराटनगर । एसइई परिक्षा आज बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार ७७ वटै जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्र तथा जापानको एउटा परीक्षा केन्द्रबाट...

विराटनगर सिटीले जित्यो विराट गोल्डकपको उपाधि

    विराटनगर । ६ दशकपछि घरेलु टोली विराटनगर सिटी एफसीले सातौं संस्करणको विराट गोल्डकपको उपाधि जितेको छ। सहिद रंगशालामा बिहीबार सम्पन्न भएको रात्रिकालीन गोल्डकपको फाइनलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लबलाई ४(० गोलले...

समाजसेवामा अभिषेक गिरीको निरन्तरता

केही दिनअघि मोरङ कारागार बाट मुक्त भएका अभिषेक गिरीले समाजसेवालाई निरन्तरता दिएका छन् । मंगलबार गिरीले विराटनगर महानगरपालिका–८ बलुवाहीमा रहेको विराटेश्वर वृद्धाश्रममा सहयोग गरेका छन् । गिरीले एक लाख रुपैयाँ बराबरको खाद्यान्न, लत्ताकपडालगायत सामग्री वृद्धाश्रममा...

सोम्स कलेज र चौधरी गु्रप बीच सम्झौता

  मोरङ । विराटनगरको सोम्स कलेज र चौधरी गु्रप बीच सम्झौतामा हस्ताक्षर भएको छ । विराटनगर ९ मा रहेको कलेज र चौधरी ग्रुप ९सि.जि.कम्युनिकेशन बीच सम्झौता भएको हो । सोम्स कलेज त्रिभुवन विश्व विधालय अन्तरगत...

दोस्रो संस्करणको मिल्स क्रिकेट प्रतियोगिता हुने

  विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगिता हुने भएको छ । मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीको आयोजनामा चैत १५ देखि २५ गतेसम्म विराटनगरको जुट मिलको खेल मैदानमा क्रिकेट प्रतियोगिता हुने भएको हो...