विराटनगर । सेती नदीमा हाम फालेर आत्महत्याको प्रयास गर्ने एकजनालाई प्रहरीले उद्धार गरेको छ। शिखर नगरपालिका सालमुनी मन्दिर नजिकबाट नदीमा हाम फाल्न खोजेका ४६ वर्षीय पुरुषको उद्धार गरिएको हो । डडेल्धुराको गन्यापधुरा गाउँपालिका निवासी ४६ वर्षीय युवाले हिजो बिहीबार नदीमा हामफालेर आत्महत्या गर्ने प्रयास गरेका थिए । आत्महत्या गर्छु भन्दै मोटरसाइकल सडकमा छाडेर नदीको किनारतिर लागेपछि स्थानीय शेर बहादुर बोगटीले प्रहरीलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय दिपायलका प्रहरी नायव निरीक्षक रूप सिंह थापाको नेतृत्वमा खटिएको टोलीले उद्धार गरेको हो । नदीमा हामफाल्ने तयारीमा रहेका रमितको बगरबाट उद्धार गरिएको प्रहरी नायव निरीक्षक थापाले बताए। आत्महत्या गर्न खोज्ने व्यक्ति उद्धार पछि बेहोस भएका थिए,” थापाले भने,”स्थानीय स्वास्थ्य संस्थामा उपचार गरेपछि आफन्तको जिम्मा लगाएका छौं । उनका आफन्तले लगेर जानु भएको छ ।”