बराहपोखरी गाउँपालिकामा बराहपोखरी ताल क्षेत्रमा पदमार्ग र फोहोर व्यवस्थापन प्रणालीका लागी ४ घर निमार्ण

बराहपोखरी गाउँपालिकामा बराहपोखरी ताल क्षेत्रमा पदमार्ग र फोहोर व्यवस्थापन प्रणालीका लागी ४ घर निमार्ण

 राष्ट्रिय डेली

 

खोटाङ्ग । खोटाङ्ग जिल्लाको बराहपोखरी गाउँपालिकाको १ पर्यटकिय स्थल बराहपोखरी ताल क्षेत्रमा फोहोर व्यावस्थापन, पदमार्ग निमार्ण सम्पन्न गरिएको छ । गाउँपालिका वडा नम्बर १ मा रहेको बराहपोखरी महादेवको मन्दिरको दूई स्थानमा विजुवा विजुनी मन्दिर र बराहपोखरी ताल क्षेत्रमा ४ घर निमार्ण गरिएको हो ।

नेपाल पर्यटन वोर्ड र बराहपोखरी गाउँपालिकाको संयुक्त साझेदारीमा पर्यटकीय स्थानमा पदमार्ग र फोहोर व्यावस्थापन प्रणालीका घर निमार्ण गरिएको गाउँपालिका अध्यक्ष सालिकराम बन्जराले बताए ।
बराहपोखरी ताल क्षेत्रमा पदमार्ग र फोहोरमैला व्यावस्थापन प्रणाली घर निर्माण भएसँगै ती क्षेत्रमा हुर्ने फोहोरहरुलाई व्यावस्थापन गर्न र बराहपोखरी ताल क्षेत्रमा घुम्न जाने पर्यटकलाई सहज हुने अध्यक्ष शालिकराम बन्जराले बताए ।

बराहपोखरी ताल क्षेत्रमा पदमार्ग र फोहोर व्यावस्थापन घरहरुको निमार्ण लागत २० लाख छ । जसमध्ये गाउँपालिकाको १० लाख लगानी रहेको छ । स्थानिय बासिन्दाको २ लाख २८ हजार ६ सय १७ रुपैँया जनश्रमदान छ । गत माघ १९ गते देखी निमार्ण सुरु भएर चैत्र ७ गते भित्र निर्माण भइसकेको छ । निमार्ण सम्पन्न भइसकेकाले बहाहपोखरी ताल क्षेत्रमा पदमार्ग फोहोर व्यावस्थापन कार्य सुरु भइसकेको उपभोक्ता समितिका सचिव पुस्विन खत्रीले बताएका छन् । सो बराहपोखरी ताल क्षेत्रमा पदमार्ग र फोहोर व्यावस्थापन प्रणाली निमार्ण परियोजनाबाट मासिक २५ हजार जना पर्यटन लाभान्वित हुने स्थान पहिचान गरी छनौट गरिएको उनको भनाई छ ।

बराहपोखरी तालको वरिपरि पर्यटक हिड्न सहज भएको छ र पदमार्गमा फोहोरमैला व्यावस्थापन प्रणाली निमार्ण घरभित्र तीनवटा च्याम्बर ल्बकमा सिसाजन्य पदाथर्, कागजजन्य पदार्थ र प्लाष्टिकजन्य पदार्थ छुट्याउने व्यावस्था छ । हरेक च्याम्बर फोहोरले भरिसकेपछि पछाडी व्याक साइडमा रहेको ढोकाबाट निकाल्न सकिने व्यावस्था गरिएको छ । ती च्याम्बरमा संकलन भएको फोहोरलाई हप्तामा एक पटक गाउँपालिकाले खनेको अस्थायी फोहोरमैला संकलन केन्द्रमा स्थानीय बासीले लगेर व्यावस्थापन गर्ने गरेका छन् । बराहपोखरी ताल क्षेत्रमा पदमार्ग निमार्ण गरे सँगै पर्यटकलाई बराहपोखरी तालको अवलोकन गर्नका लागी सहज भए सँगै फोहोर व्यावस्थापन प्रणाली निमार्ण व्यावस्थापनको समस्यालाई धेरै हदसम्म समाधान दिएको निमार्ण कार्यका अनुगमन समिति तथा बराहपोखरी वडा नंं. १ का सामाजिक अभियन्ता महेन्द्र बिष्टले बताए ।

ती ठाँउमा प्लाष्टिकका डस्बिन वाँसको टोकरी माटोमा बनेको खाल्टा खनेर बनाएर फोहोर संकलन गर्दा दिगो हुन सकेन । राखिएका डस्बिनहरु फुटाइदिने फ्याकिदिने जस्ता कार्य भइरयो । डोका बराह मन्दिरको ठाउँ ठाउँमा राखिदिदाँ पनि समस्या समाधान हुन सकेन । तर बराहपोखरी ताल क्षेत्रमा पदमार्ग निर्माण गर्दा पर्यटन लाई ताल क्षेत्रमा घुम्न सहज भएको र बराहपोखरी ताल क्षेत्रमा भएको फोहोरको व्यावस्थापन गर्न सहज भएको अर्को भनाइ छ । जिविको पार्जन पुर्नस्थापनाका लागी दिगो पर्यटन परियोजना ( एसटिएल आरपी) मार्फत निर्माण भएको बराहपोखरी ताल क्षेत्रमा पदमार्ग फोहोर व्यावस्थापनको हिसावले उपयुक्त रहेको गाउँपालिका इन्जिनियर रोमन रेग्मीले बताए ।
यसमा जनचेतना आवस्यक रहेको अर्को भनाइृ छ । आफुले गरेको फोहोर प्रणाली फोहोर व्यावस्थापन केन्द्रमा छुट्याएर राख्नुपर्छ भन्ने जनचेतना यहाँ आउने पर्यटकहरुमा भयो भने धेरै सहज हुने उनले बताए ।

तीन च्याम्बरमा एक पटकमा कम्तिमा ८ सय केजी फोहोर अट्ने क्षमता रहेको छ । तत्कालको लागी ती फोहोरहरुलाई गाउँपालिकाले अस्थायी रुपमा बनाएको फोहोरमैला संकलनमा व्यावस्थापन गर्नेछ ।
स्थायी फोहोरमैला व्यावस्थापन केन्द्रका लागी र बराहपोखरी ताल क्षेत्रमा पदमार्ग निर्माण भइ सकेता पनी अझै प्राविधिक अध्ययन गर्ने तयारीमा रहेको इन्जिनिएर रेग्मीले बताए । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम ( यूएनडिपी) को सहकार्यमा नेपाल पर्यटन वोर्डले परियोजना सञ्चालन गरेको हो ।

adv-single
सम्बन्धित समाचार

प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री खनालबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा सुदूरपश्चिम सरकार...

नेरुडे मिर्मिरे लघुवित्तका कर्मचारी आन्दोलित, माग पूरा नभए काम ठप्प पार्ने चेतावनी

विराटनगर । मिर्मिरे लघुवित्त र नेरुडे लघुवित्त मर्ज भएर एकीकृत कारोबार सुरु भएको छोटो समयमा नै कर्मचारीहरू आन्दोलित भएका छन् । मर्ज भएर ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था’ भइसकेपछि विराटनगरमा सोमबार आयोजना भएको एक कार्यक्रमलाई...

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?

विराटनगर । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन (आइतबार) को तुलनामा आज सुनको मूल्य प्रतितोला सात सय रूपैयाँ बढेको हो । आज छापावाल सुन प्रतितोला एक...

घरमा बोलाएर सँगै रक्सी पिएका युवाको हत्या गर्ने वृद्ध पक्राउ

विराटनगर । नुवाकोटमा एक युवाको हत्या भएको छ । हत्या आरोपमा एक वृद्ध पक्राउ परेका छन् । ककनी गाउँपालिका वडा नम्बर २, ठूलोचित्रेका ३० वर्षीय मंगले तामाङको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका डीएसपी...

नयाँ वर्षले राष्ट्रिय एकता अक्षुण्ण राख्न सघाउ पुगोस् : सभामुख विष्ट

विराटनगर । कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले नयाँ वर्ष २०८१ सालको अवसरमा शुभकामना व्यक्त गरेका छन् । नयाँ वर्षको सुरूआतले नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता, आपसी भाइचारा एवं राष्ट्रिय एकता अक्षुण्ण राख्न सघाउ पुगोस् भन्ने कामना...

एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई

खोटाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले), खोटाङको अध्यक्षमा देवविक्रम राई विजयी भएका छन् । शुक्रबार साँझ सम्पन्न आठौँ जिल्ला अधिवेशनले उनलाई अध्यक्षमा चयन गरेको हो । अध्यक्षमा विजयी राईले तीन सय ३९ मत प्राप्त गरे...

वैशाख ६ मा बोलाइयो कोशी प्रदेशसभाको अधिवेशन

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् । कोशी प्रदेशसभाको सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाइभन्दा बढी प्रदेशसभा सदस्यहरूले चैत २६ गते लिखित अनुरोध गरी अधिवेशन आह्वान गर्न अनुरोध गरेका...

उपनिर्वाचनका उम्मेदवारलाई दिइयो चुनाव चिह्न

काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १५ मा हुने इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरेको छ । इलाममा मा १२...

राष्ट्रियसभा उपाध्यक्ष घिमिरेले लिइन् शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा राष्ट्रियसभाकी नवनिर्वाचित उपाध्यक्ष विमला घिमिरेले पद तथा गोपनीयताको शपथ लिएकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक समारोहका बीच राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष उपाध्यक्ष घिमिरेले पद तथा...

राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी घिमिरे निर्वाचित

काठमाडौँ । राष्ट्रियसभाको उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सांसद विमला घिमिरे निर्वाचित भएकी छन् । राष्ट्रियसभाको आजको बैठकमा उपाध्यक्ष पदको मतविभाजनका माध्यमबाट सम्पन्न निर्वाचनमा ३९ मतसहित घिमिरे निर्वाचित भएकी सभाका अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा...

नेप्से परिसूचकमा दाेहोरो अंकको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ७१ अङ्कले घटेर दुई हजार २५ दशमलव ३० को बिन्दुमा कायम भएको हो । आज तीन सय...

पत्रकार प्रतीक श्रेष्ठ सम्मानित

काठमाडौं । पत्रकार प्रतीक श्रेष्ठ सम्मानित भएका छन् । पत्रकारिता क्षेत्रमा पुर्‍याएको विशिष्ट योगदानको कदर गर्दै न्यूज एक्सप्रेस मिडिया प्रालिले श्रेष्ठलाई सम्मान गरेको हो । प्रालिले राजधानी काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा मंगलबार एक कार्यक्रम आयोजना...